WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, October 26, 2013

280. पक्का यो समयले संकेत जनाएको छ

पक्का यो समयले संकेत जनाएको छ
मनको त्रास भयले संकेत जनाएको छ

सायद एकछिनमा उषाको लाली फिजिदैछ
चिरबिर चरीको लयले संकेत जनाएको छ

सधैं म हारी रहन्थ्यें जिन्दगिको खेलमा
सुरुवात यो बिजयले संकेत जनाएको छ

कहिले काँही अपर्झट पो आइ पर्दो रहेछ
अचानक यात्रा तयले संकेत जनाएको छ

अब यसरि अन्धकारमा बाँच्न सक्दिन म
बिहानीको सुर्य उदयले संकेत जनाएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, October 23, 2013

279. लाखौँमा केहि मात्र इमान्दार भेटिन्छन्

लाखौँमा केहि मात्र इमान्दार भेटिन्छन्
देशैभरि नै युवाहरु बेरोजगार भेटिन्छन्

दुईचार अनुहारहरु कहिले नदेखुँ भन्थें म
तिनै मान्छेहरु झन् बारम्बार भेटिन्छन्

शान्तिको स्वास फेर्नु सम्म गाह्रो छ यहाँ
निर्दोषकै हत्या यस्तै समाचार भेटिन्छन्

देश र माटोको बारे लेखिरहनेको कमि छैन
हो यहाँ पाइलै पिच्छे गज़लकार भेटिन्छन्

तिमि किन्ने निर्णय मात्र गर न मेरो दोस्त
याँ त मायाका माया बेच्ने बजार भेटिन्छन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, October 22, 2013

278. कहाँ निर पो फाट्यो खुशी ख्यालै भएन

कहाँ निर पो फाट्यो खुशी ख्यालै भएन
आफ्नै जीवन भएको दुखि ख्यालै भएन

पिडा आफुले राखी माया उनलाई नै दिएँ
कहिले टाढीयो मायाको दुरी ख्यालै भएन

उनलाई पाउन मरीहत्त्य गर्थ्यें कुनै बेला
अबत हराएछ मायाको रुचि ख्यालै भएन

आफ्नैले मलाई घात गर्ला कहिले सोचिंन
अचानो संझी हान्यो खुकुरी ख्यालै भएन

एक्लो यो जीवनमा रमाउने कोशीस थियो
कुन बेला आएछ तुफान हुरी ख्यालै भएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, October 19, 2013

277. आफ्नै जीवनका भोगाइ परेर लेखिन्छ

आफ्नै जीवनका भोगाइ परेर लेखिन्छ
पत्तै हुँदैन यी "गजल" कतिखेर लेखिन्छ

कहिले काँही सात समुन्द्र तरेको हुन्छु
कहिले भने सगरमाथा चढेर लेखिन्छ

हो म मेरो देश लेख्छु अनि माटो लेख्छु
हृदयको गहिराइसम्म नै पुगेर लेखिन्छ

धेरैको पिडासंग मेरो पिडा मिल्दो रहेछ
शव्दरुपी सप्तरंगी माला जोडेर लेखिन्छ

शाधुसन्त बनियो सत्जन पनि बनियो
पख्नुस् आज पक्का पागल बनेर लेखिन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Friday, October 18, 2013

276 .परिवर्तनशील समय मितिले सिकाउँदोरहेछ

परिवर्तनशील समय मितिले सिकाउँदोरहेछ
समस्या अनि परिस्थितिले सिकाउँदोरहेछ

पुरानो संस्कृति त्याग्ने कुरा कदाबी नगर्नुस्
नबुझेका कुराहरु संस्कृतिले सिकाउँदोरहेछ

के गलत अनि के सहि भन्ने कुरा हुन सक्छ?
मान्छे अनुसारका हेर्ने दृष्टिले सिकाउँदोरहेछ

कहिल्यै अनवीज्ञ नठान्नु आफुले आफुलाई
अपार छ दैवको लिला सृष्टीले सिकाउँदोरहेछ

बाँधिएको प्रेमको डोरी एकदिन चुड्न सक्छ
धरोधर्म सोहि माया र प्रितीले सिकाउँदोरहेछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, October 9, 2013

275. खै के हो यस्तो पारा जिन्दगीको?

खै के हो यस्तो पारा जिन्दगीको?
बुझ्नै नसकिने इशारा जिन्दगीको 
बाँचुन्जेल त रहेछ तेरो अनि मेरो 
मरेसी हराउने रैछ सारा जिन्दगीको 
हाम्रो राजधानी सधैं तिर्खाएकै देख्छु 
नपाएर पानी दिने धारा जिन्दगीको 
बाँच्नु पर्छ बचाउनु पर्छ यस्तै थियो 
अन्तत बेकार भयो नारा जिन्दगीको 
मेरी प्रिय उपहार दिंदा पनि लिदिनन्
र भन्छिन् हजुरनै जुनतारा जिन्दगीको 
रोहित राना 
बुटवल-१३रुपन्देही 
हाल- क्याम्प बास्टन,अफगानिस्थान 
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, October 6, 2013

"मस्त छन् तिम्रो सहरमा

सबै आ-आफ्नै तालमा मस्त छन् तिम्रो सहरमा
कोहि भने निकै अस्थ व्यस्त छन् तिम्रो सहरमा
माया पनि कौडीकै भाउमा बेचिरहेको देखिन्छ
त्यसैले होला किन्ने प्रसस्त छन् तिम्रो सहरमा


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, October 3, 2013

कोहि दुखि असल मित्र नभएर

कोहि दुखि असल मित्र नभएर
सोंचे जस्तै दिल भित्र नभएर
ति चित्रकार मुर्मुरिएको देख्छु
बनाउन खोजे झैं चित्र नभएर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"