WEL-COME TO MY BLOGS TO ALL OF YOU
Showing posts with label अन्य सामाग्रीहरु. Show all posts
Showing posts with label अन्य सामाग्रीहरु. Show all posts

Sunday, July 21, 2013

मेरो तेश्रो Music Video Album "Reality बाट


मेरो Solo Album "Reality बाट 3rd Music Video आज released भएको छ सबै मित्रहरुलाई एकचोटी हेरेर के कस्तो बनेको छ यसो प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु।
(Loaction U A E)
गीत: पखालेर नयनहरु भिजेका परेलीसंगै जिन्दगि जिउन सिक्दैछु आफै

Friday, May 10, 2013

मेरो दोश्रो Music video Album "Realityबाट

मेरो solo Album "Reality को दोश्रो music video ..हेरी सके पछि प्रतिक्रिया दिनु होला , धन्यवाद!!
Photoजब ढल्छ साँझ गीत स्वर रोहित राना 
एल्बम रियालिटिबाट एक गीत जब ढल्छ साँझ
Jaba Dhalcha Sanjh by Rohit Rana

Album:"Reality"

Singer:Rohit Rana

Music/Lyricist:Sushil Gurung

Model:Prem/Srijan

Camera/Edit/Dir: Kushal Shrestha

K.K. Movies Production 2013
भिडियो हेर्नुहोस्

Tuesday, October 23, 2012

*दशैंको शुभकामना*

मेरी बुढी आमा गहभरी आँशु लिएर अझै पनि छोरो आउछ भन्दै मेरै बाटो हेर्दै होलिन ...विवस्ता म यसपाली पनि आउदिन आमा मेरो बाटो नकुर्नु होला , साइतमै टिका लगाउनु होला !! 
यसपाली त यस्तै भो आमा अर्को साल आउनेछु दशैंमा --

शुभ पल,शुभ क्षण,शुभ समय >>>>>शुभ दिन>>>शुभ दशैं  ........मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित २०६९ विजय दशमीको हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!



Happyदशैं 2069
~!~शुभ पल~!~
रोहित राना
बुटवल-13-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, October 17, 2012

"कार्यक्रम स्पर्स"

तिनाउ 98.2 मेगाहर्ज गजल मनको कार्यक्रम स्पर्स 16 Oct 2012 मा मेरा जिन्दगि भोगाइका कथा अनि दशैं बिशेष गज़ल!!

"गज़ल"
अर्को साल त दशैंमा अवस्य, आऊँछू आमा
चुहिएको खरको छानो, पनी छाऊँछू आमा

के गर्नु र यो कर्म, लेखेको रैछ बिदेशिनु
साथी संगी देउसी भैलो, पनी गाऊँछू आमा

लहलह धानका बाला, झुल्दै होला गाह्रा भरी
लेक बेसी मेला पात, पनी धाऊँछू आमा

बात चित गरी संके, आउन अर्को साललाई
जसरी नि छुट्टी मैले, पाऊँछू-पाऊँछू आमा

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, October 2, 2012

"यो साँझ यो सुबास"

आज मिति 2069 साल असोज महिनाको 16 गते तदनुसार 2nd Oct 2012, मंगलबार यो साँझ यो सुबासको 46 औ श्रीङ्खला यसमा मेरो जिन्दगी भोगाईको कथा र मेरो पहिलो एकल pop album "REALITY" बाट जब ढल्छ साँझ भन्ने बोलको गीत पनि बजेको छ !! धन्यवाद रन्सी मिडिया अनि "यो साँझ यो सुबास" परिवार प्रति हृदयदेखि आभारी छु!!

Wednesday, August 29, 2012

गजल कार्यक्रम स्पर्श -तिनाउ 98.2 एफ.एम


तिनाउ 98.2 एफ.एमको गजल कार्यक्रम स्पर्श (प्रवासी बिशेष भएको थियो)28th-August-12, जहाँ मैले पनि मेरो गजल वाचन गर्ने मौका पाएको थिएँ,!! स्पर्श युनिट लगायत तिनाउ एफ एम परिवारलाइ हृदयदेखि नै स-धन्यवाद दिन चाहन्छु!!

मैले वाचन गरेको गजल यस प्रकार थियो !!

"गजल"
देश छोडी विदेशिएं, ज्यन समुन्द्र पारि थियो
अशैये चोट अनि पीडाको,मनभित्र भारी थियो

साथीसंगी सबै भुली, हिड्न बाध्य हुनु पर्यो
उनकै नाममा पत्र कोर्ने,कर्म मेरो जारी थियो

जागीर पनि त्यस्तै, खान लाउन पनि गाह्रो
भ्याई नभ्याई हतारमा,धूनु पर्ने गाडी थियो

साथिको पनि कथा उस्तै, पिडै-पिडाले भरिएको
उनको भने पकाउनु पर्ने,दालभात,तर'कारी थियो

याद आउँछ घर गाउँको,कोल्टे फेर्दै रुन्छु सधैं
मरुभूमि रुपी जीवन जिउन,सहयात्रा जारी थियो

दृध योजना मनमा लीई, भबिष्यको सोप्नसंगै
चुक्त्ता गर्ने शाहुको ऋण, बन्धकीमा बारी थियो

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, August 21, 2012

(गजल संसारGazal Sansar Episode 3)


मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथमा रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत।

आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ, के भन्नु र साथी
क्षणमै सबै कुरा जान्नेलाइ,के भन्नु र साथी

किन दखल दिनु पर्यो, अरुको जीवनलाइ
पछी पछी कुरा काट्नेलाइ,के भन्नु र साथी

सक्ने भए गरे हुन्छ नि हजुर, आफ्नै तागतले
अरुकै मात्र दिमाग चाट्नेलाइ,के भन्नु र साथी

राम्रो काम गरेको पनि, देख्न नसहने कस्तो हो
अरुका हात खुट्टा तान्नेलाइ,के भन्नु र साथी

आओस न अघि देखि, छाती थाप्छ "रोहित"
पछाडी बाट छुरा हान्नेलाइ,के भन्नु र साथी

रोहित राना
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान 

Monday, May 14, 2012

Music Album : REALITY

Music Album : REALITY 
Lycir/Vocal : Rohit Rana
Music : Rohit Rana/Shusil Gurung/Ravi Shree
................................................................................
नमस्ते म  रोहित राना मेरो पहिलो Solo पप गिति एल्बम "REALITY" लिएर आएको छु। यो एल्बम मेरो संगितिक क्षेत्रमा पहिलो प्रयास  हो । म गायकको अलावा  गीत,गजलहरु पनि कोर्ने गर्छु । जसका  पहिलो बाहेक अरु  सम्पूर्ण गीतहरु  आफैले सिर्जना गरेको हूँ भने संगित शुसिल गुरुङ र रवि श्री र आफैले पनि दिएको छु। कृपया एक चोटी सुनेर मलाई क्रिया प्रतिक्रिया दिएमा निकै आभारी हुने थिएं ।यस ALBUM लाइ "MUSIC NEPAL"ले सर्बत्र बजार व्यस्थापन गरेको छ।

यसमा रहेका गीतहरु यस प्रकार छन् ।
१. जब ढल्छ साँझ
२. नजरमा
३. हृदयको
४. पखालेर
५. बैगुनि पो
६. सक्दिँन म
७. यो ब्येथा
८. जब ढल्छ साँझ(Feat-Araj)

Listen and Download 


Download Link : Click Here to Download All Songs 

जसमध्य एउटा गितको म्युजिक भिडियो रिलिज भै सकेको छ ।
Video from youtube:
Click here to watch video - Hridayako Samipyama

Thank you,
Rothi Rana

Monday, July 25, 2011

My first Recorded Song

My first Recorded Song in my life>>>Baiguni po raichhau timi...Chhadi diyeu Saathaharu!!!!(
बैगुनी पो रैछौ तिमी छाडी दीयौ साथहरु )

Promo of my Album "Reality".