WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, February 10, 2013

172. देशकै माटो प्यारो छ अविर चाहिंदैन

देशकै माटो प्यारो छ अविर चाहिंदैन
स्वतन्त्र देशलाई बाँध्ने जन्जिर चाहिंदैन

लम्काउनु पर्छ अग्र गतिमा बिकाशलाई
प्रगतिपथ होस चौतर्फी स्थिर चाहिंदैन

माया प्रिती साटेर नेपाली मनहरु बिचमा
सामिप्यता होस् स्नेहको बरु पिर चाहिंदैन

रिस डाह सबै त्यागेर होस् मित्र भावना
मानवता पन घोच्ने तिखो झिर चाहिंदैन

खान र लाउन पुगोस् गरिबलाइ दिन पनि
खोले आँटो भए पुग्छ मिठो खिर चाहिंदैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान