WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, June 26, 2012

सखारै उठी असिना पसिना,पोख्दै


सखारै उठी असिना पसिना,पोख्दै छिन रे मेरी सानु
असार लाग्यो छुपुमाछुपु धान,रोप्दै छिन रे मेरी सानु 

बाउसेहरु खन जोत गर्दै छन् रे, उनि बिउ गोर्द्दै हो रे 
पानिले भिजाउछ भनी सेगुले,छोप्दै छिन रे मेरी सानु 

सिमसिम झरी पर्दै छ रे, जाडो पनि उस्तै बर्दै  छ रे 
चिसोले गर्दा अलिकति बेसी,खोख्दै छिन रे मेरी सानु 

मैले भने काम गर्नु प्यारी,स्वास्थको ख्याल पनि  गरि 
धानका बिउ डोकोमा राखी, बोक्दै छिन रे मेरी सानु 

म यता तिमि उता जसो तसो गरेर खेत रोप्नु है  भने 
हजुर नहुँदा पाएँ दुख आज, भोग्दै छिन रे मेरी सानु 


Sunday, June 24, 2012

उदाउँछ किन बिहान


उदाउँछ  किन  बिहान घाम, म सोच्दैछु
दुखाउँछ किन मन अनायासै,म सोच्दैछु

पलपल मरेर नि जिउनु पर्ने कस्तो जीवन
चुडाउँछ किन सपनाहरु व्यर्थ,म सोच्दैछु

जीवनका सहास शिथिल,हुँदैछ हिजो आज  
बुझाउँछ किन जीवनको दियो,म सोच्दैछु

उतार चढाव के-के आइ पर्ने हो जिन्दगीमा
जुताउँछ किन नसोंचेको हण्डर,म सोच्दैछु

हिजो आज दिन अनि

हिजो आज दिन अनि रातले सताउँछ
उही झुठो बोलीचाली बातले सताउँछ

गर्न गरेकै थिइन संगै ज्युने मर्ने वाचा
उनले गरेको विश्वासघातले सताउँछ



Saturday, June 23, 2012

नजिक हुंदाहुदै पनि

नजिक हुंदाहुदै पनि टाढा भएँ म 
तिम्रो घाम छेक्ने डाँडा भएँ म 

मन मुटुमै राख्दाराख्दै पनि किन 
तिमीलाई बिझाउने काँडा भएँ म 

रोहित राना 
रुपन्देही बुटवल 

प्रेम भित्र पनी द्वन्द


प्रेम भित्र पनी  द्वन्द,कस्तो अचम्म
हुंदैछ माया दुर्घन्ध,कस्तो अचम्म

हूँ म जिउंदो लाश, उठी हिंडू कसरी?
छैन मुस्कान मन्द मन्द,कस्तो अचम्म

फूलको रानी  तिमी,फुल्छौ  वेमौसममा
त्यसैले  छैन नि सुघन्ध,कस्तो अचम्म

लोभिन्छ्न रे ,देखि उन्को मस्त जवानी
हेर न विचित्र घमन्ड, कस्तो अचम्म

लेख्दैछु एउटा  गजल,मन छुन्छ छुन्न
भए झैं लाग्यो बेग्लै छन्द,कस्तो अचम्म

Friday, June 22, 2012

चोखो मेरो प्रेम मलाई


चोखो मेरो प्रेम मलाई, दिलाइदेउ न प्रिय
च्यातिएको जीवन पनि ,सिलाइदेउ न प्रिय

तड्पिएर एक्लै अब, बाँच्नु छैन मलाइ हेर
हृदयको अन्तर कुनामा,बिलाइदेउ  न प्रिय

जीवन जिउने खेल, हारेपछि


जीवन जिउने खेल, हारेपछि सिंके हजुर
उनले मलाई माया, मारेपछि सिंके हजुर

भुल उन्लाई मेरो मान्नु,हृदय भित्रै ठान्नु
साँढे संझी हलो-जुवा,नारेपछी सिंके हजुर

मात्र क्षणिक साथ भो, विस्वासको घात भो
आफ्नै छायाँले आफु,लघारेपछि सिंके हजुर

दुखको बिल्ला भिर्यो,जिन्दगीले पिर्नु पिर्यो
सुन समान आरनमा,खारेपछी सिंके हजुर

प्रेमको बिरुवा सार्नुथ्यो,फूल पनि फूलाउँनुथ्यो  
 रेग्स्थानको खरेडिमा, सारेपछि सिंके हजुर

Thursday, June 21, 2012

माया हेर उधारो मै

माया हेर उधारो मै, साट्नु पर्ने भो
मेरै थिइन् भन्दै उनि, बाँच्नु पर्ने भो

पापी रैछ दैव,उन्लाई लाग्यो पहिले नै
बाँकी जीवन फोटो हेर्दै,काट्नु पर्ने भो

Tuesday, June 19, 2012

गानालाई दोष नदेउ


गानालाई  दोष नदेउ,ताल नमिले पछी
खोट नलाउ कसैलाई, चाल नमिले पछी

आउँछ भनी पर्ख्यो, आएन चिट्ठी पनि
हुलाकिलाई दोष नदेउ, हाल नमिले पछी

पार्छु भन्थ्यो एकदिन,आफ्नो बहुपासमा
अझै सम्म एक्लो छ, साल नमिले पछी

चखेवाको जोडी पनि ,एक्लै हुँदो रैछ हेर
भाले रुदै बसिराछ,माया'जाल नमिले पछी

ताक्न त ताकेर नै, हानेको हो'नी गोलि
निशाना चुक्यो उस्को, नाल नमिले पछी

Monday, June 18, 2012

जिन्दगीको आज म


जिन्दगीको आज म,मुलधारमा छु
महासागरको न वार-न पारमा छु

जितेको थिइन मैले,न त हारेको नै
खेल्दै नखेली यो खेलको,हारमा छु

निर्दोष भएर पनि म, दोषी ठहरिएँ
त्यसैले कैदी बस्ने, कारा'गारमा छु

यस्तो लाग्छ कहिले'त,संसार नै छोडुं
लागिराछ सान्चैं पृथिवीको,भारमा छु

"गजल"-सागर धेरै तरें मैले



सागर धेरै तरें मैले, नहर बाँकी थियो 
पुग्नु पर्ने मायाको, सहर बाँकी थियो

मनको क्यानभास रित्तयो,कोर्दा भावहरु
सेर लेखें जिन्दगीको,बहर बाँकी थियो

मिर्मिरे-बिहान हुँदै, गोधुली साँझ हुन्छ
रातसंगै बिताउन’एक,प्रहर बाँकी थियो

पल-पल मरीकन,बांचिरा'छू आज सम्म
विष प्यालासंगै पिउन,जहर बाँकी थियो

झुकी झुकी चिहाउने

Add caption
झुकी झुकी चिहाउने, नजर नशालु
मन्द'मुस्कान छर्ने ति, अधर नशालु

इच्छा अनि चहाना, भिन्न रैछ  तिम्रो  
बुझ्नै नसकिने त्यो कस्तो,रहर नशालु

साथ दिन्छ मात दिन्छ,दिन्छ घात नि
अचम्म छ नशा यस्को, जहर नशालु

दुई किनारा मिलन,हुने होइन कहिले नि
प्यासी प्यासी तै पनि त्यो, बगर नशालु

Sunday, June 17, 2012

शत्रुलाई मित्र ठान्नु,


शत्रुलाई मित्र ठान्नु,गल्ती मेरै हो
हृदयको भित्र ठान्नु,गल्ती मेरै हो

बोलि मिठो तर, देखावटी रैछ सबै
आफु झैं पवित्र ठान्नु,गल्ती मेरै हो

Friday, June 15, 2012

प्रेम भित्र पनी द्वन्द

प्रेम भित्र पनी  द्वन्द,कस्तो अचम्म
हुंदैछ मायामा दुर्घन्ध,कस्तो अचम्म

हूँ म  जिउंदो लाश,उठी हिंडू कसरी?
छैन मुस्कान र मन्द,कस्तो अचम्म

फूलको राजा तिमी,फुल्छौ  वेमौसममा
त्यसैले  छैन सुघन्ध,कस्तो अचम्म

लोभिन्छ्न रे सबै,देखेर उनको जवानी
हेर न विचित्र घमन्ड, कस्तो अचम्म

लेख्दैछु एउटा  गजल, ...मनै छुने रुने
भयो कि छ्न्दै छन्द, ...कस्तो अचम्म


Thursday, June 14, 2012

आफ्नै बाट सधैं, घृणित


आफ्नै बाट सधैं, घृणित मान्छे म
पिडै-पिडा बाट, पिडीत मान्छे म

भारी दू:खको,बोक्दीन भन्दा पनि
दू:खले'नै भरिएको,दुखित मान्छे म

निर्दोष छू'म न्याय,पाऊं भन्दा झनै
आफ्नैले'नै दोषी, घोषित मान्छे म

ठानी आफ्नो, विस्वास गरें मैले
आफन्त बाट सधै,षोशित मान्छे म

Wednesday, June 13, 2012

माया भन्ने कुरा बल

माया भन्ने कुरा बल गरेर हुँदैन 
गणितमा जस्तो हल गरेर हुँदैन 
यो त नितान्त आत्मा देखि हुन्छ 
माया पाउन अरुलाई छल गरेर हुँदैन 

Tuesday, June 12, 2012

बत्तीस गूर्णले भरिपूर्ण



बत्तीस गूर्णले भरिपूर्ण, अहा कती जाती तिमी 
सही मार्ग दर्शन दिने, मेरो जीवन साथी तिमी


लालीगुंरास ,बेली-चमेली,गुलाब यहाँ फूलेपनी
अस्तित्त्वो तिम्रो बेग्लै छ,झैं तिते-पाती तिमी


अँध्यारोलाई छिचोल्दै,उज्यालो प्रकाश दिन्छौ
म त केवल तेल हूँ, कपासको बाती तिमी 


जानू त छ एक दिन, छोडेर यो संसारलाई 
मै जान्छु नर्क बरु, जानू स्वर्ग माथी तिमी 

अर्कै साथ पाए पछी


अर्कै साथ पाए पछी बिर्सीयौ मलाई
थाम्ने हात पाए पछी बिर्सीयौ मलाई

दिएकै थिएँ मैले नि,स्नेहका वहारहरु
नौलो प्रभात पाए पछी बिर्सीयौ मलाई

Monday, June 11, 2012

यो भाग्य भरी रुनु रैछ


यो भाग्य भरी रुनु रैछ, रुवाई देकै वेस माने
मार्नै इच्छा हो भने विष,खुवाई देकै वेस माने

झूठो माया त मैले, लाएको थिएन तिमिसंग
कसम खान्छु तिम्रो शिर,छुवाई देकै वेस माने

प्रतिफल यस्तो होला भनी, सोंचिन कहिले नि
रगताम्मे'नै गरि रगतले,नुहाई देकै वेस माने

पालुवा ति प्रेमको किन,आखिर पलाउन दियौ?
बरु प्रेम गर्भमा नै, ……..तुहाई देकै वेस माने

Sunday, June 10, 2012

केहि वर्ष पर्ख,आउंछु फर्केर


केहि वर्ष पर्ख,आउंछु फर्केर
बोकी खुसि हर्ष,आउंछु फर्केर

सुखी जीवन,बिताउँला मिलेर
लिएर मायाको अर्थ,आउंछु फर्केर


छैन तिमीमा कुनै घमण्ड


छैन तिमीमा कुनै घमण्ड,के तारिफ गरौँ
सुवास तिमि मन्द-मन्द, के तारिफ गरौँ

अकबरी सुनलाई, के कशी लगाउनु र खै
सुन माथिको त्यो सुगन्ध,के तारिफ गरौँ

जूनसंग न दाँज्न मिल्छ,न मिल्छ फूलसंग
रविको छौ तिमि छन्द-छन्द,के तारिफ गरौँ

स्वर्ग कि खानी  तिमि, अप्सराकी कि रानी  
ब्रम्हाण्ड भरि छ चर्चा  बुलन्द,के तारिफ गरौँ

Saturday, June 9, 2012

छिटो आऊ है काले

छिटो आऊ है काले,मझेंरीमै  भेटौं भन्छे
मिलाई समय राति,अँधेरीमै  भेटौं भन्छे

अलि व्यस्त छु, मिल्दैन समय भन्दा नि
आउनु भोलि बिहानै, पधेंरीमै भेटौं भन्छे


छेस्का परिचय (Introduction of Chheska )



छेस्का परिचय
छेस्का सुन्दा गाउँघरमा प्रयोग गरिने अलि गाउँले नाम जस्तो लागेपनि साहित्यमा आजभोली विस्तारै लोकप्रिय बन्दै गएको स्वादिलो अचार जस्तो, चोटिलो प्रहार जस्तो गहण विषयबस्तुलाई चारलाईनमा समेटिएको कवितात्मक भाबले भरिपूर्ण जहाँ छोटा मिठा दुई शेरको बेजोड भाव बोकेको गजल तर छुट्टै पहिचान र अस्तित्व बोकेको विधाका रुपमा लिन छेस्का लाई लिन सकिन्छ ।

यसलाई फारषीभाषामा गाइने छोटो गीति लय पनि भन्ने गरिन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ ।

छेस्का सुन्दा अनौठो लागेपनि यो मिठो र सरपूर्ण र चिटिक्क परेको हुन्छ् । छेस्कामा अनिवार्य रुपमा ४ लाईन हुन जरुरी छ जुन २–२ लाईनलाई एक ठाउँमा राखेर विभाजन गर्दा गरिन्छन् जसलाई शेरहरु भन्न सकिन्छ । गजलकै नियम यसमा पनि लागू हुन्छ । सुरुको शेर मतला र अन्त मकत्ता भन्न पनि सकिन्छ । सुरुको २ लाईन अथवा मसरा मा अघिल्लो लाईन मिसरा ए उला र पछिल्लो लाईन मिसराए सानी दुबैमा काफिया अनिवार्य हुन्छ । त्यस्तै अन्तिम या दोस्रो शेर मा गजलकै नियम लागू हुनछ यानकी मिसराए सानी मा मतला संग स्वर ब्यञ्जन मिल्ने काफियाको प्रयोग हुनुपर्छ ।

यहाँ प्रयोग गरिएका शेरहरु यति शक्तिसालिहुनुपर्छ कि सम्पूर्ण भावहरु भन्न खोजिएका कुराहरु ति २ लाईनमा समेटियोस् । पहिलो शेरले विषयलाई सुरुवात सँगै मध्य सम्म लैजाने र दोस्रो सेरले बिषय बस्तुलाई निष्कर्षमा निर्णय प्रदान गर्ने क्षमता बोकेका शेरहरु भए मात्र छेस्का सफल हुन्छ भन्नाले हरेर शेरहरु एकदम दमदार र आफैमा परिपूर्ण हुन जरुरी छ ।

केही छेस्काका उदाहरणहरु

# छेस्का (१.एक )
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
 राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

# छेस्का (२ दुई )
च्व्स्स बिझ्ने वचन बातसंगै रोएँ ।।
अचम्मै थियो नशा मातसंगै रोएँ ।।

सुन्ने कोही थिएन, चित्कार मेरो
औंशीको कालो-अँध्यारो रातसंगै रोएँ ।।
रोहित राना
बुटवल रुपन्देहि
हाल काबुल, अफ्गानिस्थान ।

#छेस्का (३ तिन )
फाटिएको मन सिउनुको कारण छ।
जेनतेन यसरि जिउनुको कारण छ।

सधै पिएर किन ? तिमि सोधिरहन्छौ,
साच्चै मैले यसरि, पिउनुको कारण छ।
समिपा शाह ठकुरी

छेस्का नं. ३ लाई विस्तृतमा बुझ्दा
(यहाँ सिउनुको, जिउनुको र पिउनुको (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिर्वाय काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो लाईनले विषयवस्तुमा प्रवेश,  दोस्रो लाईनले थप व्याख्या, तेस्रो लाईनले तथ्य उजागर गर्दै  कौतुहलता र चौथालाईनले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार र्गदछ र निष्कर्ष दिन्छ । समग्र छेस्का एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि छेस्का भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त छेस्काको लागि नै । छेस्का आफैमा छेस्का हो यसरी गजल नबनेको खण्डमा २ शेरलिएर छेस्का भनियो भने छेस्काको भावनै मरेर जान्छ भन्नुको मतलब त्यो छेस्का छेस्का नै बन्दैन् छेस्का प्रति न्याय हुँदैन । साहित्यका अरु विधाझैं छेस्कालाई पनि विश्वास र सम्मान पुर्वक सम्झनु पर्छ र लेखिनु आवश्यक छ तब मात्र पूर्ण र सक्षम छेस्का बन्दछ ।

छेस्का संसार तपाईहरु सबैलाई हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछ ।

All Copyright Reserved
तयार पार्ने,
राम शरण श्रेष्ठ
रोहित राना
गौरब श्रेष्ठ
नेपाली गजलका साथीहरु
छेस्का परिवार
Blog :
http://chheskasansar.blogspot.com/

राम्रोलाइ राम्रो

राम्रोलाइ राम्रो, भन्न पाउनु पर्छ साथी
आफ्नालाई आफ्नै,गन्न पाउनु पर्छ साथी

एक्काइसौं शदी हो'यो,इच्छा सबैको आफ्नै
चाहे अनुरूप आफु, बन्न पाउनु पर्छ साथी

उतार चढ़ाव जिवनमा, यस्तै भई रहन्छ
सुख:दुःख सबै निफन्न, पाउनु पर्छ साथी

अरुको आश गर्नु हुन्न,आफ्नो गर्ने आफै हो
गैरीखेत- बारी जोत्न,खन्न पाउनु पर्छ साथी

पसीना बगाए सुन पनी, फल्छ यही धर्तिमा
गरे अनुसार फल पनि,तन्न पाउनु पर्छ साथी

Friday, June 8, 2012

छैन तिमीमा कुनै


छैन तिमीमा कुनै घमण्ड,के तारिफ गरौँ
सुवास तिमि मन्द-मन्द, के तारिफ गरौँ

अकबरी सुनलाई, के कशी लगाउनु र खै
सुन माथिको त्यो सुगन्ध,के तारिफ गरौँ

आज मायाको पनी भाग

आज मायाको पनी भाग-भाग देख्दैछु
नानाथरी के-के हो के-के माग देख्दैछु

निश्चल हुन्छ यो त भनाई मात्र रहेछ
घमण्डसंगै ठुला ठुला धाक देख्दैछु 

Wednesday, June 6, 2012

भुलेकै पो रहेछ नि


भुलेकै पो रहेछ नि,स्वाभिमान उस्ले
आफु को हो भन्ने,.....पहिचान उस्ले
निभेछ मन्को दियो,र'त अँध्यरो थियो
साँच्चै  बिर्सिएछ हजूर,वासस्थान उस्ले  
सोंचेको भएन रे, हामीले केही गरेन रे  
त्यसैले डाक्दैथ्यो ठुलै, आव्हान उस्ले
उस्कै भर पर्दा पनि,भने झैं गर्दा पनि
बिर्सेछ हामीले गरेको, समाधान उस्ले
जागरूक हुनुपर्छ,भन्थ्यो केही गर्नुपर्छ 
सकेछ  क्यारे आज,    अभियान उस्ले

Tuesday, June 5, 2012

भावना आफै

भावना आफै पलाऊँछन् त,  म के गरुं
अनयासे मन गलाऊँछन् त, म के गरुं

असीमित ति चहाना, छन  धेरै कल्पना
सपनाहरु त्यसै जलाऊँछन् त, म के गरुं

पिरती मुटुमा खोपेर,फलाउंछू भन्थें रोपेर
विषरुपी फलहरु फलाऊँछन् त,म के गरुं

सबै स्वप्न पनि रित्तियो, यादहरु मेटियो
जिन्दगी नै हलाऊँछन् त, म के  गरुं

मायाको बिरुवा सारेर, बार पनि बारेर 
विडम्वना  पर्खाल ढलाऊँछन् त, म के गरुं 


Monday, June 4, 2012

हलो-जुवा फरुवा


हलो-जुवा फरुवा . .....अनि, फाली खोज्दै छू।  
शान्ति  बिज छर्ने …..'बुद्ध, माली खोज्दै छू।।  
 
अमृत भनी बिषका,प्यला फलायौ देशभरी। 
सुघन्धित फुलहरु फुल्ने, ..डाली खोज्दै छू।।  
 
सीमाना हेर मिचीराछ, ..नेता सधै चुप बस्छ।  
हरायो कि हाम्रो पूर्व पश्चीम,कर्णाली खोज्दै छू।।  
बीरका सन्तान हौं, ..बेग्लै पहिचान छ हाम्रो। 
जागौं सबै बस्तीबाट सारा,नेपाली खोज्दै छू।।  
देश-जनताका नाममा,गद्दार ग-यौ तिमीहरुले।   
दु:खेको तन-मन पुन:….. सम्हाली खोज्दै छू ।।     

Sunday, June 3, 2012

सपनाहरु अधुरा


सपनाहरु अधुरा हूँदैछन्,बिस्तारै बिस्तारै
मन भरी कुरा हूँदैछन्, बिस्तारै बिस्तारै
उनिहरुका कोही नि,छैनन् रे यो धर्तिमा
सायद टुहुरा हूँदैछन्, बिस्तारै बिस्तारै
हिजो सम्म नितान्त, नौनी नरम देख्थें
अचानक छुरा हूँदैछन्, बिस्तारै बिस्तारै
संघर्षका पाइलाहरु,नचालेको पनि होइन
गन्तब्य अपूरा हूँदैछन्,बिस्तारै बिस्तारै
मौन बस्न रुचाउने उनि, चुप पनि बसेकै हो
आज साँच्चै  सुरा हूँदैछन्, बिस्तारै बिस्तारै

करोडौं अट्ने


करोडौं अट्ने बिलमा, तिमि अटेनौं
ब्रमाण्ड अट्ने दिलमा, तिमि अटेनौं

क्या रैछ चाहना,बेग्लै तिम्रा कल्पना
मायारूपी ति झिलमा, तिमि अटेनौं


Friday, June 1, 2012

पिरती लाँऊ


पिरती लाँऊ सानी, ---मरी लानु के छ  र
डाँडै काटी जाँऊ सानी,-मरी लानु के छ  र
स्नेह पनी सातौंला,जुनी-जुनी बांचौला
प्रेमकै घर बनाऊं सानी,मरी लानु के छ  र