हे यूवा उठ छिटो, जाग्नू पर्छ अब
देशको बिकास गर्न,लाग्नु पर्छ अब
खवरदारी गर्दै यी,फटाहा नेताहरूलाई
सुमार्गमा देशलाई, हाक्नु पर्छ अब
हिंसा होइन,शान्ति र संविधान देऊ
दिन्नौ भने गौतमबुद्ध,डाक्नु पर्छ अब
अस्तित्व किन फाल्छौ,नेपाल आमाको
इज्जत हामी यूवाले नै,राख्नु पर्छ अब