WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, October 4, 2011

"गजल"

अर्को साल  दशैंमा अवस्य, आऊँछू  आमा
चुहिएको खरको छानो, पनी छाऊँछू आमा  

के गर्नु यो कर्म, लेखेको रैछ  बिदेशिनु
साथी संगी देउसी भैलो, पनी गाऊँछू आमा

लहलह धानका बालाझुल्दै होला गाह्रा भरी
लेक बेसी मेला पात, पनी धाऊँछू आमा

बात चित गरी संके, आउन अर्को साललाई 
जसरी नि छुट्टी मैले, पाऊँछू-पाऊँछू आमा  

"गजल"

कु-सन्तान नबन भनी,रुन्छिन नेपाल आमा 
मनको मैलो आँशुलेधुन्छिन नेपाल आमा

सखारै उठी लाग्छिन  ,सबैको हेर-बिचारमा
संधै मायालु-दयालु, हुन्छिन नेपाल आमा

के होला मरे, सारा सन्तानहरु भन्दै
ना-ना भाँति सपना, बुन्छिन नेपाल आमा

सत्रु-मित्रु चीनी'कनदेशको बिकास गर्नु है 
पीर-व्यथा सबै को, सुन्छिन नेपाल आमा

सिमाना किन मित्छौ, भन्दै छिमेकिलाई
यस्तै गरे सब नाका,ठुन्छिन नेपाल  आमा

"गजल" दशैं विशेष

छुट्टी मैले मागेकै हो तर,नपाउने भएँ आमा 
यसपाली नि दशैंमा घर, नआउने भएँ आमा

ताजै   पोहोर चा-चाहुई, गर्दै खेलेको पिङ
मालाश्री मिठो भाका'नि, नगाउने भएँ आमा
  
मनसुन अली लामै 'रे, झरि परेको सुन्छु
खर-फाली तिनको छानो,नछाउने भएँ  आमा 

लहलह धानका बाला,गह्राभरी झुल्दै होलान  
हजूर'संगै तल-बेसी-बारीनधाउने भएँ आमा

आउँछ छोरो भनीकन, जमरा राख्यो होला
शुभ-साइतको टिका मैले,नलाउने भएँ आमा