WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, June 26, 2014

299. कहिले कसैको अभावमा बिताइयो जिवन

कहिले कसैको अभावमा बिताइयो जिवन
कहिले तनावै तनावमा बिताइयो जिवन

यि पिडाहरु सहने मात्र प्रदेशिहरु हुन्छन्
साहुको ॠणको दबावमा बिताइयो जिवन

न त समयले साथ दियो न त भाग्यले नै
 हो यस्तै उतार चढावमा बिताइयो जिवन

साँच्चै तिमि यतिधेरै याद आउने गर्थ्यो
र यादहरु भुल्न सराबमा बिताइयो जिवन

रोहित राना
 बुटवल -१३"
Buddha was born in Nepal"

Tuesday, June 24, 2014

298. म मान्छे हुनुको अर्थहरु खोजिरहेछु

म मान्छे हुनुको अर्थहरु खोजिरहेछु 
अनि जीवन के हो?तर्कहरु खोजिरहेछु 

आए हुन्थ्यो फेरि फर्केर त्यो बालापन 
कलिलो बालापनकै वर्षहरु खोजिरहेछु 

सारा विश्वले नै हर्षको उन्मात चाहान्छ
म जीवन रंगाउन दुख'दर्दहरु खोजिरहेछु 

सायद जीवनलाइ हजुरले बेसी बुझ्नुभाछ 
म त केवल मनको स्पर्शहरु खोजिरहेछु 

हुन त आखिर मरी लाने केहि पनि होइन 
तैपनि बाँच्नकै लागि शर्तहरु खोजिरहेछु 

रोहित राना 
@बुटवल 
"Buddha was Born in Nepal"

Monday, June 16, 2014

297. एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु

एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु 
उठ्द्दै अनि पछारिदै म जीवन खोजि रहेछु 

कहिले यता लडाउँछ कहिले उता जिन्दगीले 
ठाउँ ठाउँमा बजारिदै म जीवन खोजि रहेछु 

योग्यता देखाएर पनी जागिर पाइएन यहाँ 
भिडै -भिडमा धसारिदै म जीवन खोजि रहेछु 

लाग्छ भाको यै ज्यान पनी सखाप हुन्छ छिट्टै 
कसम सुइरोझैँ तिखारिदै म जीवन खोजि रहेछु 

निर्दोष भैकन पनी हतकडी लगाएकोछु मैले 
हो बिग्रिदै कहिले सपारिदै म जीवन खोजि रहेछु

@बुटवल 
"Buddha was born in Nepal" 

Friday, June 13, 2014

296. हजुर मेरो देशले परिवर्तन खोजि रहेछ

हजुर मेरो देशले परिवर्तन खोजि रहेछ
तराइ अनि मधेसले परिवर्तन खोजि रहेछ

शहिदका सपना पुरा गरिएन आज सम्म
त्यसैले ति अवशेषले परिवर्तन खोजि रहेछ

सधैं हजुर हरेस खाएको देखेर हेर्नुस् मित्र
सोहि खाएको हरेसले परिवर्तन खोजि रहेछ

अरे यार देशले मुहार फेरे पो हाम्रो फेरिन्छ
हेर्नुहोस् सारा परिभेषले परिवर्तन खोजि रहेछ

खुट्टामा ठेंस नलागेर कस्ले हिंड्न जान्दछर?
त्यसैले लागेको ठेंसले परिवर्तन खोजि रहेछ

रोहित राना
बुटवल -१३ रुपन्देही
"Buddha was born in नेपाल"
  

Sunday, June 8, 2014

295. उ बसिरहेको छ चुपचाप बन्द कोठामा

उ बसिरहेको छ चुपचाप बन्द कोठामा 
गराउँदै अस्तित्व सखाप बन्द कोठामा 

सिक्नु जरुरछ हामीले चमेराहरुबाट पनि 
पक्कै छोडेकाछन् केहि छाप बन्द कोठामा 

हजुर त्यो सारा जगत नै मौन देखिन्थ्यो 
उसले थापेको देखेर धराप बन्द कोठामा 

एक आपसमा स्पर्सले मात्र चुम्न सकिन्थ्यो  
सकिएन गर्न धड्कनको नाप बन्द कोठामा 

मैले प्रियाको सिउँदो यिनै हातले कोरेकै हुँ
थाहा छैन गरेँ पुण्य या पाप बन्द कोठामा 

रोहित राना
बुटवल -१३ 
"Buddha was born in Nepal"