WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, October 31, 2012

सन्नटा यो मरुभूमि, छोड़ने दिन आए है

**धेरै पुरानो गज़ल**
>आफ्नै डायरीबाट<

सन्नटा यो मरुभूमि, छोड़ने दिन आए है
सिंचाई गरी आफ्नै बारी,गोड़ने दिन आए है

कति बस्नु रेग्स्थानमा, पत्थररूपी जीवन
माया प्रिती सानी संगै, जोड़ने दिन आए है

याद आउने सधै जसो,देश अनि घरगाउँको
यात्रा अब स्वदेशतिरै, मोड़ने दिन आए है

भंन्थिन उनी सधै,सुन फलाऊँ हाम्रै धर्तीमा
राम्रो मौका छोपी हीरा,फोड़ने दिन आए है

***भोली हिन्दैछू यो रेग्स्थानबाट.....
31st-Oct-2012

Monday, October 29, 2012

133.विदेशिएँ म अलि अलि दाम कमाएँ

विदेशिएँ म अलि अलि दाम कमाएँ
यो त लाहुरे भो रे यस्तै नाम कमाएँ

बगाएँ रगत पसिना दिन रात नभनी
कर्म यस्तै मेरो न'बिहान'न साम कमाएँ

आदान प्रदान हुन्थ्यो खबर पत्रहरुमा
सानीले कोरेको पत्रहरुका खाम कमाएँ

जस्तो थिएँ छिर्दा परदेश अझै उस्तै छु
केहि नमस्कार त केहि सलाम कमाएँ

कोहि मित्र पुर्वका कोहि पश्चिमका भेटें
खुशी लाग्छ मित्रहरु भने तमाम कमाएँ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


132.सक्छौ एउटा सुन्दर स्कुल बनाऊ

सक्छौ  एउटा  सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

हे दैव किन बनायौ जन्म अनि मृत्यु
अमर रहन सबै बरु क्याप्सुल बनाऊ

जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ
सबै जनाको एउटा साझा कुल बनाऊ

मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ

सक्छौ  एउटा  सुन्दर  स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान







BFBS रेडियो UK-"कविता कुशुममा" मेरो गजल वाचन

गत शुक्रबार 2012 October 26th तारिकको दिन BFBS UK गोर्खा रेडियोको साप्ताहिक कार्यकर्म "कविता कुशुम"मा योग राज राई दाजूसंगको साहित्यक भलाकुसारी अनि मेरो गजल वाचन, मेरा केही जीवन भोगाई अनि साहित्यक र सांगीतिक भोगाइका तितामिठा यात्राहरुको  बारेमा केही बोल्न दिनु भएकोमा योग दाजू लगायत BFBS रेडियो UK  प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु!!

Saturday, October 27, 2012

131.अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ

अनायासै रमाउन खोज्नु,गल्ती मेरै रैछ
उन्कै हात समाउन खोज्नु,गल्ती मेरै रैछ

मलाई लाग्थ्यो उनी केवल मात्र मेरी हुन
हैकम उन्मा जमाउन खोज्नु,गल्ती मेरै रैछ

अन्तै पो रहेछ चाह गिध्ये नजर मात्र म मा
जवर्जस्त माया थमाउन खोज्नु,गल्ती मेरै रैछ

लाग्थ्यो उन्को लागी जे पनि गर्न सक्छु म
उन्कै खातिर कमाउन खोज्नु,गल्ती मेरै रैछ



~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

130.नैतिक शिक्षाको भारि खोज्दैछु

नैतिक शिक्षाको भारि खोज्दैछु
फलाउन बिज्ञान बारी खोज्दैछु

खोजें आकाशमा खोजें समुन्द्रमा
पृथिवी भरि पनि चहारी खोज्दैछु

पाखा पखेरो नदि नाला जताततै
कैले वारि त  कैले पारि खोज्दैछु

भेटिनु पर्ने विद्वानसंगै विध्या पनि
भोकप्यास आफैमा मारी खोज्दैछु

असल मित्र भेटे नि चालचलन उस्तै
राम जस्तै मैले आज्ञाकारी खोज्दैछु

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३ रुपन्देही
हाल- काबुल,अफगानिस्थान





Wednesday, October 24, 2012

साँच्चै आज म दिउँसै रातमाछु


साँच्चै आज म दिउँसै रातमाछु 
फूलमा होइन झरेको पातमाछु

दशैंको दिन,सबै खुशीमा होलान् 
म भने पिरैपिरको,बिस्मातमाछु

Happyदशैं
~!~शुभ पल~!~

रोहित राना 
बुटवल-13-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान
24th-Oct-12

Tuesday, October 23, 2012

*दशैंको शुभकामना*

मेरी बुढी आमा गहभरी आँशु लिएर अझै पनि छोरो आउछ भन्दै मेरै बाटो हेर्दै होलिन ...विवस्ता म यसपाली पनि आउदिन आमा मेरो बाटो नकुर्नु होला , साइतमै टिका लगाउनु होला !! 
यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैंमा --

शुभ पल,शुभ क्षण,शुभ समय >>>>>शुभ दिन>>>शुभ दशैं  ........मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०६९ विजय दशमीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!



Happyदशैं 2069
~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, October 22, 2012

पर्खी राछन् आकाशका तारा र जुनले


पर्खी राछन् आकाशका तारा र जुनले
मादल, सारंगी संगै बासुंरिको धुनले

मै आउने बाटो हेर्दै चिहायर झ्यालबाट
नयनहरु बिछ्याईकन कुर्दैछिन् रे उनले

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, October 20, 2012

129.″गजल” दशैं विशेष


हुनेलाई यहाँ,माला’माल भाछ दशैं
नहुनेलाई कठै!अनि’काल भाछ दशैं

हिजो निशब्द थियो,गल्ली-सडकहरु
आज हेर कस्तो,कोला’हाल भाछ दशैं

धनिकै लागि मात्र,रहेछ यो दशैं त
गरिबलाई अग्लो,पर्खाल भाछ दशैं

कस्ले पो बुझ्छर,गरिबको पीड़ा यहाँ
बोझ माथि बोझ, यो चाल भाछ दशैं

सबैकोमा चीची-पापा,पाक्दै छ होला
मेरो भने रित्तो-रित्तो, थाल भाछ दशैं

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३ रुपन्देही
हाल- काबुल,अफगानिस्थान

128.उसैले मान्छे लगाई,काटमार गरायो

उसैले मान्छे लगाई,काटमार गरायो
फेरी आफै घाइतेलाई,उपचार गरायो

मैले सोँचिरहेछु,उ दानव हो या मानव
आज झनै खतरनाक,हतियार गरायो

मान्छेले  मान्छेको, किन बेच गर्दैछन्
टाउकोको मुल्य तोक्दै,पुरस्कार गरायो

नाफा घाटाको केहि,पर्वाह छैन उस्लाई
नोक्सानीमै उस्ले ठुलो,ब्यापार गरायो

सुरुमा कुट्यो उसैले,पछी नरो तँ भन्दैछ
आँखाभरि त्यो मुसलधारे,असार गरायो

हरेष मैले खाएको होइन,वाध्यता उस्तै
रोहितलाई कुख्यात डाकूँ,खुंखार गरायो

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, October 17, 2012

127.मात्र गजलकार भएँ, तिम्रै कारणले

मात्र गजलकार भएँ, तिम्रै कारणले
जितेर पनि हार भएँ, तिम्रै कारणले

लाग्थ्यो यो संसार,तिम्रो अनि मेरो हो
तर आज कुलंगार भएँ,तिम्रै कारणले

न समुन्द्र तरें जिन्दगीको,न त नदि  नै
आज न वार न पार भएँ,तिम्रै कारणले

आखिर यात्रा अन्तै,मोड्यो जिन्दगीले
फ्याँकिएको  हतियार भएँ,तिम्रै कारणले

खै कसरि जिउनु,यस्तो लाचारी जीवन
पृथिवीलाइ नै भार भएँ, तिम्रै कारणले

~!~शुभ पल~!~
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


"कार्यक्रम स्पर्स"

तिनाउ 98.2 मेगाहर्ज गजल मनको कार्यक्रम स्पर्स 16 Oct 2012 मा मेरा जिन्दगि भोगाइका कथा अनि दशैं बिशेष गज़ल!!

"गज़ल"
अर्को साल त दशैंमा अवस्य, आऊँछू आमा
चुहिएको खरको छानो, पनी छाऊँछू आमा

के गर्नु र यो कर्म, लेखेको रैछ बिदेशिनु
साथी संगी देउसी भैलो, पनी गाऊँछू आमा

लहलह धानका बाला, झुल्दै होला गाह्रा भरी
लेक बेसी मेला पात, पनी धाऊँछू आमा

बात चित गरी संके, आउन अर्को साललाई
जसरी नि छुट्टी मैले, पाऊँछू-पाऊँछू आमा

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

**लुकिछिपी स्कुल बाटै**


लुकिछिपी स्कुल बाटै, भेट्न आउथिइन उनि
त्यो मनभरिको तिर्सना,मेट्न आउथिइन उनि

याद छ मलाई उनले,आजै लैजाउ भनेको पनि
पख'न भन्दै पछीपछी,लखेट्न आउथिइन उनि

~!~शुभ पल~!~
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, October 15, 2012

126.तिमिले म सँग रिसाउनुको कारण हुनु पर्छ

तिमिले म सँग रिसाउनुको कारण हुनु पर्छ
चोखो माया अन्तै मिसाउनुको कारण हुनु पर्छ

गन्तव्य एउटै थियो तर पनि यात्रा अन्तै मोड्यो
निर्दोष यो मन चिसाउनुको कारण हुनु पर्छ  

तिम्रो मिठो साथले यो मन मेरो हलुका हुन्थ्यो
मन्को भारि अन्तै बिसाउनुको कारण हुनु पर्छ  

भुल गर्यो जानीजानी पश्चताप गर्छौ किन आज
माफी माग्दै हात फिजाउनुको कारण हुनु पर्छ

माफ गर मलाई  अरुलाइ वचन दिएको छु
अतित सम्झाई रिझाउनुको कारण हुनु पर्छ


@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
16th-Oct-12

Sunday, October 14, 2012

निर्दोष तिनै नयन,सजल मन पर्छ

निर्दोष तिनै नयन,सजल मन पर्छ
आइरहने उन्कै याद,पलपल मन पर्छ

बत्तीस गुर्णले पूर्ण,छिन् हिस्सी परेकी
आनी बानि चुलबुल,चन्चल मन पर्छ

@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Saturday, October 13, 2012

125.आज एउटा गजल,बहरमा लेख्ने कोशिस मेरो

आज एउटा गजल,बहरमा लेख्ने कोशिस मेरो
डाँडाकाँडा गामबेसी,शहरमा लेख्ने कोशिस मेरो

बगी रहेछन् नदि नाला, कल-कल झरना पनि
नदि नाला झर्ना खोला,नहरमा लेख्ने कोशिस मेरो

प्रेमि प्रेमिकाहरु नै यहाँ, गर्छन्  किन पश्चताप
विषका ति प्यालासंगै,जहरमा लेख्ने कोशिस मेरो

रातलाइ नि दिन ठान्छन्,पागल प्रेमी हरु यहाँ
बिहानीको त्यो सुनौलो,प्रहरमा लेख्ने कोशिस मेरो

मेरो पनि चाहना हो,सुन्दर गजल सृजना गर्ने
खै कस्तो भयो रहरै, रहरमा लेख्ने कोशिस मेरो

@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
14th-Oct-12

Friday, October 12, 2012

खबरदार नेता देशलाइ पेवा नठान


खबरदार नेता देशलाइ पेवा नठान
तिमीले खाने फलफुल मेवा नठान

केहि गरौला भन्ने,आश मरि सक्यो
आजीवन पाउने तिम्रो सेवा नठान

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, October 11, 2012

124.न'त चोखो प्यार पाएँ

न'त चोखो प्यार पाएँ
न बाँच्ने आधार पाएँ 

जित्ने आँट ,,हुँदा हुँदै 
आखिरी त,,हार पाएँ 

प्रेम उस्लाइ गर्दा नि 
घिर्णा पुरस्कार पाएँ 

निर्दोष हुँदा,,,पनि म 
बास कारागार पाएँ 

प्रेम खोलि तर्छु भन्दा 
मैले त ,,किनार पाएँ 

कोर्छु म,,,,गजलहरु 
छिन्मा नै साभार पाएँ 

@copyright
रोहित राना 
बुटवल-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 

123.सम्झिएर उनैलाई,हाँस्न मन लाग्छ

सम्झिएर उनैलाई,हाँस्न मन लाग्छ
कुम-जोडी उनिसंगै,नांच्न मन लाग्छ

पल्लो घरकी उनि, हेर्छिन् लुकी-लुकी
अजम्बरी प्रिती पनि,गाँस्न मन लाग्छ

दुर्घन्धित छ'यो मौसम, शुद्ध खोज्ने सबै
लाज्का गहना उन्लाई,साँच्न मन लाग्छ

जीवन पछि मरण, यो निश्चय नै छ है
केवल उनकै निम्ति,बाँच्न मन लाग्छ

माया गर्छु भन्छिन, मनमा के छ कुन्नि
माया मेरो छ'कि छैन ,जाँच्न मन लाग्छ

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Tuesday, October 9, 2012

122.अशिक्षितलाइ सबलाई,शिक्षा दिए हुन्थ्यो


अशिक्षित ति  सबलाई,शिक्षा दिएकै राम्रो
माग्दै हिंड्ने जोगीलाई,भिक्षा दिएकै राम्रो

ठुलालाइ सम्मान अनि,सानालाई आदर गर्नु
अबुझलाई जानकारहरुले,दिक्षा दिएकै राम्रो

कुर्नु अनि कुराउनु,प्रेमी प्रेमिकाको चलन रैछ
के भो हजुरले नि उन्लाई,प्रतिक्षा दिएकै राम्रो

परामर्स सहकार्य बिना,कुनै कुरा सम्भव छैन
त्यसैले जानेका ज्ञानको,समीक्षा दिएकै राम्रो

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
10th-Oct-12


Monday, October 8, 2012

आज साँच्ची,उनको याद आको छ

आज साँच्ची,उनको याद आको छ
त्यो पुर्णेको,जुनको याद आको छ

अजर'अमर गजल,सुनाएकी थिइन
त्यही काल झैं,धुनको याद आको छ


> रोहित राना<

Saturday, October 6, 2012

तिमीलाई माया गर्नु,मेरो भुल होइन

तिमीलाई माया गर्नु,मेरो भुल होइन
मात्र तिम्रै भरमा पर्नु,मेरो भुल होइन

तिम्रै विश्वासको तलाउमा,दुबे थिएँ म
तिम्रै घरछेउ बसाइ सर्नु,मेरो भुल होइन

रोहित राना
रेग्स्थानबाट

Friday, October 5, 2012

121.फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं

फेरी पनि गरीबलाई, रुवाउन आयो दशैं
आँशुका सिमसिम झरी,चूहाउन आयो दशैं 
 
गरिबको लागि छैन धन, रुन्छ केवल मन 
धनिलाई हुस्की र ब्रान्डी,खुवाउन आयो दशैं   
 
दशैं हो की दशा हो कुन्नि,वर्षै पिछ्ये आउंछ
हुने सब्लाई चारैधाम ,घुमाउन आयो दशैं 
 
यो चाड-वाड  परदेशमा नआएकै बेश बरु 
पर्देशीलाई आँशुले नै , नुहाउन आयो दशैं  

सपना त परिवारसंगै,दशैं मान्ने थियो मेरो  
मेरो पनि  सोहि सपना, कुहाउन आयो दशैं 

@copyright
रोहित राना  
बुटवल-रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 
6th-Oct-12

Wednesday, October 3, 2012

120.दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा

दशैं यतै तिहारमा चाहिं,आउने भाकोछु आमा
एक महिने लामो छुट्टी,पाउने भाकोछु आमा

यसपाली त देउसी भैलो, खेल्दै नाँच्ने धोको छ'है
साथिसंगी भैलि भाका पनि,गाउने भाकोछु आमा

दिदि नि खुसि होलिन्, भाइ आउने खबर सुन्दा
यसपाली साँच्चै भाइटिका, लाउने भाकोछु आमा

बालाई मोबाइल किनेछु, भाइलाई  एउटा  घडी
हजुरलाई छिट्को गुन्यो,ल्याउने भाकोछु आमा

गैरी खेतमा मार्सी धान,लह-लह झुल्दै  होलान्
लेक र बेसी मेला -पातमा,धाउने भाकोछु आमा


@copyright
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
4th-Oct-12

Tuesday, October 2, 2012

समय बिते सी आउनुको अर्थ रहेन


समय बिते सी आउनुको अर्थ रहेन
भेट्न देउराली धाउनुको अर्थ रहेन

तिम्रै हुँ म भने नि,के भयो र अब त
सिउँदो पोते सी पाउनुको अर्थ रहेन

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

"यो साँझ यो सुबास"

आज मिति 2069 साल असोज महिनाको 16 गते तदनुसार 2nd Oct 2012, मंगलबार यो साँझ यो सुबासको 46 औ श्रीङ्खला यसमा मेरो जिन्दगी भोगाईको कथा र मेरो पहिलो एकल pop album "REALITY" बाट जब ढल्छ साँझ भन्ने बोलको गीत पनि बजेको छ !! धन्यवाद रन्सी मिडिया अनि "यो साँझ यो सुबास" परिवार प्रति हृदयदेखि आभारी छु!!