WEL-COME TO MY BLOGS TO ALL OF YOU

Saturday, August 13, 2011

"गजल"

जानी नजानी चलाएँ, रहर भाछ facebook
सपनीमा सधैं देख्ने, प्रहर भाछ facebook

बर्षौं अघि छूट्टीएका, साथी संगी भेट हुंदा 
संग्लो पानी बगी आउने, नहर भाछ facebook

सहयात्री भेटीने, US , UK  JAPAN का   
झिलिमिली रमझम, सहर भाछ facebook

chit /chat को आनन्द, hacker पनी देखें मैले
कसै कसैलाइ यंहा, जहर भाछ facebook

जसलाई जे जे भए पनी, आनन्द मलाई  
मेरो लागी "गजल" लेख्ने, बहर भाछ facebook

"गजल"

माना पाथि मायाको, भर्न मन लाग्यो 
तिम्रै  तिर बसाई,  सर्न मन लाग्यो

निष्पत्त थियो रात, मिठो तिम्रो साथ 
पबित्र मायाजालमा, पर्न मन लाग्यो

स्नेहका पानाभरी, केवल तिम्रै तस्बीर
तिम्रै न्यानो काखमा, मर्न मन लाग्यो

कती बस्नु कल्पिएर,हरेक पल यादमा
दुवैजना  मिली जंघार, तर्न मन लाग्यो  

"गजल"

हिड्दा हिड्दै दोबाटोमा, छाद्दयो तिमीले
बिना अर्थ माया मलाई, मार्यो तिमीले

भत्कीएका सपना थिए,झनै पर्यो बज्रपात 
मायाबाट किन बसाई, सार्यो तिमीले 
बेबारिसे जिन्दगी यो,मर्नु  बाच्नु भयो 
छाडी हिंडेउ  दोधारमा, पार्यो तिमीले 

बदनाम गर्यो मेरो, इज्जत  के रह्यो
बन्द गरी ढोका कांडे तार, बार्यो तिमीले  

"गजल"

तिमीलाई बिस्वास मैले,गरेर पो के भो यहाँ 
झूठो त्यो  मायाजालमा, परेर पो के भो यहाँ  

हृदय भरी राखी माया तिम्लाई गर्छु भन्ने  
तिम्रै घर-छेउ बसाई, सरेर पो के भो यहाँ

 बाधा अड़चन आओस, सामना गर्छु भन्थेउ
तिम्लाई पाउन मरिहत्त्ये, गरेर पो के भो यहाँ

जानु रैछ आखिर पराइलाई नै अंगालेर
तिम्रै निम्ति पटक-पटक, मरेर पो के भो यहाँ

"गजल"

त्याग अनि तपस्या,त्यो बलिदान कहाँ
लेखा-जोखा गर्न प्रेमको,संबिधान कहाँ

धोका दिनेलाई सजाय, जरुर हुनु पर्छ अब  
पवित्र  माया लगाउनेको, पहिचान कहाँ

जुनी-जुनी नमेतिने,अमर माया गर्छु भन्ने
खोई  सांचो प्रेमको अमित, निशान कहाँ

मिलन हुंदा अमर, छूटे मर्यो भन्छन माया  
मर्यो अरे  माया खै त्यो, चिहान कहाँ

"गजल"

भावनाको  हुन्छ,जातिभातिको कुरा नगर 
छाडी जाने निस्ठुरी, त्यो साथिको कुरा नगर 

बिस्वास अनि त्यो बाचाजती सुकै गरे पनी
पापी रैछ संसार, विस्वाशघतिको कुरा नगर

स्वर्गको अनुभूति हुन्थ्यो , अंगालोमा पाऊँदा
भुइंकै धुलो संझेऊ,आकाशमाथिको कुरा नगर

तिम्रो शिरमा पुष्प-गुच्छाअर्पण गर्छु  भन्थेउ  
पूजा आजा होइन हजूर,तितेपातिको कुरा नगर