WEL-COME TO MY BLOGS TO ALL OF YOU
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Friday, June 26, 2015

322. केहि गर्ने जोश जाँगर हराएको छ

केहि गर्ने जोश जाँगर हराएको छ
कसम अहिले भर्खर हराएको छ

सायद प्रेमकै रोग रहेछ लागेको
औषधिको जम्मै असर हराएको छ

तिमी जाबो रुपैयाँ हारायो भन्छौ यार
यहाँ कतिको बस्ने घर हराएको छ

ज्यान दिने त्यो विर'गोर्खाली हुनुपर्छ
त्यसैले त मर्छु भन्ने डर हराएको छ

मुसाफिर भै हिंडीरहेछु- हिंडीरहेछु
गन्तव्य बिहिन छु सफर हराएको छ
रोहित राना
बुटवल -१३,रुपन्देही

Friday, May 29, 2015

321. अब ढुंगालाइ देउता होइन पत्थर भन्नु छ!

अब ढुंगालाइ देउता होइन पत्थर भन्नु छ!
हो यहि एउटा सनसनी पूर्ण खबर भन्नु छ!!

मेरो विश्वासमा कयौं पटक घात गरियो यहाँ!
यो मनलाई कसैको भरोषामा नपर भन्नु छ!!

वर्षौं देखि निरन्तर मेरो दु:खमा झरि रहेछस्!
ए आँसु तँलाई अब आखाँबाट नझर भन्नु छ !!

पलभरमै विश्वास गरि धोखा खाएको हुँ मैले !
स्वयं आफैलाई अरुको विस्वास नगर भन्नु छ!!

धेरै गर्नु बाँकि छ आफ्नै लागि र देशका लागि!
अझै केहि दिन देहलाई स्वर्गमा नसर भन्नु छ!!

रोहित राना
बुटवल-१३, रुपन्देही

Thursday, May 28, 2015

320. हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे

हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे
मृत्यु आइ मलाई चाट्यो र पनि म बाँचे

तहस् नहस् भए सारा इतिहासका धरोहर
कति मरे कतिलाई काट्यो र पनि म बाँचे

कम्प्पनसंगै भागें आफ्नै मृत्युदेखि डराएर
लाँन्छु तलाई भन्दै आँट्यो र पनि म बाँचे

खुसी सुखी थियौं हामी आफ्नै जिन्दगीसंगै
आखिर खुसीसंग दुख साट्यो र पनि म बाँचे

जन-धन धेरैको लग्यो बेसाहारा भए कति
यो दैव पनि बेस्सरी मात्यो र पनि म बाँचे


"बैशाख १२ गते आएको महा-भुकम्प परि ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धान्जली"
रोहित राना,
बुटवल-१३, रुपन्देही

Friday, March 20, 2015

319. म बाँचेको छु त केवल तिम्रै मायाले

म बाँचेको छु त केवल तिम्रै मायाले 
भाको हो हृदय हलचल तिम्रै मायाले

उजाड नबनाउनु सदा हरियाली राख्नु 
गरि गरिकन मलजल तिम्रै मायाले

निस्पट्ट कालो थिएँ औंशिको रातसरि 
आज भने भाछु झलमल तिम्रै मायाले

सोच्दै नसोचेंको लक्ष्य चुमेको छु मैले 
भाको हुँ म आज सफल तिम्रै मायाले

एकैछिन पनि नदेख्दा अतालिन्छ मन 
किन सताई रहन्छ पलपल तिम्रै मायाले?

रोहित राना 
बुटवल-१३,रुपन्देही 
Buddha was born in Nepal"

Monday, March 9, 2015

318. जनयुद्धको मारा'मार भोगेकै हो वन्धु

जनयुद्धको मारा'मार भोगेकै हो वन्धु 
अन्याय र अत्याचार भोगेकै हो वन्धु

यो आकाश साँक्षी छ र तपाइँ हुनुहुन्छ 
हत्या हिंसा बारम्बार भोगेकै हो वन्धु

सर्वशुलभ त देशमा केहि पनि पाइदैन 
यो इन्धनको हाहाकार भोगेकै हो वन्धु

मुल्यवृद्धि पनि दिने पिच्छे गर्छन् यहाँ 
कालो व्यापारको बजार भोगेकै हो वन्धु

स्वयं" आफैलाई देवदास" त भन्दिन म 
निष्ठुरीको झुठो प्यार भोगेकै हो वन्धु

रोहित राना
बुटवल-१३, रुपन्देही 
"Buddha was Born in Nepal"

Wednesday, January 21, 2015

317. थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ

थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ
निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ

मैन जस्तै पग्लिने यो नौनी नरम मनलाई
यी आत्मका कथाले कतिखेर छुन्छ छुन्छ

दुख सहेर सन्तानलाई केहि नहोस् भन्छिन्
त्यो आमाको मम्ताले कतिखेर छुन्छ छुन्छ

यहाँ सद्दे मन्छे पनि पलमै बिरामी भैदिन्छ
यी मान्छेलाई मायाले कतिखेर छुन्छ छुन्छ

तिमी पराइ भए देखि देवदास भाकोछ'रोहित'
टन्न पींउछु यो नशाले कतिखेर छुन्छ छुन्छ

रोहित राना
बुटवल-१३,रुपन्देही
"Buddha was born in Nepal'

Saturday, January 3, 2015

316. भो तिमी नाटकरुपी प्यार नगर यार

भो तिमी नाटकरुपी प्यार नगर यार 
अत्याचार माथि अत्याचार नगर यार

आफ्नो घरमा आफैले आगो लगाएर 
चिच्याई'चिच्याई हार'गुहार नगर यार

उ बाट सहयोगको आशा नगरेकै बेश 
अझै बिन्तीभाउ बारम्बार नगर यार

तिम्रो चरित्र सबैले जानी सकेकाछन् 
अब केवल देखावटी उद्धार नगर यार

प्रियालाई देखेरै म दिनहुँ पागल हुन्छु 
बस् त्यो भन्दा बढी शृंगार नगर यार


रोहित राना
बुटवल-१३ 
"Buddha was born in Nepal'

Monday, December 15, 2014

315. उराठ लाग्दा देखिन्छन् पाखा पखेराहरु पनि

उराठ लाग्दा देखिन्छन् पाखा पखेराहरु पनि
म जस्तै दु;खी रहेछन् देशका खम्बाहरु पनि

सँगै फुलेका फूलहरु चुँडेर लाँदा ति मालीले
सायद आँसु बगाउछन् होला काडाँहरु पनि

पक्कै यिनिहरु पनि समयमै पुग्नु पर्ने रहेछ
त्यसैले निरन्तर बगिरहेछन् खोलाहरु पनि

आउछु भनेर गएको उनि वषौँ पो भइसकेछ
उन्कै प्रतिक्षामा छन् अझै यि आँखाहरु पनि

यसरी देखि रहेकोछु, ति मेरा आफ्नै लाग्छन्
तर कहिल्यै पुर्ण भएनन् यार सपनाहरु पनि

रोहित राना,
बुटवल-१३
"Buddha was born in Nepal"

Tuesday, December 9, 2014

314. अनायासै खुम्चाएर राखेकोछु मेरा सबै रहरलाइ

अनायासै खुम्चाएर राखेकोछु मेरा सबै रहरलाइ
गन्तव्य नपुग्दै पुर्णबिराम लागे पछि सफरलाइ

यस्तो रोगी भएँ प्रेमको बेहालछु आज सम्म नि
औषधिले एकछेउ छोएको छैन यस्को असरलाइ

धेरै बर्षौं भएछ भट्टिमै बास बस्न थालेको पनि
जब घृणा गरि अन्तै गयौ जलाइ मेरो घरलाइ

कुनैबेला मणि खोजिन्थ्यो शालिग्राम पाइन्थ्यो
कस्ले सम्झिन्छ र अब त्यो सुख्खा बगरलाइ?

फूल र अक्षेता चढाएं बदलामा केहि पाएन मैले
खै के?भरोषा गर्नु र अब त्यो निर्जीव पत्थरलाइ

रोहित राना
बुटवल-१३,रुपन्देही
"Buddha was born in Nepal'

Saturday, November 22, 2014

313. रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो

रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो
लाग्दैछ साहुकोमा राखेको बन्धकी जस्तो

सोँचेको अनि आटेँको कहिल्यै नपुग्ने भयो
भएन जीवन कहिल्यै सुनौलो बिहानी जस्तो

तिम्रा यादहरु पनि कस्तो बेलामा आउछन्
लाग्छ दुरुस्तै यो विनासकारी प्रकृती जस्तो

दुइ छाक तार्न् गाह्रो भएरै विदेशिएको हुँ म
हुँदो रहेनछ खाडीको जागीर सरकारी जस्तो

अहँ!सकिन मैले आमालाइ बचाउन सकिन
न बन्न सकेँ मान्छे नै न त औषधी जस्तो

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

312. मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु

मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु
अनि देशको अस्तित्व सगरमाथामा देखेकोछु

मालीले नै फूलको हत्या गरेको सुनियो यहाँ
बरु फूल सुरतक्षित त मैले गमलामा देखेकोछु

याद भुलाउन उस्का सारा तस्विरहरु जलाए नि
तर झन् बेसि किन? उसैलाइ सपनामा देखेकोछु

यि मान्छेहरु हिँडेर कहाँ-कहाँ पुग्छन् होला खै?
जहिले जतिखेर नि यस्तै हतार यात्रामा देखेकोछु

हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ नि
त्यसैले त नेताहरु हिंडेको प्रभुकै इशारामा देखेकोछु


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

311. पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन

पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन
खोटी रैछ आफ्नै तक्दिर भन्नु पो भाछैन

बसन्तको हरियाली झैँ जिवन कहिल्यै भएन
केवल खेपिरहेँं सधैँ शिशिर भन्नु पो भाछैन

यात्रा त सुरु गरेँ तर गन्तव्य नै थाहा छैन
हिँडिराछु भइकन मुसाफिर भन्नु पो भाछैन

सिथिल भइसके केहि गर्छु भन्ने सहासहरु
झन् कमजोर भाछ शरिर भन्नु पो भाछैन

बुबाको हत्यारा हो त्यहि हो मलाइ थाहा छ
चिनेकोछु र पनि आखिर भन्नु पो भाछैन


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

310. शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट

शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट
कुरोको चुरो बुझ्नु होला है बुद्धिमानी बाट

मात्र दु:ख, पिडा खेपिरहेछु मैले आजसम्म
सुखको अनुभव भएन यार जिन्दगानी बाट

अब म मेरो हुम्ला, जुम्ला आफै बनाउँछु
छैन रत्तिभर आशा तिम्रो राजधानी बाट

सबै परिवार एकसाथ मिलाएरै राखेकाछन् 
यो पाठ सिक्नु जरुरिछ माहुरीको रानी बाट

उनी पनि म जस्तै 'प्रेम' वियोगी रैछन् यार
आज बल्ल चाल पाएँ उनकै कहानी बाटा

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

Saturday, September 27, 2014

309. हुनेलाई त यहाँ मालामाल भाछ दशैं

हुनेलाई त यहाँ मालामाल भाछ दशैं
नहुनेलाई कठै! अनिकाल भाछ दशैं

कस्ले पो बुझ्छर? यहाँ अरुको पीड़ा
बोझ माथि बोझ वेहाल भाछ दशैं

सबैकोमा चीची-पापा पाक्दै छ होला
मेरो भने रित्तो-रित्तो थाल भाछ दशैं

कस्लाइ भनुँ मनको पिडा मैलाइ था'छ
आँशुले भरिभराउ फेवाताल भाछ दशैं


''शुभ पल, शुभ समय ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०७१ विजय दशमीको हार्दिक मंगलमय शुभकामना  टक्र्याउन चहान्छु!!

रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal'

308. सिक्दैछु मैले केहि कुरा यो आकास बाट

सिक्दैछु मैले केहि कुरा यो आकास बाट
यस्तै अनुभुती भयो उनको विस्वास बाट

यदा-कदा मेरो याद आयो भने तिमिलाइ
मुरिका'मुरि चुम्बन् लिनु प्रीया बतास बाट

तिम्लाइ पक्कै पिरोलेको छ पुरानो यादले
मैले महसुस गरि सकेँ है तिम्रै आभाष बाट

मृगौला र आँखा दान गरि देह त्यागेका हुन्
सिक्नुहोस् महासय केहि कुरा यो लाश बाट

अन्तत'राइट भाइहरुले' जहाज बनाइ उडाए
आखिर के नहुने रैछ र?गरेदेखी प्रयास बाट


रोहित राना
बुट्वल्-१३,रुपन्देही
"Buddha was born in Nepal

Wednesday, September 17, 2014

307. मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ

मलाइ आफ्नै देश बेचेको आरोप लागेको छ
तराइ अनि मधेस बेचेको आरोप लागेको छ

तँपाइहरुले पत्याउनुस् या त नपत्याउनुस्
शहिदको अवसेष बेचेको आरोप लागेको छ

विस्वास नै लागेको छैन हजुर खै के-खै के?
याँ आफ्नै परिवेश बेचेको आरोप लागेको छ

अचम्म तस्करी हो भन्दै जेल चलान गरियो
हिरोइन अनि चरेस बेचेको आरोप लागेको छ

न त मैले मान् बेचेकोछु न त नेपाली पन् नै
तैपनि नेपाली भेष बेचेको आरोप लागेको छ

रोहित राना
बुटवल्-१३,रुपन्देहि
"Buddha was born in Nepal'

Friday, August 29, 2014

306. रोल्पा,रुकुम,कर्णालीमा कहिले पुग्छ तिम्रो सरकार?

रोल्पा,रुकुम,कर्णालीमा कहिले पुग्छ तिम्रो सरकार?
सुनकोशी र महाकालीमा कहिले पुग्छ तिम्रो सरकार?

रवि,कवि पटक पटक त्यहाँ पुगेर पनि आउनु भयो
भन्ज्याङ र देउरालीमा कहिले पुग्छ तिम्रो सरकार?

फूल देख्छन् मात्र फुलेका फूल तिनै पापी आँखाले
वृक्ष अनि डालीडालीमा कहिले पुग्छ तिम्रो सरकार?

निर्दोष माथि दिनदहादै गोली हान्छन् तिम्रा मान्छे 
चोर,फटाह र जालीमा कहिले पुग्छ तिम्रो सरकार?

किसानले चामल नपठाए भोकै हुन्छ तिम्रो राजधानी
खेतका ति आली बालीमा कहिले पुग्छ तिम्रो सरकार?

रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal'

Saturday, August 23, 2014

305. अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।

अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।
अझ गाँठि कुरो वेरोजगारको निर्मुल भएन।।

हामी गरिब अब कसरी? जिविको पार्जन गर्नु।
छाति नै चर्किने महंगी बजारको निर्मुल भएन।।

खुलेआम नै किन् बेच भैरहेछन् हातहतियारहरु।
तस्करी अनि यो कालो व्यापारको निर्मुल भएन।।

गुण्डाहरुलाइ देउता ठानेकै कारण यो सरकारले।
आज सम्म चोर,फताह गद्धारको निर्मुल भएन।।

वाढिले परिवार लग्यो सारा सपनाहरुसँगै लग्यो।
आँखाभरि यो मुसलधारे असारको निर्मुल भएन।।

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"

Tuesday, August 5, 2014

304. निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो

निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो
सँगै जिउने अनि सँगै मर्ने आधार छुटे जस्तो

यसरि गजल सुनाएर युद्ध गर्न सक्दिन हजुर 
लागि रहेछ आत्मबलसँगै हतियार छुटे जस्तो

साँच्चै सोँचे भन्दा त धेरै खल्लो भयो कार्यक्रम
माहोल देखिन्थ्यो होनाहर कलाकार छुटे जस्तो

लोकतन्त्र,गणतन्त्र आएनि देशको मुहार फेरिएन
यस्तो लाग्छ देश हाक्ने नेता इमान्दार छुटे जस्तो

मेरि प्रीयाको अनुहारमा म चमकता देख्दिन अचेल
लाग्दैछ गर्दागर्दै पनि कहिँ-कतै शृङ्गार छुटे जस्तो

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"

Thursday, July 24, 2014

303. कसरि गरुन् र यि नजरले इन्कार उन्को

कसरि गरुन् र यि नजरले इन्कार उन्को
अहा! क्या लोभै लाग्दो छ शृङ्गार उन्को

समिप आउनेछिन् मन्को प्यास मेटाउनेछिन्
धेरै पहिले देखि गरेको थिएँ इन्तजार उन्को

कोशेलि भन्दै लाजका गहना सुम्पिदिइन्
ज्यानले सहर्ष स्विकार गर्यो उपहार उन्को

जुनिभर खुशि राख्ने बाचा छ है मेरो पनि
अजम्बरि रहोस् म प्रति अथाह प्यार उन्को

अकबरि सुनलाइ कसि लगाउनु पर्दैन भन्छन्
कति गरि रहुँ र यार तारिफ बारम्बार उन्को

रोहित राना
बुटवल