WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, October 29, 2012

132.सक्छौ एउटा सुन्दर स्कुल बनाऊ

सक्छौ  एउटा  सुन्दर स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

हे दैव किन बनायौ जन्म अनि मृत्यु
अमर रहन सबै बरु क्याप्सुल बनाऊ

जाति र धर्म भन्दै लडाई गर्दैछन् याँ
सबै जनाको एउटा साझा कुल बनाऊ

मरेर मान्छेहरु स्वर्ग जान्छ भन्छन्
यो पृथ्वी र स्वर्ग जोड्ने पुल बनाऊ

सक्छौ  एउटा  सुन्दर  स्कुल बनाऊ
पवित्रताको प्रतिक त्यो फूल बनाऊ

~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान