WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, August 21, 2012

(गजल संसारGazal Sansar Episode 3)


मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथमा रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत।

आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ, के भन्नु र साथी
क्षणमै सबै कुरा जान्नेलाइ,के भन्नु र साथी

किन दखल दिनु पर्यो, अरुको जीवनलाइ
पछी पछी कुरा काट्नेलाइ,के भन्नु र साथी

सक्ने भए गरे हुन्छ नि हजुर, आफ्नै तागतले
अरुकै मात्र दिमाग चाट्नेलाइ,के भन्नु र साथी

राम्रो काम गरेको पनि, देख्न नसहने कस्तो हो
अरुका हात खुट्टा तान्नेलाइ,के भन्नु र साथी

आओस न अघि देखि, छाती थाप्छ "रोहित"
पछाडी बाट छुरा हान्नेलाइ,के भन्नु र साथी

रोहित राना
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान