WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, November 22, 2014

313. रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो

रहेन यार जीन्दगी पनि जीन्दगी जस्तो
लाग्दैछ साहुकोमा राखेको बन्धकी जस्तो

सोँचेको अनि आटेँको कहिल्यै नपुग्ने भयो
भएन जीवन कहिल्यै सुनौलो बिहानी जस्तो

तिम्रा यादहरु पनि कस्तो बेलामा आउछन्
लाग्छ दुरुस्तै यो विनासकारी प्रकृती जस्तो

दुइ छाक तार्न् गाह्रो भएरै विदेशिएको हुँ म
हुँदो रहेनछ खाडीको जागीर सरकारी जस्तो

अहँ!सकिन मैले आमालाइ बचाउन सकिन
न बन्न सकेँ मान्छे नै न त औषधी जस्तो

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

312. मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु

मैले मेरो अस्तित्व मेरै बा'आमामा देखेकोछु
अनि देशको अस्तित्व सगरमाथामा देखेकोछु

मालीले नै फूलको हत्या गरेको सुनियो यहाँ
बरु फूल सुरतक्षित त मैले गमलामा देखेकोछु

याद भुलाउन उस्का सारा तस्विरहरु जलाए नि
तर झन् बेसि किन? उसैलाइ सपनामा देखेकोछु

यि मान्छेहरु हिँडेर कहाँ-कहाँ पुग्छन् होला खै?
जहिले जतिखेर नि यस्तै हतार यात्रामा देखेकोछु

हाम्रो देश बन्नु भनेको त प्रभुकै हातमा रहेछ नि
त्यसैले त नेताहरु हिंडेको प्रभुकै इशारामा देखेकोछु


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

311. पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन

पर्नु परेको छ मनमा पिर भन्नु पो भाछैन
खोटी रैछ आफ्नै तक्दिर भन्नु पो भाछैन

बसन्तको हरियाली झैँ जिवन कहिल्यै भएन
केवल खेपिरहेँं सधैँ शिशिर भन्नु पो भाछैन

यात्रा त सुरु गरेँ तर गन्तव्य नै थाहा छैन
हिँडिराछु भइकन मुसाफिर भन्नु पो भाछैन

सिथिल भइसके केहि गर्छु भन्ने सहासहरु
झन् कमजोर भाछ शरिर भन्नु पो भाछैन

बुबाको हत्यारा हो त्यहि हो मलाइ थाहा छ
चिनेकोछु र पनि आखिर भन्नु पो भाछैन


रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"

310. शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट

शरीरलाइ फाइदा हुन्छ पिउनुस् पानी बाट
कुरोको चुरो बुझ्नु होला है बुद्धिमानी बाट

मात्र दु:ख, पिडा खेपिरहेछु मैले आजसम्म
सुखको अनुभव भएन यार जिन्दगानी बाट

अब म मेरो हुम्ला, जुम्ला आफै बनाउँछु
छैन रत्तिभर आशा तिम्रो राजधानी बाट

सबै परिवार एकसाथ मिलाएरै राखेकाछन् 
यो पाठ सिक्नु जरुरिछ माहुरीको रानी बाट

उनी पनि म जस्तै 'प्रेम' वियोगी रैछन् यार
आज बल्ल चाल पाएँ उनकै कहानी बाटा

रोहित राना
बुट्वल-१३, रुपन्देही
"Buddha was born in Nepal"