WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, April 30, 2013

219. सुन्छु निकै अनौठो राग आउदैछ

सुन्छु निकै अनौठो राग आउदैछ
तिम्रो पोल्टामा ठुलै भाग आउदैछ

अहिलेको हाम्रो नयाँ सरकारसँग
जनताको विशाल माग आउदैछ

खुकुरी लिइ मार्छु भन्दै गाएकोछ उ
उस्को जीवनमा कालो दाग आउदैछ

यो छोरो प्रदेशिएको धेरै भयो आमा
फर्किने सन्देश लिइ काग आउदैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"


Sunday, April 28, 2013

218.अचम्म उन्ले जवानी थोकमा बेच्दैछिन्

अचम्म उन्ले जवानी थोकमा बेच्दैछिन्
बजार गल्लि गल्लि चोकमा बेच्दैछिन्

कहिले काहीं निकै ठुलो व्यापार हुँदो रैछ
आज भने अलि मन्धि शोकमा बेच्दैछिन्

एक अज्नवी त्यो जवानीको पागल भएछ
त्यसैले हेर्नुस् त प्रेमको रोगमा बेच्दैछिन्

पहिले भन्दा ग्रहाक घटेछ व्यापार घटेछ
साँउ पनि उठ्दैन रे बिजोगमा बेच्दैछिन्

तुहि गएछ सपना भताभुङ्ग भएछ चाहना
त्यसैले हिजो आज झन् झोंकमा बेच्दैछिन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"


Saturday, April 27, 2013

217. शरीर सिथिल कम्जोर भएर गाछ

शरीर सिथिल कम्जोर भएर गाछ
झनै यो मन भोरविभोर भएर गाछ

अहिलेका पुलिस थानाहरु हेर्नुस् त
गाइ वस्तु थुन्ने ति खोर भएर गाछ

खरानी घसी हिन्ने त्रिशुलधारि शाधु
कलियुगको खुँखार चोर भएर गाछ

सतिले सरापेको मेरै देश हो भन्छन्
त्यसैले होला बिरोध घोर भएर गाछ

आशा थियो एकदिन पत्थर पगाल्छु
तर पापीनीको मन झन् कठोर भएर गाछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

216. कस्तो बेग्लै खालको रौनक छाएको छ

कस्तो बेग्लै खालको रौनक छाएको छ
भोको प्यासी मन पनी टन्न अघाएको छ

अँध्यारो थियो हिजो सम्म मेरो बस्तिमा
आश्चर्य छु आज जुन र घाम उदाएको छ

आस्था गर्दा गर्दै थाकेछ क्यारे पुजारी पनि
त्यसैले मन्दिरलाई शौचालय बनाएको छ

मेरै छातीलाइ मैले अचानो बनाएको थिएँ
त्यसैले टुक्राटुक्रा हुने गरि चोट खाएको छ

बिर्सु भन्छु तर याद हरपल उसैको आउँछ
पापिनिको यादले रुनु सम्म रुवाएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Friday, April 26, 2013

बेहोस् भाको छु म

शराब हजुर मात्र शराब पिएर बेहोस् भाको छु म
अझै उनैले दिनु धोका दिएर बेहोस् भाको छु म

नशा पिउनु कुनै रहर त थिएन आखिर मेरो पनि
उनलाई खुशी आफु पिडा लिएर बेहोस् भाको छु म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

215. नबोल भन्छु यी मेरा ओठ मान्दैनन्

नबोल भन्छु यी मेरा ओठ मान्दैनन्
नदुख भन्छु झन् दुख्ने चोट मान्दैनन्

कर्मैले नै ठगिएको मान्छे न परें म त
नदेखाँउ भन्छु यीनै खोट मान्दैनन्

बिषहरु मात्र फलि रहेछन् वृक्षभरि नै
नफल भन्दा पनि त्यी बोट मान्दैनन्

पाइलै पिच्छे असफलता मिलेकोछ यहाँ
अब त नगरुँ भन्छु तर अठोट मान्दैनन्

घुस खाने घुसियाहरु यस्तो भन्छन् बा
नखाउँ त भन्छु तर मेरा कोट मान्दैनन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
बुद्ध नेपालमा जन्मेका हुन्
Buddha was born in Nepal.

Wednesday, April 24, 2013

214. सानासाना कुराले धेरैको मन जल्न सक्छ

सानासाना कुराले धेरैको मन जल्न सक्छ
बिशाल मनको पहाड सजिलै ढल्न सक्छ

बिज्ञानले धेरै नै चमत्कार गरेको छ हेनुस्
अब आँपको वोटमा नी स्याउ फल्न सक्छ

छि छि तिम्रो कुकर्म देखेर लाचारी नेता हो
एक दिन ति शहिदको शालिक चल्न सक्छ

यो सदिमा आफ्नो भनेर केहि हुने वाला छैन
आफ्नाले नै आफ्नालाई सजिलै छल्न सक्छ

माया तिमीलाई गर्छु भन्दै नाटक गर्नेले हजुर
अचानक कुरा बदल्न सक्छ मन बदल्न सक्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, April 23, 2013

213. राष्ट्रको सारा सम्पति सबै चोरी भए पछि

राष्ट्रको सारा सम्पति सबै चोरी भए पछि
देश कहाँ बन्छर?नेता घुस खोरी भए पछि

तिमि धान फल्ने स्वप्न किन देख्छौ भन्या
कदावी फल्दैन हजुर छरेको तोरी भए पछि

सुन्दर अनि सुनौलो संसार त्यो पक्कै हुनेछ
आँखाको नानी झैं छोरा अनि छोरी भए पछि

नेपालि पन त्यतिबेला थाहा हुनेछ हजुरलाई
जब रोधीको भाकामा बेजोड दोहोरि भए पछि

पवित्र प्रेमको जोडीलाई कसैले चुडाउने छैन
अजर , अमर प्रेमको मजबुत डोरी भए पछि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, April 22, 2013

212. गजल लेखेर लाउन खान काहाँ पुग्या छर ?

गजल लेखेर लाउन खान काहाँ पुग्या छर ?
सत्य यो कुरा सबैले जान काहाँ पुग्या छर ?

मेरो मित्र गजल लेखेर बाँच्याछु भन्नु हुन्छ
भयो भयो ब्याङ्ग्य नहान काहाँ पुग्या छर ?

पापीनीको यादमा हरेक रात मातिन्छु अचेल
सक्दिन होला छोड्न धुम्रपान काहाँ पुग्या छर ?

मेरा गज़ल सुन्ने पहिलो श्रोता ढुंगाहरु हुन्छन्
साँच्चै तिमीले मान या नमान काहाँ पुग्या छर ?

विश्वकै धनीको सुचिमा नेपालि नाम परेकै हो
तर पनि गरिबलाइ दिन दान काहाँ पुग्या छर ?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्

Sunday, April 21, 2013

211. भेटिनै छाडे सज्जन हाम्रो बस्तिमा

भेटिनै छाडे सज्जन हाम्रो बस्तिमा
कहाँ पाउनु स्पन्दन हाम्रो बस्तीमा

संस्कृति पनि अर्कैको अंगाल्दै छन्
हरायो है नेपाली पन हाम्रो बस्तीमा

आफ्नै इत्जत नै लिलाममा छ हेर्नुस्
खातिर त्यो कालो धन हाम्रो बस्तीमा

सन्ततिले के भन्लान् छैन केहि वास्ता
व्यापार गर्छन् चुम्बन हाम्रो बस्तीमा

पापीनीले वचन दिइ एक्लै छाडेर गइ
अब सम्भव छैन मिलन हाम्रो बस्तीमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

210. सस्तो र सुलभ हाम्रो लागि बजार आएन

सस्तो र सुलभ हाम्रो लागि बजार आएन
जनतालाई बुझ्ने कहिले सरकार आएन

प्रेमका प्रत्रसंगै कोशेली धेरै पठाएँ उनैलाई
प्रति उत्तरमा चिट्ठी आएन उपहार आएन

नेताकै छ मोज मस्ती जे गर्दा नि हुदो रैछ
दिनदहाडै घुसखाँदा पनि अख्तियार आएन

छोरो अपहरणमा पर्यो गुहारें कसैले?सुनेनन्
खै? गाउँमा प्रत्रकार आएन समाचार आएन

यो पापी संसार हुने खानेको मात्र रहेछ हजुर
हाम्रो लागि स्वयं बाँच्ने समेत आधार आएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान










Friday, April 19, 2013

209. तिमीले अति गर्यो म शहर छोड्दैछु

तिमीले अति गर्यो म शहर छोड्दैछु
बाँकी जीवनका सारा रहर छोड्दैछु

एक्लै आएको थिएँ एक्लै जान्छु अब
तिमीसंग हिंडेका ति सफर छोड्दैछु

मेरो प्रगतिले तिम्रो आँखा बिझाएछ
त्यसैले मेरा आँखाका नजर छोड्दैछु

लेखेरै बाँचेको थिएँ अब आशा छैन
पढेर नरुनु गजलको बहर छोड्दैछु

तिम्रो झुठो साथ चहिएन अब पापीनी
यो जीवनको अन्तिम प्रहर छोड्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, April 18, 2013

बुलबुल Episode 189

आजको बुलबुल गजलकार भक्ति रिजाल सँगको अन्तर्वाता विशेष हुनेछ ।
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति २०६९ चैत्र 28 गते तदनुसार 10-April-2013 बुधवारका दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 189) लिएर उपस्थित हुनुभएको छ ।

208. मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ

मैले हेर्ने त्यो तारा फेरिएछ आकाश फेरिएछ
साँच्चै यो मौसमसंगै चल्ने बतास फेरिएछ

मलाई देशको चिन्ता निकै बढ्न थालेको छ
मेरो देश हाक्ने नेता हजुर बदमास फेरिएछ

प्रदेशीदा चाँदै फर्किने बाचा थियो सानीसंग
मेरो फिर्ने पत्तो छैन उन्को बिस्वास फेरिएछ

हाम्रो भोटले बिजयी भएर सहर छिरेको नेता
हेर्नुस् त उसको गास,बास र कपास फेरिएछ

सोँच्दथें समय फेरिन्छ मान्छेको मन फेरिन्छ
तर आश्चर्य भयो मेरो देशको इतिहास फ़ेरिएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, April 17, 2013

207. आँटेका सारा प्रयासहरु सफल भए पछि

आँटेका सारा प्रयासहरु सफल भए पछि
जिन्दगि परिवर्तन भो हलचल भए पछि

सुन फलाउँछु म अब मेरै पाखा पखेरोमा
के हुन्न र हजुर चौतर्फी पहल भए पछि

अब कलमको युद्ध हुनु जरुरि देख्छु मैले
शु-शान्ति छाउनेछ सबै असल भए पछि

हिँसा द्वन्द मासिएर जानेछ पक्कै एकदिन
सबैको मन पवित्र अनि कोमल भए पछि

चिनिनेछ मेरो देश शान्ति क्षेत्रको नाममा
सोँचेझैं परिवर्तन हरक्षण हरपल भए पछि

रोहित राना
हाल-कबुल,अफगानिस्थान

Monday, April 15, 2013

206. दुखित यो आफ्नै मनको कुरा कति गर्नु

दुखित यो आफ्नै मनको कुरा कति गर्नु
सिथिल भाको जीवनको कुरा कति गर्नु

मेरो देशसँगै म पनि त जलिराको छु हजुर
छातीको ज्वाला दनदनको कुरा कति गर्नु

मार्दैछन् जनता यहाँ आफ्नै स्वार्थ लागि
बदमास नेताका चयनको कुरा कति गर्नु

खै कहिले हो देशमा शु-शान्ति छाउने दिन
यो लाचारी जीवन र मरनको कुरा कति गर्नु


नव वर्ष आयो फेरी फेरियो भित्ताको पात्रो
नफेरिने मेरो आफ्नै पनको कुरा कति गर्नु



रोहित राना
काबुल,अफगानिस्थान

Sunday, April 14, 2013

खै उसलाई महान कसले बनायो

खै उसलाई महान कसले बनायो 
ढुंगालाइ भगवान कसले बनायो
हामी बिचको मित्रता त हराएछ 
साथीत्वमा स्थान कसले बनायो

रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 

Saturday, April 13, 2013

~*~नयाँ वर्ष २०७०~*~

सबै माझमा खुसि र हर्ष लिएर आवोस् नयाँ साल
प्रेम अनि सद्भावको स्पर्श लिएर आवोस् नयाँ साल

हिँसा र द्वन्द हड्ताल अनि बन्द नहोस् अब देशमा
शान्ति र संविधानको निस्कर्ष लिएर आवोस् नयाँ साल



शुभ समय ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित नव वर्ष २०७० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!



रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

205. बिदिशिएको धेरै भयो धन कमाउने आशमा

बिदिशिएको धेरै भयो धन कमाउने आशमा
यो जिन्दगि खेरै गयो धन कमाउने आशमा
मातृभूमि छोडी हिंडियो के के नै होला भनेर
क्रमै खोटो मेरै छयो धन कमाउने आशमा
स्वदेश म फिरौं कसरि साहुको ऋण तिर्नु छ
सपना सबै चौघेरै रह्यो धन कमाउने आशमा
टन्टलापुर घाममा खट्न नसकी ढलेछु म त
कालले पनि सबेरै लग्यो धन कमाउने आशमा
रोहित राना
हाल-कबुल,अफगानिस्थान

Monday, April 8, 2013

204. आँखा भरि आँशु छ फुट्ला झैं शिर छ

आँखा भरि आँशु छ फुट्ला झैं शिर छ
कसलाई सुनाउनु खै मनै भरि पिर छ

ति पुजारी पैसा लुकाउनुमै व्यस्त छन्
त्यो चर्तिकला हेर्दै चुपचाप मन्दिर छ

कर्णालीमा भोकमरि भएको खबर आयो
नेताको घरमा चाँही पाक्दै गरेको खिर छ

भाइ फुटे गवार लुटे साँच्चै पो रहेछ नि
भाइलाई गैरी खेत मेरोमा पाखो भिर छ

बिछोडको पिडा खेपिराछु सम्हाल्दै मन
याद मेटाउन मात्र पापिनिको तस्विर छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, April 6, 2013

203. साँच्चै कस्तो दवाबै दवाब भो जिन्दगीमा

साँच्चै कस्तो दवाबै दवाब भो जिन्दगीमा
माया गर्ने प्रियसीको अभाव भो जिन्दगीमा

सबको जस्तै मन मिल्ने साथि भए हुन्थ्यो
मेरो त साथि भन्नु मात्र सराब भो जिन्दगीमा

न त केहि गर्न नै सकेँ न त हजुर मर्न नै सकेँ
पिर माथि पिर थपियो तनाब भो जिन्दगीमा

न बुझ्नै सकेँ न जान्नै सकेँ खै कस्तो कस्तो
सुल्झाउन निकै गाह्रो हिसाब भो जिन्दगीमा

निर्दोषलाई नै दोषी ठान्छ हाम्रो पापी समाजले
स्वयम भन्नुस् कस्तो?निसाफ भो जिन्दगीमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, April 4, 2013

202. किन हो खै तिम्रो तस्वीरले गिज्याउँदैछ

किन हो खै तिम्रो तस्वीरले गिज्याउँदैछ
अझ बेसी आफ्नै तक्दिरले गिज्याउँदैछ

आफ्नै देशलाइ बाँध्ने ए मुर्ख कुपुतहरु हो
हेर बाँधिएका तिनै जन्जिरले गिज्याउँदैछ

आज पनि सवारी खसेको समाचार आयो
त्यो चालकलाइ हेरेर भिरले गिज्याउँदैछ

कति मार्छौ हे माझि, निर्दोष माछाहरुलाइ
तिम्रो हर्कत देखेर त्यो तीरले गिज्याउँदैछ

छि छि आफ्नै देहको व्यापार गर्ने नारीहरु हो
ति चर्तिकला देखि तिम्रै शरीरले गिज्याउँदैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, April 2, 2013

201. खै किन हो अचेल यो मन एक्लो भाछ

खै किन हो अचेल यो मन एक्लो भाछ
धड्किने  दिलको धड्कन एक्लो भाछ

कोइलीले कुहु-कुहु  चिरबिर गर्थे चराहरु
बसाइ सरि गएछन् मधुवन एक्लो भाछ

कलियुगको मुनाको के कुरा गर्नु छर खै?
विस्वास्घात गरे पछि मदन एक्लो भाछ  

प्रदेशी घर सम्झी फिरेको छैन आजसम्म
त्यसैले हेर्नुहोस् यो घरआँगन एक्लो भाछ

तिम्रै नामको सिन्दुर मैले लाउँछु भन्थीन्
तर पापिनिको बाचा  बन्धन एक्लो भाछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, April 1, 2013

200. भो मलाई तिम्रो केहि मत्दत चांहिदैन

भो मलाई तिम्रो  केहि मत्दत चांहिदैन
क्षणीक देखावटी त्यो स्वागत चांहिदैन

कमिलाहरुको पनी आफ्नै अस्तित्व छ
कसम तिनलाई तिम्रो इत्जत चांहिदैन

दश नंग्रा खियाइ जिउँनु पर्छ भने आखिर
देशको ढुकुटी छली दिने राहत चांहिदैन

आफ्नै झुपडीमा म स्वर्गीय आभाष पाउँछु
केहि पलको लागि ति बंगला छत चांहिदैन

को कस्तो छ भन्ने सबै बुझाकार हुनुहुन्छ
बकम्फुसे रबाफका ति अभिमत चांहिदैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान