WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, July 2, 2015

तिम्रो चोली तुनामा

मेरो मन पल्किएकोछ तिम्रो चोली तुनामा !!
अनि दिल अल्झिएकोछ तिम्रो चोली तुनामा!! 
तिम्रो रुप अनि शृंगार देखेर भुत्तुकै हुन्छु म !!
साँच्चै जादु सल्बलिएकोछ तिम्रो चोली तुनामा!!

रोहित राना'
बुटवल -१३,रुपन्देही'

Friday, June 26, 2015

322. केहि गर्ने जोश जाँगर हराएको छ

केहि गर्ने जोश जाँगर हराएको छ
कसम अहिले भर्खर हराएको छ

सायद प्रेमकै रोग रहेछ लागेको
औषधिको जम्मै असर हराएको छ

तिमी जाबो रुपैयाँ हारायो भन्छौ यार
यहाँ कतिको बस्ने घर हराएको छ

ज्यान दिने त्यो विर'गोर्खाली हुनुपर्छ
त्यसैले त मर्छु भन्ने डर हराएको छ

मुसाफिर भै हिंडीरहेछु- हिंडीरहेछु
गन्तव्य बिहिन छु सफर हराएको छ
रोहित राना
बुटवल -१३,रुपन्देही

Friday, May 29, 2015

321. अब ढुंगालाइ देउता होइन पत्थर भन्नु छ!

अब ढुंगालाइ देउता होइन पत्थर भन्नु छ!
हो यहि एउटा सनसनी पूर्ण खबर भन्नु छ!!

मेरो विश्वासमा कयौं पटक घात गरियो यहाँ!
यो मनलाई कसैको भरोषामा नपर भन्नु छ!!

वर्षौं देखि निरन्तर मेरो दु:खमा झरि रहेछस्!
ए आँसु तँलाई अब आखाँबाट नझर भन्नु छ !!

पलभरमै विश्वास गरि धोखा खाएको हुँ मैले !
स्वयं आफैलाई अरुको विस्वास नगर भन्नु छ!!

धेरै गर्नु बाँकि छ आफ्नै लागि र देशका लागि!
अझै केहि दिन देहलाई स्वर्गमा नसर भन्नु छ!!

रोहित राना
बुटवल-१३, रुपन्देही

Thursday, May 28, 2015

निकै कालो अनि अँध्यारो समय आयो

निकै कालो अनि अँध्यारो समय आयो
हामि माझ विनाशकारी यो प्रलय आयो
जन-धन लग्यो -इतिहास ढलाएर गयो
यहाँ बाँच्नेहरुमाझ झन् ठुलो भय आयो

रोहित राना
बुटवल-१३, रुपन्देही

320. हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे

हेर्दा हेर्दै यो धर्ति फाट्यो र पनि म बाँचे
मृत्यु आइ मलाई चाट्यो र पनि म बाँचे

तहस् नहस् भए सारा इतिहासका धरोहर
कति मरे कतिलाई काट्यो र पनि म बाँचे

कम्प्पनसंगै भागें आफ्नै मृत्युदेखि डराएर
लाँन्छु तलाई भन्दै आँट्यो र पनि म बाँचे

खुसी सुखी थियौं हामी आफ्नै जिन्दगीसंगै
आखिर खुसीसंग दुख साट्यो र पनि म बाँचे

जन-धन धेरैको लग्यो बेसाहारा भए कति
यो दैव पनि बेस्सरी मात्यो र पनि म बाँचे


"बैशाख १२ गते आएको महा-भुकम्प परि ज्यान गुमाउनेहरुमा हार्दिक श्रद्धान्जली"
रोहित राना,
बुटवल-१३, रुपन्देही

Thursday, April 16, 2015

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि 
उनको लागि यो जीवन बाँच्ने रहर हुँदा पनि
प्रतिबन्धमा छु स्वयं आफ्नै जीवनको म यहाँ 
माया उनलाई जुनीजुनी साँच्ने रहर हुँदा पनि 

रोहित राना
बुटवल-१३, रुपन्देही 
Buddha was borin in Nepal'

Friday, March 20, 2015

319. म बाँचेको छु त केवल तिम्रै मायाले

म बाँचेको छु त केवल तिम्रै मायाले 
भाको हो हृदय हलचल तिम्रै मायाले

उजाड नबनाउनु सदा हरियाली राख्नु 
गरि गरिकन मलजल तिम्रै मायाले

निस्पट्ट कालो थिएँ औंशिको रातसरि 
आज भने भाछु झलमल तिम्रै मायाले

सोच्दै नसोचेंको लक्ष्य चुमेको छु मैले 
भाको हुँ म आज सफल तिम्रै मायाले

एकैछिन पनि नदेख्दा अतालिन्छ मन 
किन सताई रहन्छ पलपल तिम्रै मायाले?

रोहित राना 
बुटवल-१३,रुपन्देही 
Buddha was born in Nepal"