WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, February 27, 2013

181. पत्यारै नलाग्ने समाचारको के कुरा गर्नु

पत्यारै नलाग्ने समाचारको के कुरा गर्नु
झनै त्यो लाचारी सरकारको के कुरा गर्नु

उपचार न डाक्टरले गर्यो न त व्यैध्यले नै
केवल गरिराछन् नरसंहारको के कुरा गर्नु

हामी जनताको मर्म कसैले नबुझ्न्ने भयो
छैन यहाँ कुनै बाँच्ने आधारको के कुरा गर्नु

स्वदेशमा नपाएर जागिर बिदेसिएँ म पनि
देशभरी छाईरहेको बेरोजगारको के कुरा गर्नु

जंगल हुँदै बाँदरहरु दबार छिरेकाछन् अहिले
जंगली मान्छे अनि हतियारको के कुरा गर्नु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


पत्यारै नलाग्ने समाचारको के कुरा गर्नु

पत्यारै नलाग्ने  समाचारको के कुरा गर्नु
अझै त्यो लाचारी सरकारको के कुरा गर्नु

उपचार न डाक्टरले गर्यो न त व्यैध्यले नै
केवल गरिराछन् नरसंहारको के कुरा गर्नु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, February 25, 2013

180. तिमि नभाको भए गजल लेख्ने थिएन होला

तिमि नभाको भए गजल लेख्ने थिएन होला
अनि सुनौलो सपना मैले देख्ने थिएन होला

पीडै पीडाले भरिएको घाउ सन्चो हुन्छ भन्दै
तिम्रै निश्चल मायाले मन सेक्ने थिएन होला

तिमि सामीप्यमा छौ र'त गजल फुरी राछन्
जुन घाम पनि हत्केलाले छेक्ने थिएन होला

मन पराएरै हो नि लुकीछिपी चिहाउंथ्यौ मलाई
त्यही निंहुपारी रातो गुलाब फेक्ने थिएन होला

तिम्रै निम्ति दिनरात नित्यकर्म गरिराछु मैले
कसम तिम्रो लागि नभा दुख खेप्ने थिएन होला

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


पराइकै घुम्टो ओड्छु भन्छिन् उनि

पराइकै घुम्टो ओड्छु भन्छिन् उनि
तिमीलाई त म छोड्छु भन्छिन् उनि

मलजल गरि फूलाएको प्रेमको फूल
आज आएर लौ'न गोड्छु भन्छिन् उनि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

179. बुबा आमाले बनाउन फुली खोज्दैहुनुहुन्छ

बुबा आमाले बनाउन फुली खोज्दैहुनुहुन्छ
हुर्कियो है छोरो भन्दै बेहुली खोज्दैहुनुहुन्छ

हेर केटा कुल घरानकै हेरेका छौं भन्दै हुनुहुन्थ्यो
मोटी होइन अरे म जस्तै पातुली खोज्दैहुनुहुन्छ

म घरको जेठो बाठो उस्तै खोजेछौं भन्नुहुन्थ्यो
माहिली र कान्छी हैनन् अरे ठुली खोज्दैहुनुहुन्छ

सबैसंग ख्याल ठट्टा गर्ने छ है मेरो बानि पनि
सायद त्यही भएर होला चुल्बुली खोज्दैहुनुहुन्छ

अस्ति नि तँलाई केटि हेरी आको भन्दै हुनुहुन्थ्यो
मधेश पहाड चारैतिर खुब डुलीडुली खोज्दैहुनुहुन्छ

नोट: पातुली / दुब्लो
ठुली / झेठी
फुली / नाकमा लगाउने गहना

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, February 24, 2013

178. हुँदा हुँदा लौन हजुर राजधानी हरायो

हुँदा हुँदा लौन हजुर राजधानी हरायो
दश बर्से म्याद भाको राहदानी हरायो

इतिहास त बिर्सेछन् यी युवा पुस्ताले
गोर्खालीको वीर-गाथा कहानी हरायो

भौंतारिदै खोजिराछु जताततै उसैलाई
सान्नानीको वैंस अनि जवानी हरायो

देउता पनि राम्रोसंग सुतेको छैनन् अरे
मिठो निदरिको आउने शिरानी हरायो

विश्वकै धनि हो नि पानीको हाम्रो नेपाल
तर हेर्नुहोस् यहाँ पिउनलाई पानि हरायो


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, February 23, 2013

177. नाता जोडी सकेपछि विस्वास हुनु पर्छ

नाता जोडी सकेपछि विस्वास हुनु पर्छ
एक आपसमा मायाको नै रास हुनु पर्छ

गरि प्रेमको पहिचान हुन्छ सधैं गुनगान
मुना र मदनको जतिकै खास हुनु पर्छ

रिस राग त्यागीकन सदा खुसि भईकन
घृणा नभई दिलमा प्रेमको बास हुनु पर्छ

छाप मायाको नामेटियोस् साथ नि नछुटोस्
अँध्यारोमा ज्योति छर्ने प्रकास हुनु पर्छ

एउटालाई पर्दा अर्कोले मद्दत गरेको राम्रो
तनमनभरी नै उमंगको आभास हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, February 20, 2013

176 . हेर्नुस उसले फूल भन्दै झार बेच्दैछ

हेर्नुस उसले फूल भन्दै झार बेच्दैछ
त्यो कल्कलाउँदो वैंस प्यार बेच्दैछ

उपहार मैले मायाले दिएको पो थिएँ
राम्रो दाम पाएछ त्यही उपहार बेच्दैछ

धेरै वर्षौं भयो त्यो जेल बसेको कैदीले
यही मेरै घर हो भन्दै कारागार बेच्दैछ

भन्नु पनि लाजै पो नमानी सक्ने भन्या
भारतले बुद्ध मेरो भनि समचार बेच्दैछ

त्यो कर्मचारी हप्तामा आउने विदा पनि
भो छुट्टी चांहिदैन भनि शनिबार बेच्दैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, February 19, 2013

175. नेपालीको बलिदान खोज्नु पर्दछ

नेपालीको बलिदान खोज्नु पर्दछ
हराएको पहिचान खोज्नु पर्दछ

देउताहरु पनि निराश उदास छन्
मन्द अनि मुस्कान खोज्नु पर्दछ

किन हामी अँध्यारोमै हराई रहेछौं
सुनौलो हाम्रो बिहान खोज्नु पर्दछ

परिवर्तन गर्न युग बगाएका हौँ रगत
शहिदका ति निशान खोज्नु पर्दछ

धेरै आयो अनि गयो जेष्ठ चौध हरु
अब छिट्टै संबिधान खोज्नु पर्दछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, February 18, 2013

भूमिमा सिंचेको रातो रगतको कथा यो

भूमिमा सिंचेको रातो रगतको कथा यो
नशा नशा बग्ने  तातो रगतको कथा यो

बुझ्नु बिर योद्धा कहिले  झुक्दै झुक्दैन
युग परिवर्तनको पाटो रगतको कथा यो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, February 17, 2013

174. पहिले जस्तो म मा जोंस छैन अचेल

पहिले जस्तो म मा जोंस छैन अचेल
के के गर्छु थाहै हुन्न होस छैन अचेल

मेरो देशको मुहार नफेरिने भो कहिल्यै
देश रोकोछ मन्मा सन्तोस छैन अचेल

ति टाउके भनाउदाले अति गरि राछन्
मात्र फितलो निर्णय केहि ठोस छैन अचेल

जे पायो त्यही बोल्छन् भाषणमा यिनैले
ति बोलीको अर्थ हेर्ने शव्दकोष छैन अचेल

सुन्दा सुन्दा वाक्क छु बकम्फुसे रवाफहरु
सिथिल भाछ जीवन आक्रोश छैन अचेल

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, February 15, 2013

173. नेताहरु आपसमा आँखा जुधाई रहेछन्

नेताहरु आपसमा आँखा जुधाई रहेछन्
छत्तिस वर्णको साझा माला चुडाई रहेछन् 

सारा नेपालीहरु यहाँ सुक्क सुक्क गर्दैछन् 
नेताहरुका नाटक देखेर आँशु चुहाई रहेछन्  

मात्र केवल भाषण दिन्छन् हाम्रा नेताहरु 
अझै चुनाव गर्ने तिथिमिति जुराई रहेछन्  

देश बनाउछु भन्दै चर्तिकला देखाकाछन् 
नेपाल आमालाइ रुउवाउनु रुवाई रहेछन्  

देशको यो अवस्था देखेर मुर्छ पर्दैछु म यहाँ 
के था उन्लाई सच्चा देशप्रेमि गुमाई रहेछन् 



रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 

Thursday, February 14, 2013

"मुक्तक"(भ्यालेनटाइन विशेष)

"मुक्तक"(भ्यालेनटाइन विशेष)

निस्वार्थ प्रेम लत्याई जानेलाई, के को भ्यालेन्टाइन?
बिश्वासघातको कसम खानेलाई, के को भ्यालेन्टाइन?

स्वार्थी रहेछ यो दुनिंया विश्वास गर्नु भुल भो आखिर
मायाको बसाई नै सारी लानेलाई, के को भ्यालेन्टाइन?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, February 13, 2013

कल्कलाउँदो त्यो जवानी हरेछ अर्कैले

कल्कलाउँदो त्यो जवानी हरेछ अर्कैले
खाली  तिम्रो सिंउदो पनि भरेछ अर्कैले

बुबाआमाकै करले दिएको रे तिम्लाई
तिम्रै सामिप्यमा बसाइ सरेछ अर्कैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, February 10, 2013

172. देशकै माटो प्यारो छ अविर चाहिंदैन

देशकै माटो प्यारो छ अविर चाहिंदैन
स्वतन्त्र देशलाई बाँध्ने जन्जिर चाहिंदैन

लम्काउनु पर्छ अग्र गतिमा बिकाशलाई
प्रगतिपथ होस चौतर्फी स्थिर चाहिंदैन

माया प्रिती साटेर नेपाली मनहरु बिचमा
सामिप्यता होस् स्नेहको बरु पिर चाहिंदैन

रिस डाह सबै त्यागेर होस् मित्र भावना
मानवता पन घोच्ने तिखो झिर चाहिंदैन

खान र लाउन पुगोस् गरिबलाइ दिन पनि
खोले आँटो भए पुग्छ मिठो खिर चाहिंदैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

म तिमिलाइ देखि लुकेको होइ

म तिमिलाइ देखि लुकेको होइन
निशाना पनि मेरो चुकेको होइन

मेरो दिलमा चोट पर्दा त रुन्छु नि
अश्रुधारा आँखाभरी सुकेको होइन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, February 9, 2013

171. नरम थिएँ म कडा पत्थर बनाइ दियौ

नरम थिएँ म कडा पत्थर बनाइ दियौ
अमृत थिएँ कालकुट जहर बनाइ दियौ

भगवान रोएको कहिल्यै देखेको थिँएन
गहभरि अश्रुधारा धर'धर बनाइ दियौ

वसन्तमा मेरो जीवन गुजार्दै थिएँ मैले
रित्तोरित्तो उजाडउजाड बगर बनाइ दियौ

तिम्रै समिपमा हुँदा पनि पराइ ठाँनेउ
हृदय देखि नै अचानक पर बनाइ दियौ

शितल दिने पिपलुको सहयात्री थिएँ म
आज एक्लै चौतारीको बर बनाइ दियौ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, February 8, 2013

उसले त्यस्तो हतार गर्नु हूँदैनथ्यो

उसले त्यस्तो हतार गर्नु हूँदैनथ्यो
अझ उपद्रो व्यवहार गर्नु हूँदैनथ्यो

मानव भित्रै मानवता नभएकै रहेछ
निकै घमण्ड,अहंकार गर्नु हूँदैनथ्यो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

170. उहाँ त मेरो आफ्नै हजुर हुनुहुन्छ

उहाँ त मेरो आफ्नै हजुर हुनुहुन्छ
संगीतको सबै ताल र सुर हुनुहुन्छ

दुस्मन को हो? साथि को हो? चिनेर
मैदानमै छप्काउने बहादुर हुनुहुन्छ

कर्म निष्ठ कर्तव्य बिर्सिनु हुन्न उहाँले
स्वाभिमानी निडरताको प्रचुर हुनुहुन्छ

शान्त स्वभाव लगनशील र मेहनती
मिठो बोलि बोलिरहने मधुर हुनुहुन्छ

मैले त देउता बराबर नै मानेकी छु नि
कतिले ठान्दा रैछन् निकै झुर हुनुहुन्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

गजल" Valentine.... बिशेष

रातो गुलाब दिएर, प्रेम प्रस्ताप गरें मैले
उनले पनि स्विकारिन, झनै भर परें मैले

आइ लव यु भने पछि, खुसी भइन उनि
त्यही न्युहूमा अलिकति,उनिछेऊ सरें मैले

उनले पनि मलाई, आइ लव यु टु भनिन
समिप्यता झनै बढ्यो, अंगालो'मै भरें मैले

प्रेमका छालहरु'संगै, उर्लिएका मन हाम्रो
यस्तो लाग्यो प्रेमसागर,बल्ल पो तरें मैले

उनि रानी  मा राजा बन्ने निधो पाक्का भो
यस्तो लाग्यो उन्लाई पाउन धर्तीमा झरें मैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, February 6, 2013

अन्तर्वाता विशेष, कार्यक्रम : स्पर्श

गजल प्रेमी साथीहरु नमस्कार ।
मिति 2069 मंसिर 19 तदनुसार 04-Dec-012 मा पनि रेडियो तिनाउ 98.2 एफ.एमबाट हरेक मंगलबार बेलुकि वि.वि.सि. समाचार पछि ९.१५ देखि प्रसारण हुने विसुद्ध गजलको कार्यक्रम स्पर्श लिएर प्रस्तोता गजलकार अशोक गौतम क्षितिजको साथमा आएको छु । आजको श्रीङ्खलामा हामी गायक तथा गजलकार रोहित रानालाई लिएर आएका छौं । कार्यक्रम भरि उहाँले गाउनुभएका केहि गीतहरु साथै नेपाली गजलका बारेमा सुमधुर कुराकानीहरु सँग रमाउनेछौं । यो कार्यक्रमको फेसबुक पेज Sparsa @ Facebook मा गएर पनि तपाईहरु आफ्ना गजल र प्रतिकृयाहरु दिन सक्नुहुनेछ । यो कार्यक्रम उपलब्ध गराईदिनुहुने साथी अशोक गौतम क्षितिजलाई धेरै धेरै धन्यवाद

कार्यक्रम : स्पर्श (SPARSA) श्रीङ्खला
अन्तर्वाता विशेष श्रीङ्खला
मिति : (2069-07-21/06-11-2012)
प्रस्तोता : अशोक गौतम क्षितिज रेडियो : तिनाउ 98.2 मेगाहर्ज
समय : मंगलबार ९.१५ देखि
ई-मेल - sparsa.tfm@gmail.com
संपर्क-०७१-४३७६७९(स्टुडियो



गजल प्रेमी साथीहरु नमस्कार ।
अन्तर्वाता विशेष
अतिथि : रोहित राना
कार्यक्रम :साहित्य सिर्जना
प्रस्तोता : कमल
रेडियो :रेडियो बुद्धआवाज(कपिलवस्तु)
मिति : 09-08-2069/24-11-2012

आज मिति २०६९ मंसिर ९ गते तदनुसार २४ नोभेम्बर २०१२ का दिन सामुदायिक रेडियो बुद्ध आवाज बाट हरेक शनिवार प्रसारण हुने कार्यक्रम साहित्य सिर्जना लिएर प्रस्तोता कमल उपस्थित हुनुभएको छ । आजको कार्यक्रममा गजलकार तथा गीतकार रोहित रानाज्यू संगको अन्तर्वाता विशेष रहनेछ । आउनुस् हामी पनि सुनौ उहाँ सँगको अन्तरंग कुराकानी!!


Listen and Download
Download :
Click Here 

मेरो यो घैंटोमा घाम लाग्ने कहिले हो ?

मेरो यो घैंटोमा घाम लाग्ने कहिले हो ?
लाचारी जीवन काम लाग्ने कहिले हो?

गरिबीले चेपेर नै बिदेशिएको हुँ नि हजुर
भने जति हातमा दाम लाग्ने कहिले हो?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, February 1, 2013

168. कैयौं जिन्दगीका पानाहरु बेकार हुँदैछन्

कैयौं जिन्दगीका पानाहरु बेकार हुँदैछन्
रास्ट्रिय भावका गानाहरु बेकार हुँदैछन्

न वर्तमान छ हाम्रो न त छ भविष्य नै
हामी भन्दा झन् सानाहरू बेकार हुँदैछन्

दोषीहरु आज पनि खुले आम हिन्दैछन्
मात्र खोर भए सबै थानाहरु बेकार हुँदैछन्

चिच्याई पुकारे पनि सुनेन् ति देउताहरुले
गरिएका पुजा आरधानाहरु बेकार हुँदैछन्

वनमान्छे दरबार पसी जलाउदैछन हेर्नुस
सुन्दर दरबारका छानाहरू बेकार हुँदैछन्
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

167. कस्तो होला तिम्रो त्यो सिंउदो/ भर्न पाए देखि

कस्तो होला तिम्रो त्यो सिंउदो/ भर्न पाए देखि
थाहै नपाइ तिम्रो मायाजालमा/ पर्न पाए देखि

तिम्रा अंग अंग सल्बलाएर काउकुति लगाउंदै
कस्तो होला केशको शित बनि/ झर्न पाए देखि

एकाग्र भइ हित्तचित्त मिलाइकन हामि बिचमा
यो मन्को धित मरुन्जेल माया/ गर्न पाए देखि

एक्लै एक्लै कति बस्नु र यो बिरानो मुलुकमा
कस्तो होला अंगालोमै बसाइ/ सर्न पाए देखि

मन मिलाई तन मिलाई दुइ मुटु एक बनाएर
कस्तो होला जिन्दगीको जंघार/ तर्न पाए देखि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान