WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, September 19, 2011

"गजल"

दशैं आयो  उही घर अनिगाउँको याद आऊंदैछ 
पिरै-पिरले भरिएको गहिरो,घाउको याद आऊंदैछ 

मनले  जान्छु भन्छु स्वदेश, तर पनि थामिबसेछु
तिर्नु पर्ने बांकी' ऋण त्यही,साहुको याद आऊंदैछ

पिंदिमा बसी बाटो हेरी बूढी आमा, टोलाउँदै होलिन
अझ निकै बेसी किन हो बुढो,बाउको याद आऊंदैछ

टिका जमारा लगाए पछि , आशीर्वाद पनि दिन्थें
शिर-नुघाई ढोग्ने उनै गोडा ,पाउको याद आऊंदैछ

"गजल"

तिम्रा पाइला प्रगतिमालम्किएको हेर्न चाहन्छु
खरेडी-खरेडी भो जीवन,हरियाली फेर्न चाहन्छु

छाडी गयौ के भो', तिम्रै खुसीले गएको हौ
अंतिम पल्ट तिमीलाई,अंगालोमा वेर्न चाहन्छु

अचानक भुइचालो नै ल्यायौ नि, मेरो जिवनमा   
खुसीसंग बाँच्नु है!,चुलेसिमा मै सेर्न चाहन्छु

सबै जान्छु स्वर्ग भन्छन,  जान्छु नर्क नै बरु 
अंतिम स्वास छड्नु अघि,तिम्रै नाम केर्न चाहन्छु