WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, January 21, 2015

317. थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ

थाहै हुन्न यो हावाले कतिखेर छुन्छ छुन्छ
निष्ठुरीको सम्झनाले कतिखेर छुन्छ छुन्छ

मैन जस्तै पग्लिने यो नौनी नरम मनलाई
यी आत्मका कथाले कतिखेर छुन्छ छुन्छ

दुख सहेर सन्तानलाई केहि नहोस् भन्छिन्
त्यो आमाको मम्ताले कतिखेर छुन्छ छुन्छ

यहाँ सद्दे मन्छे पनि पलमै बिरामी भैदिन्छ
यी मान्छेलाई मायाले कतिखेर छुन्छ छुन्छ

तिमी पराइ भए देखि देवदास भाकोछ'रोहित'
टन्न पींउछु यो नशाले कतिखेर छुन्छ छुन्छ

रोहित राना
बुटवल-१३,रुपन्देही
"Buddha was born in Nepal'