WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, July 31, 2013

255. सुन्छु निकै रहस्यमय घटना हुँदैछ

सुन्छु निकै रहस्यमय घटना हुँदैछ
र अझै देश डुबाउने योजना हुँदैछ

हजुरहरुले यो कुरा थाहा पाउनु भो?
राष्ट्रको ढुकुटी त नेताकै गहना हुँदैछ

सत्ताकै लागि नेताहरु लडीरहेकाछन्
संबिधान बनाउने मात्र थपना हुँदैछ

म सुनाउन,हजुर सुन्न आतुर देख्दैछु
पख्नुस् ल!! एउटा गजल रचना हुँदैछ

छाडीजाने पापीनीलाइ बिर्सु भन्दा नी
हिजोआज उसैको बेसी सम्झना हुँदैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, July 30, 2013

254. कसरि ?बनाउँ जिन्दगि पृथक म सोँचिरहेछु

कसरि ?बनाउँ जिन्दगि पृथक म सोँचिरहेछु
प्रशन्न, प्रफुल्लित, मनमोहक म सोँचिरहेछु

निराश,निराश अनि उदास छ किन यो जीवन?
कसरि बनाउने हो हजुर लचक म सोँचिरहेछु

हार अनि जितको टुङ्गो नै लागेको छैन नि
खै?कसले पाउनेको त्यो पदक म सोँचिरहेछु

म "गजल" कोर्छु स्वास रहुन्जेल कोरी रहनेछु
तर खै कस्तो पाउने हो पाठक म सोँचिरहेछु

प्रेमलाइ नै पुजा गरिन्छ सर्वस्व ठानिन्छ यहाँ
तैपनि किन हुन्छ यो रोग भयानक म सोँचिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, July 27, 2013

253. फलामकै चिउरा चपाउने बानि परेकोछ

फलामकै चिउरा चपाउने बानि परेकोछ
हावा र पानी खाइ अघाउने बानि परेकोछ

खेलें आँधिसंग अनि खेलें तुफानसंग पनि
हजुर दन्केको आगो समाउने बानि परेकोछ

हरदिन हररात उसैको यादले पिरोली रहँदा
भट्टी छिरेर याद मेटाउने बानि परेकोछ

अन्तिम सर्को चुरोटको अहो! क्या मिठास
त्यसैले त चुरोट सल्काउने बानि परेकोछ

छाडी जाने पापिनीले" यस्तै सिकाए पछि
क्षण-भरलाइ प्रित लगाउने बानि परेकोछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, July 23, 2013

252. चलाएकोछु गुजारा तिनपाने पानी बेचेर।

चलाएकोछु गुजारा तिनपाने पानी बेचेर।
कैले आफ्नै कहानी त कैले जवानी बेचेर।।

मान्छेहरु यहाँ यार बेच्छन् प्यार बेच्छन्।
ठुलै व्यापार गर्ने सोंचमाछु राहदानी बेचेर।।

मलाई अवसरवादीहरुको शहर मन पर्दैन।
सुन्दर गाउँ बनाउँछु अब राजधानी बेचेर ।।

शहिदहरुलाई सम्मान गर्छु भन्ने त्यो नेता।
महल बनाएछ शहिदहरुका खरानी बेचेर।।

कमिसन पाए पछि इत्जत बेच्छन् तिनीहरु।
के के? गर्नेहुन् अब अमुल्य सुनखानी बेचेर।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, July 21, 2013

मेरो तेश्रो Music Video Album "Reality बाट


मेरो Solo Album "Reality बाट 3rd Music Video आज released भएको छ सबै मित्रहरुलाई एकचोटी हेरेर के कस्तो बनेको छ यसो प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु।
(Loaction U A E)
गीत: पखालेर नयनहरु भिजेका परेलीसंगै जिन्दगि जिउन सिक्दैछु आफै

251. बुझ्दै नबुझी प्रित लगाउनेमा म पनि पर्छु हजुर

बुझ्दै नबुझी प्रित लगाउनेमा म पनि पर्छु हजुर
कसैलाई दिल भित्र सजाउनेमा म पनि पर्छु हजुर

दुख पर्दा संगै रुनभनि जुनीभरलाइ संगै हुनभनि
देउरालीलाई पाती चढाउनेमा म पनि पर्छु हजुर

माया गर्दा पनि मैले मात्र चोटैचोट पाएँ आखिर
अन्तत चोटैले चित्त बुझाउनेमा म पनि पर्छु हजुर

न त कसैले बुझ्यो न त कसैले सुन्यो मनको पिडा
माछो ठानी भ्यागुता समाउनेमा म पनि पर्छु हजुर

मलाइ प्यारो मेरै माटो उनि लागिन् पराइको बाटो
रुँदै यिनै नयनहरु सुकाउनेमा म पनि पर्छु हजुर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, July 15, 2013

250. के गर्नु हजुर सराबकै लत छ आफ्नो त

के गर्नु हजुर सराबकै लत छ आफ्नो त
हृदय भरि वियोगको खत छ आफ्नो त

न बिर्सन सकेँ न उनलाई पाउन नै सकेँ
त्यसैले यो छाती भत्'भत् छ आफ्नो त

छाडीजाने मायाकै किन बेसी याद आउँछ?
साँच्चै मन झन्'झन् छट्पट छ आफ्नो त

मलाई एकान्त निकै प्यारो लाग्छ अचेल
र त एकान्त प्रेमिकै संगत छ आफ्नो त

मलाई हजुर यो शहर फित्तिकै मन पर्दैन
त्यसैले गाउँ नछोड्ने अभिमत छ आफ्नो त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, July 13, 2013

249. हिजोआज भट्टी छिर्छु गज़ल कोरेर निस्किन्छु

हिजोआज भट्टी छिर्छु गज़ल कोरेर निस्किन्छु
र हल्का पिउँछु साहुनीको मन चोरेर निस्किन्छु

चिरिच्याट्ट छिन् साहुनी झनै मिठो उन्को बोलि
जान्याछैन नाम उन्को आज त सोधेर निस्किन्छु

प्राय: एक्लै छिर्छु कैलेकाँही साथीभाईसंगै छिर्छु
रित्तो भाको सब बोत्तल सराबले भोरेर निस्किन्छु

पिए पछि के के गरिन्छ के के हुन्छ पत्तो नै हुँदैन
कैले आफ्नै टाउको कैले अरुकै फोडेर निस्किन्छु

सक्नेलाइ त ज्यानले ज्यान लडाई छाड्छु हजुर
नसक्नेलाइ त्यसै छोड्दिन चिथोरेर निस्किन्छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, July 11, 2013

248. हेर्नुस् उ कलिलो मान्छे हुँदै होइन।

हेर्नुस् उ कलिलो मान्छे हुँदै होइन।
र सोँचेझैं गतिलो मान्छे हुँदै होइन।।

विस्वासको नकाव ओडेको छ उसले।
पख्नुस् त्यति सजिलो मान्छे हुँदै होइन।।

एकदिन उस्ले आफ्नो पारा देखाउनेछ।
बुझ्नुस् है उ दरिलो मान्छे हुँदै होइन ।।

देखावटी मिठा बात गरेको हो उसले।
कसम उ रसिलो मान्छे हुँदै होइन ।।

हातिको चपाउने दांत देखिदैन बुझ्नुस्।
धरोधर्म उ लचिलो मान्छे हुँदै होइन।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, July 9, 2013

247. बुद्धि र विवेकसंगै विद्वान बेचिदैछन्

बुद्धि र विवेकसंगै विद्वान बेचिदैछन्
र उनमा भएका सबै ज्ञान बेचिदैछन्

दिनहुँ जहाज आउँछ उडाएर लान्छ
खाडीतिर नेपाली जवान बेचिदैछन्

तपाइँ मान्नुस् या'त नमान्नुस् यहाँ
धर्मको नाममा गीता,कुरान बेचिदैछन्

कहाँ गए खै वीर नेपालीको इत्जत?
हुँदाहुँदा गोर्खालीका सान बेचिदैछन्

हे!युवा तिम्रो पसिना अनि रगत बेचिए
याद राख बाँकी भाको प्राण बेचिदैछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, July 8, 2013

जीवन बाँचेको छु

जसोतसो यो जीवन बाँचेको छु मैले
र तिम्रै निम्ति यौवन साँचेको छु मैले
हाम्रा ति प्रितका कुरा नहोस् है अधुरा
भेट्ने दिन कुर्दै औंला भाँचेको छु मैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, July 4, 2013

अरुसब छ मसंग।

परिवार छैन यहाँ, अरुसब छ मसंग।
हजुर रणभूमिको,अनुभव छ मसंग।।
बिरगोर्खाली भएरै,होमिएको हुँ युद्धमा।
मनमा दुवै दानव र, मानव छ मसंग।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

""बिस्वास चाहिएन""

तिम्रो झुठो माया चाहिएन बिस्वास चाहिएन
अँध्यारोमै ठिकै छु'म क्षणीक प्रकास चाहिएन
भौंतारिने छैन अब तिम्लाई खोज्दै पागलसरि
कसम दिलनै धुजा,हुने मायाको आभाष चाहिएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

246. म तिमीलाई इत्जत दिन्छु

म तिमीलाई इत्जत दिन्छु
ब्रह्माण्ड सारा जगत दिन्छु

तिम्रै नै हुँ म अनि तिमि मेरी
पर्दाखेरि आपत मद्दत दिन्छु

हात दिन्छु न्यानो साथ दिन्छु
कसम मेरा यी अभिमत दिन्छु

म कन्जुस्यांइ केहीमा गर्नेछैन
माग प्रिय सत-प्रतिसत दिन्छु

म त हेर "गजल" लेखिरहन्छु
मैले जस्तै लेख्ने आदत दिन्छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"