WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, June 28, 2013

245. भलै यसरि तिमीले मिति तोक्न नहुने थियो ।

भलै यसरि तिमीले मिति तोक्न नहुने थियो ।
संबिधान बनाउछु भनि खोक्न नहुने थियो । ।

बरु तिमीले तिम्रो शिर हलुङ्गो राख्न सक्थयौ ।
तिन करोड जनताका पिर बोक्न नहुने थियो । ।

के पायौ?आखिर निर्दोष जनता मारेर भन तिमीले ।
जनआन्दोलनको नाममा गोलि ठोक्न नहुने थियो । ।

झन् बोझ गरायौ आमाको मुहार अँध्यारो बनाइ ।
भगवान ठानी छिमेकीलाई ढोग्न नहुने थियो । ।

देश बनाउने आफैले हो किन अरुको मुख हेर्नु ।
छिमेकीकै शरणपरि मनको बह पोख्न नहुने थियो । ।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, June 25, 2013

244. क्रान्तिकारी अभियानले केहि गर्ने वाला छैन ।

क्रान्तिकारी अभियानले केहि गर्ने वाला छैन।
र ति कागजी विधानले केहि गर्ने वाला छैन।।

मानिसले नै मानिसको मर्म नबुझे पछि याँ।
मुर्तिको त्यो भगवानले केहि गर्ने वाला छैन।।

हिजो पनि आएको थियो भोलि पनि आउनेछ।
पक्का मिर्मिरे बिहानले केहि गर्ने वाला छैन।।

तिमि बाट धेरै अपेक्क्षा  गर्नु नै बेकार रैछ ।
एक दिने त्यो सम्मानले केहि गर्ने वाला छैन।।

जसको पहुँच छ उसैको हाइ-हाइ छ याहाँ।
गजलकारको पहिचानले केहि गर्ने वाला छैन।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, June 23, 2013

243.म अलिक लचिलो भाछु अरे अचेल

म अलिक लचिलो भाछु अरे अचेल
पहिले भन्दा गतिलो भाछु अरे अचेल

मरुभूमि कै संज्ञा पाएको थिएँ पहिले
उर्बरा भुमि मलिलो भाछु अरे अचेल

अँध्यारो थियो यो जीवन उनि बिना
अलिकति गहकिलो भाछु अरे अचेल

मान्छे न हुँ समयसंगै परिवर्तन भएँ
अमृत झैँ स्वादिलो भाछु अरे अचेल

रिस-दाह किन गर्नु दुइ दिने जीवनमा
भन्छन् खुब रसिलो भाछु अरे अचेल

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, June 19, 2013

तिमिले जे सुकै भन आपत्ति छैन।।

तिमिले जे सुकै भन आपत्ति छैन।।
दुखाउँदिन है यो मन आपत्ति छैन।।

चाहेको सबै कस्ले पो पाको छ र???
देउ अन्तै त्यो जोवन आपत्ति छैन।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, June 18, 2013

242. जताततै बाढीले गाउँघर बगाएको खबर आको छ

जताततै बाढीले गाउँघर बगाएको खबर आको छ
र सरकारले केहि राहत पठाएको खबर आको छ

यो गाउँ अनि सिंगो बस्ति बनाउछु भन्ने त्यो नेता
मात्र आफ्नो बिशाल घर बसाएको खबर आको छ

हजुर अब त नुन-तेल पनि किन्न नसक्ने भएछौं
साँच्चै यो महंगीले बजार तताएको खबर आको छ

यो त हामी सबैले बुझेकै र जानेकै कुरा नै त हो नि
टाउके नेताहरुले हामीलाइ नंचाएको खबर आको छ

यता नेताहरु भोजभतेरमै मोजमस्ती गरिरहेका छन्
उता कर्णालीमा भने रासन नपाएको खबर आको छ


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

241. निकै आत्मिय थियो सुरुवात हजुरको

निकै आत्मिय थियो सुरुवात हजुरको
अन्तत: देखाउनु भो औकात हजुरको

त्यो हाम्रो सहयात्रा अनि प्रितका कुराहरु
साँच्चै मिठो मिठो लाग्थ्यो बात हजुरको

जुन बेला नङ् मासु थियो हाम्रो सम्बन्ध
भन्नु हुन्थ्यो दिन हजुरको रात हजुरको

आखिर हामि दुइ किनारा हुनु थियो त
किन दिनु भो क्षणभरलाई हात हजुरको

मेरो हृदय त रंगमन्च भएछ हजुरलाई
बल्ल पो चाल पाएं विस्वासघात हजुरको

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, June 17, 2013

केहि भएर पनि .......नभए जस्तो

केहि भएर पनि .......नभए जस्तो
अनौठो छ'यो जीवन कस्तो कस्तो 

कसैको भने छोई नसक्नु छ हजुर
मेरो भने भाछ जीवन सस्तो सस्तो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" "Buddha was born in Nepal"

Sunday, June 16, 2013

240. हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ

हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ
नभाको नीतिनियम टोकिन्छ निमुखालाइ

हाकिमले हेप्छन् ,हेप्छन् कर्मचारी पनि
मिठो बोल्दा उल्टै ठोकिन्छ निमुखालाइ

कसम खाइ गल्ति गरेकै होइन भन्दा पनि
हुँदै नभाको आरोपमा पोखिन्छ निमुखालाइ

राम्रोलाइ राम्रो नराम्रोलाई नराम्रो भन्दा झनै
बोलि बन्द हुने गरि खोकिन्छ निमुखालाइ

दुधको दुध पानिको पानि छुट्याउँछु भन्दै
सुन जोख्ने तराजुमा जोखिन्छ निमुखालाइ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, June 12, 2013

239. उनैको यादमा यो मन दुखित भएको छ

उनैको यादमा यो मन दुखित भएको छ
अझ दिलको धड्कन भयभित भएको छ

घायल छु म तपाई मान्नुस् या नमान्नुस्
मेरो दिलमा ठुलै पत्थर बज्रित भएको छ

उनले अ भन्दा अलंकार बुझ्थें पहिले त म
आजभोलि स्मरण शक्ति स्थगित भएको छ

धेरै पछि निकै नै अचम्म देखें मैले त हजुर
धोकेवाज नै प्रेमपुजारी भन्दै पुरस्कृत भएको छ

बौलाह, पागल यस्तै उपनाम पाएको छु मैले
सुन्छु कैद गर्न पागलखाना स्थापित भएको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, June 9, 2013

238. यो सराबमा केहि खास छ अचेल

यो सराबमा केहि खास छ अचेल
त्यसैले त भट्टीकै बास छ अचेल

मनको पिडा बुझ्ने साथी हराए देखि
मेरो साथी खुल्ला आकाश छ अचेल

कमैयाहरु हटाउने खुब भाषर्ण गर्दैछ
तर उसकै घरमा भने दास छ अचेल

एक्लै हिड्नु नि गाह्रो छ मेरो देशमा
पाइलै पिच्छे डर अनि त्रास छ अचेल

हृदयको अमिट छाप नमेटिने रहेछ
र'त जीवन निरास-निरास छ अचेल

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"


Wednesday, June 5, 2013

237. विद्रोहको आगो निभाउँनु छ मैले

विद्रोहको आगो निभाउँनु छ मैले
अनि मेरो यो देश बनाउनु छ मैले

परिवर्तन गर्न गएकाको आशा छैन
तिनीहरुको कठालो समाउनु छ मैले

शान्तिको नाममा आतंक मच्चीएछ
तिनै आतंककारीलाइ धपाउनु छ मैले

नेपाल आमा रहे'पो म पनि रहनेछु यहाँ
त्यसैले आमाको लाज बचाउनु छ मैले

आमा रुँदैछिन् मायामाया नभन प्रिय
गाउँ गाउँ बस्ति सारा जगाउनु छ मैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, June 4, 2013

236. बेरोजगारीलाई नोकरी निस्किनु पर्छ अब

बेरोजगारीलाई नोकरी निस्किनु पर्छ अब
सिप अनुसार नानाथरि निस्किनु पर्छ अब
वर्षौं भयो पिंजडामा थुनेर राखेको त्यसरी
थुनिएका पिंजडाका चरी निस्किनु पर्छ अब
धेरैको देखियो दुइ दिनमै छुट्ने माया पनि
पवित्र चोखो अजम्बरी निस्किनु पर्छ अब
अप्सराको नाममा बेअप्सरा देखेँ कति कति
सच्चा स्वर्गको नै परि निस्किनु पर्छ अब
सबैलाई समान हेर्नु पर्छ नगरीकन भेदभाव
सु-बिचार सबैको हृदयभरि निस्किनु पर्छ अब
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"