WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, April 28, 2012

"गजल"

तिम्ले साथ छोडे देखि, पागल भाछ रोहित  
यात्रा अन्तै मोडे देखिपागल भाछ रोहित 
  
भन्थेउ माया रोपेर, फलाउनु पर्छ  भनी  
झार संझी गोडे देखि, पागल भाछ रोहित  

खै'कहाँ गए जून-तारा,जस्तै त्यो सम्बन्ध
नाता अन्तै जोडे देखि, पागल भाछ रोहित  

शिर छोएर कसम, खाको याद 'है मलाई
वाचा कसम तोडे देखि,पागल भाछ रोहित  

"गजल"

मलाई मेरै ठाऊँ, सेतिवेनी मन पर्छ
पल्लाघरे सांहिली, गुरुंङसेनी मन पर्छ

हराभरा हरियाली अहा!,कति सुन्दर गाऊँ
सुशजित सप्तरंगी त्यो, इन्द्रेनी मन पर्छ

मगर उनी गुरुंङ, तर माया गाढ़ा 'है
अझै बेसी उनकै नाम, त्रिवेणी मन पर्छ

बत्तीस गूर्णले भरी'पूर्ण,छीन हिस्सी परेकी
हिजो आज उनले जेजे, गरेनि   मन पर्छ

"गजल"


प्रेम सधैं पवित्र हुन्छ, भिन्न 'भन 
दिएकोछु चोखो माया,लिन्न 'भन 

मुना अनि मदन, यस्तै हुनु पर्छ हामी
कसिएको मजबुद डोरी,छिन्न 'भन 

यि मन तन मिल्यो, बांकी केही छैन
मागेको छू बूंद स्नेहको,दिन्न 'भन 

पाऊंने'छैनौ तिमी,यस्तो अमर माया
अमूल्य यो प्रितिलाई, किन्न 'भन 

"गजल"


मातृभूमिको माटो,विर्संन हुन्न साथी  
हिड्ने गोरेटो बाटो,विर्संन हुन्न साथी  

जनयुद्ध गरिकन, ल्यायौं लोकतन्त्र
हाम्रो रगत रातोविर्संन हुन्न साथी  

धेरै भए शहीदहरु, कोही अपांग पनि
चोटैचोटको खाटो, विर्संन हुन्न साथी  

संभिधान बन्छ, आशा अझै मरेछैन
लगनरुपी गाँठो, विर्संन हुन्न साथी  

"गजल"


डाँको छाडी  रुंदा पनिगजल बन्दो रैछ 
पीर व्यथा धुंदा पनि,गजल बन्दो रैछ 

नयन जुझ्दा'खेरी,तर्सिने मान्छे उनी  
स्पर्सले छुंदा पनि, गजल बन्दो रैछ 

तिम्रै वियोगमा, चिच्याई कराउँदै
आफै पागल हुंदा पनि,गजल बन्दो रैछ 

कति लेखुं ' गजल,आफ्नै जिंदगीको
लेख्दा केही बूंदा पनि,गजल बन्दो रैछ 

"गजल"



शिर छोई तिम्लाई माया, गर्छु भने हुन्थ्यो 
ह्रदय देखि नै औधी मन, पर्छु भने हुन्थ्यो 

आतुर छू सुन्न बोली,अनि बुन्न मायाजाल 
छिट्टै तिम्रो घरमा बसांइ, सर्छु भने हुन्थ्यो 

आउँछ की तिमिसंगै  दुःख सुख,काट्ने दिन 
सात समुन्द्र जंघार संगै, तर्छु भने हुन्थ्यो 

सुंन्य-सुंन्य लाग्छ जीवन,तिमी बिना अचेल 
तिमीसंगै जीऊँछू  अनि संगै, मर्छु भने हुन्थ्यो  

"गजल"


सांच्चै पराई ठान्यौ ', एक्लो छू'नि
घाइते वार्णले हान्यौ ', एक्लो छू'नि

विवशतै विवस्ताले,पिरोलिएको जीवन मेरो
कमी कमजोरी जान्यौ ',एक्लो छू'नि

सबै तिम्रा चाहना, पुरा गर्न सकिन के गरुं?
नामर्द मलाई मान्यौ ', एक्लो छू'नि

पाखा लायौ यो ज्यान,समीप राख्यौ  अर्कैलाई
उसैलाई अंगालोमा  तान्यौ ',एक्लो छू'नि

"गजल"


हे यूवा उठ छिटो, जाग्नू पर्छ अब
देशको बिकास गर्न,लाग्नु पर्छ अब

खवरदारी गर्दै यी,फटाहा नेताहरूलाई  
सुमार्गमा देशलाईहाक्नु पर्छ अब

हिंसा होइन,शान्ति संविधान देऊ
दिन्नौ भने गौतमबुद्ध,डाक्नु पर्छ अब

अस्तित्व किन फाल्छौ,नेपाल आमाको
इज्जत हामी यूवाले नै,राख्नु पर्छ अब