WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, April 24, 2013

214. सानासाना कुराले धेरैको मन जल्न सक्छ

सानासाना कुराले धेरैको मन जल्न सक्छ
बिशाल मनको पहाड सजिलै ढल्न सक्छ

बिज्ञानले धेरै नै चमत्कार गरेको छ हेनुस्
अब आँपको वोटमा नी स्याउ फल्न सक्छ

छि छि तिम्रो कुकर्म देखेर लाचारी नेता हो
एक दिन ति शहिदको शालिक चल्न सक्छ

यो सदिमा आफ्नो भनेर केहि हुने वाला छैन
आफ्नाले नै आफ्नालाई सजिलै छल्न सक्छ

माया तिमीलाई गर्छु भन्दै नाटक गर्नेले हजुर
अचानक कुरा बदल्न सक्छ मन बदल्न सक्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"