WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, December 31, 2012

143. गजल -नयाँ वर्ष विशेष

छर्दै हर्ष उल्लास सबै संग आऊ नयाँ साल
नेपाली जन्तालाइ पार्दै दंग आऊ नयाँ साल
शान्ति होस चारैतिर अशान्ति नहोस कतै
लिएर जोस-जांगर उमंग आऊ नयाँ साल

देशको मुहार फेरिकन होस चौतर्फी बिकास
दिइ नेतालाइ सतबुद्धि ढंग आऊ नयाँ साल

पिर- चिन्ता पाखा लागी जीवन होस खुशी
मनभरी छर्दै सप्तरंगी रंग आऊ नयाँ साल


~!~Wish u all..a very Happy New year 2013~!~

शुभ पल,शुभ समय,शुभ दिन ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुमा कार्य-सफलताको कामना सहित नव वर्ष २०१३ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!
रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान