WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, December 28, 2012

140.उनिसंगै बिताएका रातहरुले

उनिसंगै बिताएका रातहरुले सताइरहन्छन्
सुम्सुम्याउने तिनै हातहरुले सताइरहन्छन्

जिवन्त संगै जिउने र मर्ने वाचा थियो हाम्रो
तितामिठा गरिएका बातहरुले सताइरहन्छन्

मेटाउँछु भन्छु याद भने झैं कहाँ हुन्छ र हजुर
पुराना ति प्रेमपत्रका खातहरुले सताइरहन्छन्

दिन जसो तसो कटाउँछु रात निकै गाह्रो हुन्छ
गोधुलीसंगै हरेक प्रभातहरुले सताइरहन्छन्

सम्हाली राख्याछु उनैले पठाएका सगुनहरु
तिनै सगुन अनि सौगातहरुले सताइरहन्छन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान