WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, June 16, 2014

297. एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु

एक्लै एक्लै भौंतारिदै म जीवन खोजि रहेछु 
उठ्द्दै अनि पछारिदै म जीवन खोजि रहेछु 

कहिले यता लडाउँछ कहिले उता जिन्दगीले 
ठाउँ ठाउँमा बजारिदै म जीवन खोजि रहेछु 

योग्यता देखाएर पनी जागिर पाइएन यहाँ 
भिडै -भिडमा धसारिदै म जीवन खोजि रहेछु 

लाग्छ भाको यै ज्यान पनी सखाप हुन्छ छिट्टै 
कसम सुइरोझैँ तिखारिदै म जीवन खोजि रहेछु 

निर्दोष भैकन पनी हतकडी लगाएकोछु मैले 
हो बिग्रिदै कहिले सपारिदै म जीवन खोजि रहेछु

@बुटवल 
"Buddha was born in Nepal"