WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, September 30, 2012

119.सानिको कल्कलाउँदो जवानीले लोभ्यायो

सानिको कल्कलाउँदो,जवानीले लोभ्यायो
अझै बेसी चंचले उन्को ,बानीले लोभ्यायो

नयन जुझ्दा मुसुक्क, मुस्कुराउदै हेर्छिन्
मिनाक्षि तिनै आखाँका,नानीले लोभ्यायो

देखेर उनकै मस्त जवानी, भूत्तुकै भएँ म त
बत्तीस गुर्नले पूर्ण मायाको,खानीले लोभ्यायो

माया दिनु र लिनु,उनको मायालु पन हो अरे
सहज रुपमै प्रेम भीक्षा दिने,दानिले लोभ्यायो

प्रेमको ताज महलमा,सजाउने बाचा छ मेरो
महल भित्र रोहितलाई तिनै,रानीले लोभ्यायो


रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
1st-Oct-12


कठोर तिन्का मनहरु, नरम बनाउँदैछु


कठोर तिन्का मनहरु, नरम बनाउँदैछु
पिडा घाउ निको पार्ने, मलम बनाउँदैछु

आशमात्र देखाए आउँछ,संबिधान भन्दै
जन्ताले नै संबिधान लेख्ने,कलम बनाउँदैछु

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
30th-Sep-12

Saturday, September 29, 2012

118.पल पल परिवर्तन छन् जिन्दगीका पाटाहरु

पल पल जीवन्त रहन्छन् जिन्दगीका पाटाहरु
निश्चल पवित्र चोखो छन् प्रेमका तिनै बाटाहरु

आदान अनि प्रदान धेरै हुन्थ्यें  प्रेम भावहरु
सम्हालेर राखेछु पुराना प्रेम पत्रका खाताहरु

समाज अझै साँक्षि छ सिंउदो कोरेको मेरै हातले
आलै छ यो काटेको बुडी औंला रगतका टाटाहरु

माया यस्तो चिज रैछ हजुर जति गर्यो उति गाढा
केवल हुने फाइदै - फाइदा नहुने रैछ घाटाहरु

इतिहासमा अमर छ , मुना मदनको प्रेम कथा
त्यसैले त जीवन्तछन् , अमर प्रेमका गाथाहरु

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
30th Sep-12


Friday, September 28, 2012

निर्दोष त्यी ज्यानहरु हरेर के पायौ दैव?

निर्दोष त्यी ज्यानहरु हरेर के पायौ दैव?
बिना कसुर उनलाइ लगेर के पायौ दैव?

भन के थियो दोष अकालमै लग्यो आखिर
अश्रुधारा छताछुल्ल, छरेर के पायौ दैव?

~!~यो दुखद क्षणमा सम्पूर्ण मृत आत्माको चिर-शान्तिको कामना~!~

28th-Sep-12

Wednesday, September 26, 2012

117.मेरै निम्ति एउटा, गजल बनाउ भन्छे काली

मेरै निम्ति एउटा, गजल बनाउ भन्छे काली
Tajmahal of Nepal.
पवित्रको प्रतिक फूल,कमल बनाउ भन्छे काली

स्वर्गकै आभाष होस्, हाम्रा दुइ मन मुटु बीच
निर्मल निर्झर झर्ना,कलकल बनाउ भन्छे काली

कु-रिति  कु-संस्कार, त्यागेर अघि बढ्नु पर्छ
भावीले संझिने प्रत्येक,पल बनाउ भन्छे काली

अमर होस् हाम्रो प्रेम,मुना मदनको जस्तै गरि
बिल्कुल नयाँ नियम, बदल बनाउ भन्छे काली

हाम्रो यो प्रेमको पनि,एउटा निशानी होस् अरे
प्रेमको प्रतिक ताज, महल बनाउ भन्छे काली

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान


116.जिन्दगी परिभाषित गर्ने, किताब बेग्लै

जिन्दगी परिभाषित गर्ने, किताब बेग्लै
खोज्दैछु उत्तरहरु तर पनि,जवाफ बेग्लै

विज्ञान अनि गणित,विषय फरक  फरक
साँच्चै नमिल्न्ने रैछ हजूर, हिसाव बेग्लै

धेरैको मुखारबाट सुनें,तितामिठा भावहरु
मानिससंगै ति भावनात्मक, सुझाव बेग्लै

पिउन मन लाग्छ,देख्दा हालत जीवनको
मात उस्तै'उस्तै  लाग्यो तर, सराब बेग्लै

पत्थररूपी जीवनलाइ,फूलसंग दाँज्नु व्यर्थ
फूलहरू प्रसस्त फूले यहाँ तर, गुलाव बेग्लै

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, September 25, 2012

ढुंगे बगरको तिरमा छु म

ढुंगे बगरको तिरमा छु म
दु:खी जीवन पिरमा छु म

भक्कानो फुट्छ अनयासे
बाँधिएर जन्जिरमा छु म

रोहित राना 
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

115.सक्नु हुन्छ आगो, समाएर हेर्नुस त


सक्नु हुन्छ आगो, समाएर हेर्नुस त
पिडा बोकेर मनभरी,रमाएर हेर्नुस त

खुब नै पो लाछाचुडी गर्नु भयो हजुरले  
सोहि उपहार उनैलाई,थमाएर हेर्नुस त

चखेवाको जोडी पनि छोडपत्र पार्नु भो  
ल'त आफ्नै घरजम, जमाएर हेर्नुस त

इतज्जत भन्दा पैसा,ठुलो भो हजुरलाई  
त्यही पैसाले इतज्जत,कमाएर हेर्नुस त

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
25th-Sep-12

Sunday, September 23, 2012

114.सोंच्दै नसोंचेका निस्कर्ष,निस्कदैछन्

सोंच्दै नसोंचेका निस्कर्ष, निस्कदैछन्
दिन हप्ता महिना हुँदै वर्ष, निस्कदैछन्

बिहान आउँछ मात्र , खुशी लिएर जान्छ
केवल मौनताको यहाँ स्पर्स,निस्कदैछन्

केहि आशहरु मर्छन् त, केहि पलाउछ्न्
त्यसैले मनभरि पून: हर्ष, निस्कदैछन्

मानव मानव बिचका,सोंच अनेक अनेक
त्यसैले भिन्न कार्य परामर्श,निस्कदैछन्

भिडमा खोजि रहेँ,असल मानव मैले पनि
सोंचे झैं हेर एकहुल आदर्श, निस्कदैछन्

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
24th-Sep-12


यो समय साँच्चै हेर न..

यो समय साँच्चै हेर न, कस्तो महान छ !!
न उस्को वसमा न मेरो,एकदम समान छ !!

घडीको सुइसंगै घुमेर जान्छ,आउदैन फर्केर!!
न छेक्न मिल्ने न रोक्न'नै,निकै मुल्यवान छ!!

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


Friday, September 21, 2012

माग्दैमा आकाशको जुन दिन सक्दिन

माग्दैमा आकाशको जुन दिन सक्दिन म
आफै लाटोछु संगीतको धुन दिन सक्दिन म

गरिबीले च्यापेरै त विदेशिएको हुँ म पनि
यस्तो महंगीमा तिम्लाई सुन दिन सक्दिन म

रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Wednesday, September 19, 2012

113.सबैको दु:ख पिडा बुझ्ने, भगवान

सबैको दु:ख पिडा  बुझ्ने, भगवान खोज्दैछु
यो समाज  परिवर्तन गर्ने, विद्वान खोज्दैछु

किन हुन्छ भेदभाव, मान्छे  मान्छे बीचमा
सबैलाई समान रुपले हेर्ने,संविधान खोज्दैछु

रगत सबैको रातो  हुन्छ, किन बुझ्दैनन् खै
तँ'तँ'म'म बीच किन हुन्छ, समान  खोज्दैछु

प्रेम सदभाव सहयोग, बिर्सनु हुन्न कहिल्यै
सबैमा यस्तै चेतना पुर्याउने,वरदान खोज्दैछु

धेरै पिर्सोलियौं हामि,अन्धकारको भुमरीमा
विश्वभरि नै शु-शान्ति छर्ने,बिहान खोज्दैछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
20th-Sep-12

म मायाको भोकमा छु

म मायाको भोकमा छु
भेट्न उनैको चोकमा छु

सबैले बिरामी भन्दैछन
निको नहुने प्रेम रोगमा छु


रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
 


Tuesday, September 18, 2012

112.तिमीले नै दिएको अटुट, प्यार रुचाएँ!!

तिमीले नै  दिएको अटुट, प्यार रुचाएँ!!
प्यारसंगै पठाएको त्यो,उपहार रुचाएँ!!

खुशिछु माया लाउँदा,अनि तिम्रो पाउँदा!!
जीवन्त साथ दिन्छु भन्ने,बिचार रुचाएँ!!

आँखा ति रसिएका, जीउडाल कसिएका!!
गुन्जिरहने  मायाका ति, झंकार रुचाएँ!!

अन्त माया लाँइदैन,तिमि बाहेक चाहिदैन!!
यही भन्दै  मलाई गरेको,खवरदार रुचाएँ!!

लाजका गहना साँच्ने रे, मेरै भै बाँच्ने रे!!
तिम्रो त्यही पवित्र  मायाको,संसार  रुचाएँ!!

रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
18th-Sep-12

Sunday, September 16, 2012

मेरै निम्ति सानु, वर्त बस्दै छिन् रे

मेरै  निम्ति सानु, वर्त बस्दै छिन् रे
शिवको मन्दिर, पनि पस्दै छिन् रे

जुनिभरी मलाई,आफ्नो बनाउनलाइ
जोडतोडले बिशाल, सुर कस्दै छिन् रे

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
17th-Sep-12

Friday, September 14, 2012

भोकाको छु म,रोटि देउन प्यारी

भोकाको छु म,रोटि देउन प्यारी
लाज धाक्छु म,धोति देउन प्यारी

सातौं जुनी चांहिदैन माया मलाई
माया मात्र एक,चोटी देउन प्यारी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


भत्किएका सपनाको घर छैन हजुर

भत्किएका सपनाको घर छैन हजुर
बिस्वासघातिको यहाँ भर छैन हजुर

कुनै पल छैन सम्झन लायक त्यस्तो
निष्ठुरीलाई भेटुँ लाग्ने रहर छैन हजुर
केहि क्षणको मिलन नभएकै बेस थियो
याद आउने त्यस्तो ,सफर छैन हजुर

निष्ठुरीको छलमा,अब पर्नु छैन मलाइ
आफ्नो बाटो हिन्दैछु , डर छैन हजुर

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Wednesday, September 12, 2012

जीवन साँच्चै यस्तो होला..

जीवन साँच्चै यस्तो होला, सोँचेकै थिएन!!
रैछ केवल दुइ दिने चोला, सोँचेकै थिएन!!

न फर्कन्छ समय, न त्यो बाला पन नै अब!!
अझ नफर्किदो रहेछ खोला, सोँचेकै थिएन!!

निकै भावुक भएँ म, सुनेर उनको पिर व्यथा!!
त्यो मनले यो मनलाइ छोला,सोँचेकै थिएन!!

जीवनको त मुल्य यहाँ, छैन भन्छन् हजुर!!
छोई नसक्नु भयो सुन तोला,सोँचेकै थिएन!!

मलाई दु:ख पर्दा रुने,मान्छे पनि रहेछन् है !!
मेरो खातिर पनि कोहि रोला, सोँचेकै थिएन!!


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
13th-Sep-12

मेरो दिलको,रानी बन्छिन् अरे

मेरो दिलको,रानी बन्छिन् अरे
तिर्खा मेट्ने,पानि बन्छिन् अरे

हजुरकै समिप,हुन पाउँ भन्छिन्
दुइ आँखाको, नानि बन्छिन् अरे

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
12th-Sep-2012

Tuesday, September 11, 2012

हिजो आज म एकोहोरो, प्यारमा छु

हिजो आज  म एकोहोरो, प्यारमा छु
उनलाई भनुं  कि नभनुं, दोधारमा छु

कुरा खोल्नु पर्ने,आइ लव यु बोल्नु पर्ने
वार गरूँ  कि  पार गरूँ म, किनारमा छु

आतुर'छु प्रस्ताव गर्न,मायाजालमा पर्न
प्रेमपत्र लेख्दै मेट्छु यस्तै,केरकारमा छु

जे पर्र्ला आज त,भेटेरै भन्छु मन्को कुरा
उन्को पनि मन्को कुरा सुन्ने,बिचारमा छु

स्वीकारे नि ठिकै छ, नकारेनी ठिकै छ
आज पक्कै भन्छु  त्यसैले, हतारमा छु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
12th Sep-2012

जुवाका खेल जत्ती मन पर्छ

जुवाका खेल जत्ती मन पर्छ
तासको  झनै  पत्ती मन पर्छ

सधै जाउँ जाउँ लागि रहने
कान्छीको भट्टी मन पर्छ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Monday, September 10, 2012

यसपाली पनि तीजमा ,डाक्न पाईन दिदि!!

यसपाली पनि तीजमा ,डाक्न पाईन दिदि!!
हजुरले ल्याएको पाहुर,चाख्न पाईन दिदि !!

कर्मै यस्तो विदेशिनु, रैछ लेखेको मलाइ !!
हजुरबाट आशिर्वाद नि,थाप्न पाईन दिदि !!

सम्झनाछ धेरै पहिले,संगै नाचेको तीजमा !!
हजुरको हातमा दक्षिणा नि,राख्न पाईन दिदि !!

विदेशी रणभुमि यो,नहुने भो सोचेको कहिले!!
छुट्टी समेत आउंछु भनि,ताक्न पाईन दिदि!!

सम्पूर्ण नेपाली चेलीहरुमा अग्रिम तिजको हार्दिक मंगलमय शुभकामना ..जहाँ रहनुहोस सुखी  रहनुस अनि खुशी रहनुहोस!!


रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Friday, September 7, 2012

पराइको हुनुमा ...के फरक

पराइको हुनुमा .....के फरक पायौ!!
त्यो पाउ छुनुमा ...के फरक पायौ!!

वेवारिसे जीवन ...ज्यूँदैछु मैले त!!
मलाई संझी रुनुमा के फरक पायौ!!



रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


आज त कलमनै, भाँचेरै,

आज त कलम'नै, भाँचेरै गजल लेखें!!
केहि भाव मनका, साँचेरै गजल लेखें!!

गीत गाउँदै रमाउदै,थिए सबै मित्रहरु!!
म भने उफ्री उफ्री, नाँचेरै गजल लेखें!!

नराख्नु रे पोको पारि, हृदयमा पिडाहरु!!
मायाका पुष्पगुच्छा,गाँसेरै गजल लेखें!!

प्रेम प्रस्ताब राखें मैले,रुँन'पो लाइन बा!!
म'त झनै मुसु-मुसु, हाँसेरै गजल लेखें!!

उनि प्रेमको नर्स अरे, म पनि डक्टर हुँ'नि!!
कति माया गर्छिन् भनि,जाँचेरै गजल लेखें!!



रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
7th-Sep-12



Thursday, September 6, 2012

कहिले निशाना चुकेर रोएँ

कहिले निशाना चुकेर रोएँ
आफ्नै भाग्यलाई थुकेर रोएँ

उनैले विश्वासघात गरे पछि
भित्र -भित्र मुटु दुखेर रोएँ                                                                        

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Wednesday, September 5, 2012

हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु

हजुर म'त मेरो आफ्नै,काममा रमाउँछु
बाले राख्नु भएको ठुले, नाममा रमाउँछु

सखार जान्छु मेला भर्न,खेतालाहरु संगै
फर्किएर आउँदा झनै, साममा रमाउँछु

गरेपछी मेहनेत,सुन फल्दो रहेछ धर्तीमा
सन्तुस्त छु'म सधैँ खाने,माममा रमाउँछु

किन जानु विदेश,सुन फले पछी स्वदेशमै
आफ्नै  प्यारो मातृभूमि, ठाममा  रमाउँछु

चाड-पर्व रितिरिवाज, बेग्लै हाम्रो संस्कृति
भजनकृतन गुन्जिने ऋषि,धाममा रमाउँछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, September 4, 2012

वसन्तको, बहार पाएंन

वसन्तको, बहार पाएंन
भने जस्तो, प्यार पाएंन

भिन्नै बनाउँछु,भन्दा जीवन
सोंचेको झैं, आकार पाएंन

रोहित राना
4th-Sep-12

Monday, September 3, 2012

उनकै निम्ति अश्रु'धारा,

उनकै निम्ति अश्रु'धारा, झार्नु पर्यो मैले
बालुवामै गुलाबको फूल, सार्नु पर्यो मैले

जिद्धि गरे पछी के गर्नु, मौन भै माने सबै
बाबु-आमाको  कुरा पनि , टार्नु पर्यो मैले

जिन्दगी आफ्नै तवरले,ज्युनु नपाए पछी
धिक्कार्दै आफू आफ्नैबाट,नकार्नु पर्यो मैले

विवशछु जीवन ज्युनु, गालि गलौज सहेर
उनकै खातिर सबलाई माया,मार्नु पर्यो मैले

हार जित हुन्छ  खेलमा, स्व्भाविक नै  हो
तर  खेल  जितेर पनि , हार्नु  पर्यो  मैले


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
3rd-Sep-12

Sunday, September 2, 2012

पछी परें आइ लव *यु, भन्न नसकेर!!

पछी  परें आइ लव *यु, भन्न नसकेर!!
दुखित; छु उनको प्रेमी, बन्न नसकेर!!

समयमा भन्नु पर्ने रैछ,पछुतोमा छु म!!
बिर्सी उनलाई वर्तमानमा, रम्न नसकेर!!

प्रेम फुलाउनु राम्रो अरे, उमेर छँदै हजुर!!
गाह्रो भयो  सिंचाई गरि, खन्न नसकेर!!

मरीहत्त्य गर्नेहरु,धेरै थिए"रोहित"लाई नि!!
एक्लो छु म एउटी राम्री, निफन्न नसकेर!!

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
2nd-Sep-12





Saturday, September 1, 2012

परेलीमै वास मलाई

परेलीमै वास मलाई,बस्न देउ'न प्रिय
ढोका खोलि हृदयमा,पस्न देउ'न प्रिय

चोखो माया मै दिउँला,तिम्रो पनि लिउँला
अंगालोमा बेस्कनी,कस्न देउ'न प्रिय


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान