WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, January 5, 2014

294. गर्न पनि सकिएन केहि खास जिन्दगीमा

गर्न पनि सकिएन केहि खास जिन्दगीमा
तर पनि अझैं मरेको छैन आस जिन्दगीमा

त्यो ढुंगाको जति नि अस्तित्व रहेन मेरो त
कसैको पनि पाइएन विश्वास जिन्दगीमा

म अँध्यारोमै जीवन जिउन सिकिसकेकोछु
भो अब चहिएन उज्यालो प्रकास जिन्दगीमा

म उजाडउजाड छु व्याख्या गरिरहन पर्दैन भो
हो आएको थियो ठुलै हुरी बतास जिन्गदिमा

हुने त केहि होइन आखिर ढोगेर देवताहरुलाई
भो देखाउंदैन रित्तिएको क्यानभास जिन्दगीमा

रोहित राना
बुटवल-१३ रुपन्देही
"Buddha was Born in Nepal"