WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, December 31, 2012

मेरो दिलको,रानी बन्छिन् अरे

मेरो दिलको,रानी बन्छिन् अरे
तिर्खा मेट्ने,पानि बन्छिन् अरे

हजुरकै समिप,हुन पाउँ भन्छिन्
दुइ आँखाको, नानि बन्छिन् अरे

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

143. गजल -नयाँ वर्ष विशेष

छर्दै हर्ष उल्लास सबै संग आऊ नयाँ साल
नेपाली जन्तालाइ पार्दै दंग आऊ नयाँ साल
शान्ति होस चारैतिर अशान्ति नहोस कतै
लिएर जोस-जांगर उमंग आऊ नयाँ साल

देशको मुहार फेरिकन होस चौतर्फी बिकास
दिइ नेतालाइ सतबुद्धि ढंग आऊ नयाँ साल

पिर- चिन्ता पाखा लागी जीवन होस खुशी
मनभरी छर्दै सप्तरंगी रंग आऊ नयाँ साल


~!~Wish u all..a very Happy New year 2013~!~

शुभ पल,शुभ समय,शुभ दिन ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुमा कार्य-सफलताको कामना सहित नव वर्ष २०१३ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!
रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 

142.बाबु चर्को घामले पोल्ला आमाको माया

बाबु चर्को घामले पोल्ला आमाको माया
बिदेशी ति दामले पोल्ला आमाको माया

स्वदेश बानाउ आफ्नो भन्या आफ्नै हुन्छ
परायको कामले पोल्ला आमाको माया

हामि बुढाबुढी भै सक्यौं एक्लै नछोड अब
जन्मेको यो ठामले पोल्ला आमाको माया

नाति र नातिना देखेरै मर्ने धोको छ हाम्रो
प्रियसीको  नामले पोल्ला आमाको माया

गरे सुन फल्छ बाबु यही सुन्दर धर्तीमा नै
सधैं खाने मामले पोल्ला आमाको माया

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, December 30, 2012

म जीवित छु तै पनि बगर भने कसैले

म जीवित छु तै पनि बगर भने कसैले
बेहोशिमै लट्ठीएको नजर भने कसैले

हिनताबोध छैन तैपनि ज्युने प्रयासमा छु
पागल वस्तीको तिमि शहर भने कसैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, December 29, 2012

141.छोराले बाउलाई हराउने काम यहीँ हुन्छ

छोराले बाउलाई हराउने काम यहीँ हुन्छ
नभाको आरोपमा कराउने काम यहीँ हुन्छ

जनताका रगत र पसिना चुस्दै चुस्दै हेर्नुस
आफ्नो त्यो ढुकुटी भराउने काम यहीँ हुन्छ

जनतालाई बालै भो आफन्तलाई ठुलो पदमा
छिन् भरमै स्वीकृति गराउने काम यहीँ हुन्छ

गरिबका झुपडी भत्काएर आफन्तलाई भने
सिंघदरबारमा बसाइ सराउने काम यहीँ हुन्छ

बाढी पिडित हामि जनता डुबानमा पर्दा पनि
आफ्नालाई चाहिँ डुंगा तराउने काम यहीँ हुन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, December 28, 2012

यो मान्छेको नियत खराब छ

यो मान्छेको नियत खराब छ
हजुर सत प्रतिसत खराब छ

हिजो निन्याउरो भइ हिनेकै हो
हेर्नुस उस्को अभिमत खराब छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

140.उनिसंगै बिताएका रातहरुले

उनिसंगै बिताएका रातहरुले सताइरहन्छन्
सुम्सुम्याउने तिनै हातहरुले सताइरहन्छन्

जिवन्त संगै जिउने र मर्ने वाचा थियो हाम्रो
तितामिठा गरिएका बातहरुले सताइरहन्छन्

मेटाउँछु भन्छु याद भने झैं कहाँ हुन्छ र हजुर
पुराना ति प्रेमपत्रका खातहरुले सताइरहन्छन्

दिन जसो तसो कटाउँछु रात निकै गाह्रो हुन्छ
गोधुलीसंगै हरेक प्रभातहरुले सताइरहन्छन्

सम्हाली राख्याछु उनैले पठाएका सगुनहरु
तिनै सगुन अनि सौगातहरुले सताइरहन्छन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, December 26, 2012

139.म सपना देखेर बांच्दैछु

म सपना देखेर बांच्दैछु
र गजल लेखेर बांच्दैछु

पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु

थाहा छैन धर्मक्रम के'हो
मात्र टुलुटुलु हेरेर बांच्दैछु

संदेश उनले पाइनन् अरे
पून: पत्रहरु केरेर बांच्दैछु

मर्न खोज्दा उनैले रोकिन्
नयाँ जीवन फेरेर बांच्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

138.बुढा-पाकाको कुरा सुन्नुहोस् है

बुढा-पाकाको कुरा सुन्नुहोस् है
मेरो काकाको कुरा सुन्नुहोस् है

सगरमाथा विश्वकै अग्लो हो नि
चढी आकाको कुरा सुन्नुहोस् है

माया त हजुर माया नै हुन्छ नि
गाजलु आँखाको कुरा सुन्नुहोस् है

स्वाभिमानी हामी बेग्लै पहिचान छ
शुशेली भाकाको कुरा सुन्नुहोस् है

छिमेकीले लाजै नमानी मेरो भन्यो
हाम्रै सुस्ता नाकाको कुरा सुन्नुहोस् है

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, December 25, 2012

137.एउटाले बेस्सरी थर्काएर गयो

एउटाले बेस्सरी थर्काएर गयो
मुसलधारे आँशु धर्काएर गयो

यो सदिमा नि सानोठुलो जात
भन्दै सुनपानीले छर्काएर गयो

चौतारीमा भेट्ने बाचा थियो है
आएन उ मलाई पर्खाएर गयो

गद्याङ्ग-गुडुंग बिहानै देखि हो
असिना भारि हेर बर्साएर गयो

खेल हो हार जित भैहाल्छ नि
मेरो हारमा तालि बजाएर गयो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

म सपना देखेर बांच्दैछु

म सपना देखेर बांच्दैछु
र छेस्का लेखेर बांच्दैछु

पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, December 23, 2012

136.पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त

पुरानो रिवाज फेर्ने जिम्मा पाकोछु मैले त
नयाँ इतिहास केर्ने जिम्मा पाकोछु मैले त

डाक्न मैले सारा नेपालीहरुलाइ डाकेकै छु
सिंहदरबार घेर्ने जिम्मा पाकोछु मैले त

आस्वासन मात्र दिए यी फटाहा नेताहरुले
तिनै नेताहरु सेर्ने जिम्मा पाकोछु मैले त

यो कठ्याँङ्रिने जाडो भरि नै सबै गरिबलाई
न्यानो लुगाले बेर्ने जिम्मा पाकोछु मैले त

अनाथ आश्रमभरि हेर्नुस ति लालाबालाहरु
तिनैलाइ राम्ररी हेर्ने जिम्मा पाकोछु मैले त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, December 22, 2012

135.तिमीले मलाई रुवायौ कारण सोधिन

तिमीले मलाई रुवायौ कारण सोधिन
अमृत भन्दै बिष खुवायौ कारण सोधिन

जान्ने बुझ्ने तिमि नै थियौ म त लाचारी
मेरा सारा सपना तुहायौ कारण सोधिन

हिजो जसरि हेर्थें उस्तै रुपले हेरी रहेकै छु
तर त्यो मन अन्तै बुझायौ कारण सोधिन

भन्थेउ हाम्रो सम्बन्ध नङ् र मासु जस्तै हो
सम्बन्ध पलभर मै चुडायौ कारण सोधिन

मेरो सिंङ्गो शरीर हाजिर थियो तिम्रो लागि
तर शरीर भरि छुरा गुडायौ कारण सोधिन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, December 5, 2012

134.भेटाएं मैले तिमि नै हौ घाम अनि प्रकास भन्नेहरु पनि

भेटाएं मैले तिमि नै हौ घाम अनि प्रकास भन्नेहरु पनि
भेटाएं अझ मलाई हरामी अनि बदमास भन्नेहरु पनि

सहयोग पनि गरेकै हो दु:ख परेको बेलामा उनीहरुलाई
उनीहरु नै रहेछन् होस यसको सत्यनास भन्नेहरु पनि

दु:ख पर्दा रोएको थिएँ म खुशीमा हाँसेकै छु नि हजुर
रहेछन् हजुर मलाई तँ त्यसरी नहाँस भन्नेहरु पनि

काल आउनु पर्ने रहेछ यो पापी संसार छोडी जानलाई
मित्रहरु यस्ता रहेछन् होस चाडैं स्वर्गबास भन्नेहरु पनि

यहाँ मानव-मानवहरु बीच भेदभाव भइ रहेको बेलामा
एकहुल भेटाएं रोहित हो मानवताको रास भन्नेहरु पनि

रोहित रानामगर
रुपन्देही,बुटवल