WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, August 28, 2013

267. हृदय नै दुखाउने, के यो माया हो त ??

हृदय नै दुखाउने, के यो माया हो त?
र बेचैन बनाउने, के यो माया हो त?

एकपल नदेख्दा नि,छट्पटीन्छ मन
सम्झनाले सताउने, के यो माया हो त?

मनै भरि मृगतृष्णा, घुमिरन्छ संधैं
र सपनीमा आउने, के यो माया हो त?

मनले मन खाएसी, कस्को के लाग्छ र
झनै दिल जलाउने, के यो माया हो त?

मिलन बिछोड किन, हुन्छ याँ हजुर
धर्धरी नै रुवाउने, के यो माया हो त?

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, August 26, 2013

266. कसम यस्तो राजनीति पटक्कै मन पर्दैन

कसम यस्तो राजनीति पटक्कै मन पर्दैन
हृदय गाल्ने मायाप्रिती पटक्कै मन पर्दैन

कोमल नयनमा नै राख्नेछु प्रिया तिमीलाई
अरुका हेर्ने गीद्धेदृष्टि पटक्कै मन पर्दैन

पहिलेदेखि चलेको चलन भनेर के गर्नु
कु-संस्कार अनि कुरीति पटक्कै मन पर्दैन

सोँच्दै नसोंचेका आपतहरु निम्त्याउँछ यस्ले
यो बिनाशकारी प्रकृति पटक्कै मन पर्दैन

संबिधान बनाउछु भनेको त वर्षौं भैसक्यो
मात्र सारी रहन्छन् मिति पटक्कै मन पर्दैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, August 25, 2013

265. हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ

हिंड्दै गर्दा दोबाटोमै रोकिन्छ निमुखालाइ
नभाको नितिनियम तोकिन्छ निमुखालाइ

हाकिमले हेप्छन् ,हेप्छन् कर्मचारी पनि
मिठो बोल्दा उल्टै ठोकिन्छ निमुखालाइ

कसम खाइ गल्ति गरेकै होइन भन्दा पनि
हुँदै नभाको आरोपमा पोखिन्छ निमुखालाइ

राम्रोलाइ राम्रो नराम्रोलाई नराम्रो भन्दा झनै
बोलि बन्द हुने गरि खोकिन्छ निमुखालाइ

दुधको दुध पानिको पानि छुट्याउँछु भन्दै
सुन जोख्ने तराजुमा जोखिन्छ निमुखालाइ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, August 24, 2013

264. म सोँचिरहेछु यो हैरानी कहिले सम्म

म सोँचिरहेछु यो हैरानी कहिले सम्म
आफन्तले नै गर्ने बैमानी कहिले सम्म

पराइको दुख आफ्नो ठान्ने कमै हुन्छन्
यसरी बनि रहन्छौ दानी कहिले सम्म

यो तिथिमिति खै किन सारी रहन्छन् भन्या
संबिधान बिनाको राजधानी कहिले सम्म

निशाना लगाए पछि वारपार हुनुपर्छ मित्र
केवल ताकिरहन्छौ निशानी कहिले सम्म

बेलैमा छान्नु मन मिल्ने जीवनको साथी
थाँती राख्छौ त्यो लर्के जवानी कहिले सम्म


22 August-13
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal" 

Monday, August 19, 2013

263. निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु

निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु
खोले ,सिस्नु र आँटोमा म जीवन देखिरहेछु

बिर्सी सक्यो यो सरकारले त्यो द्वन्दको घाउ
पुरानो घाउको खाटोमा म जीवन देखिरहेछु

भो अब तिमीलाई आफ्नो बनाउन सक्दिन
सिउँदोको त्यो रातोमा म जीवन देखिरहेछु

मात्र एक पाटोले जीवन कसरि चल्छ हजुर
सिक्काको दुइ पाटोमा म जीवन देखिरहेछु

एउटा आगो हुँदा अर्को पानी हुन जरुरी छ है
चिसो अनि त्यो तातोमा म जीवन देखिरहेछु

म पनि हिंडीरहेछु तिमि पनि त हिंडीरहेछौ
हामी हिंड्ने ति बाटोमा म जीवन देखिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"


Sunday, August 18, 2013

262. मेरो प्रश्न छ ?अँध्यारोसंग उज्यालोसंग

मेरो प्रश्न छ ?अँध्यारोसंग उज्यालोसंग
बाघ भन्दै गज्रिने त्यो ढाडे बिरालोसंग

मै हुँ भन्नेहरुलाइ यो चुनौती भो मेरो 
के तिमिहरु डराउदैनौ र? भुइचालोसंग

रातदिन पसिना बगाए नि खान पुग्दैन 
खै के दु:ख बिसाउँ हजुर यो कोदालोसंग

स्वास्थ्य नै 'धन' हो यो बुझ्नु जरुरि छ
डराउनु पर्छ ज्वरोसंग अनि पखालोसंग

नेपाली हुँ मलाई मेरै माटो प्यारो लाग्छ
र त परिचित छु ओरालोसंग उकालोसंग

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" 
"Buddha was born in Nepal"

261. ति नजरको तीरले घायल भाको छु

ति नजरको तीरले घायल भाको छु
झनै तिम्रो प्यारले पागल भाको छु

मौसमसँगै परिवर्तन भई रहंदा मन
पानी पानी बर्षाउने बादल भाको छु

सामिप्यता निकै बढेको छ उनिसँगै 
उनैले ओढी हिड्ने आँचल भाको छु

अरु विषयको परिक्षामा फेल भए नि
प्रेमको परिक्षामा त सफल भाको छु

जिन्दगि झरनासरि बगिरहेको छ
र त यहाँ म निर्झर निर्मल भाको छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" 
"Buddha was born in Nepal"

Thursday, August 15, 2013

260. कोहि आए बुद्धु भएर कोहि आए ज्ञानी भएर

कोहि आए बुद्धु भएर कोहि आए ज्ञानी भएर
कोहि निकै कन्जुस त कोहि निकै दानी भएर

किन? हुनु बिना अर्थ अरुका आँखामा कसिंगर
बरु म त बस्छु आनन्दले आँखाको नानी भएर

ओ! प्रिय आगो मात्र भएर कसरि चल्छ जीवन?
चलाउनु पर्छ जीवन कैले आगो कैले पानी भएर

उपहारमा मुटु दिने भएकोछु लिन्छौ कि नाइँ?
आखिर यो जीवन जाने रहेछ नि खरानी भएर

कसम यो पिइ रहने लत छोड्न नै सकेंन मैले
'रोहित' निकै बिग्रियो भन्छन् पिउने बानी भएर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, August 14, 2013

259. उजाड भाका तिनै पाखाहरु र पखेरा देखाएर।

उजाड भाका तिनै पाखाहरु र पखेरा देखाएर।
सिमाना तोकिदिन्छ सरकार पनि घेरा देखाएर।।

अचानक एक पुरानो मित्र शहरमा भेट भयो।
आउदै गर्नुहोला ल भन्दैथ्ये बस्ने डेरा देखाएर।।

हजुर आफ्नो जिन्दगीको यात्रा आफैले हिंड्ने हो।
हुँदैन केहि अरुलाई आफ्ना यी अफ्ठेरा देखाएर।।

दुर्घटनामा आफन्तहरु खोज्दै पो रहेछन् उनले
बा'बा भन्दै रुँदै थिए बाबाको चेहेरा देखाएर।।

म पनि ज्योतिषलाइ चिना देखाउँ भनि सोंच्दैछु।
जीवन परिवर्तन भैहाल्छ कि एक फेरा देखाएर।।

13th Aug-13
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, August 8, 2013

258. कोमल यो छातीलाई अचानो बनाएर

    कोमल यो छातीलाई अचानो बनाएर
    के पायौ खै आफ्नैलाइ बिरानो बनाएर

    मेरो विचार कदापी परिवर्तन हुने छैन
    तिमि ठुलो नहोउ मलाई सानो बनाएर

    मेरो देशमा निर्दोष सोझालाइ दबाइन्छ
    सरकारले नि कोर्रा हान्छ उत्तानो बनाएर

    शहरमा मेरा गजलहरु बिक्रि हुन्छन् अचेल
    कमाएर पठाएको छु आमा मानो बनाएर

    'लेख बाबु गजल' आमा सधै भन्नु हुन्छ
    तिनै रुझेका आँखाहरु ओबानो बनाएर

    रोहित राना
    बुटवल-१३रुपन्देही
    हाल- काबुल,अफगानिस्थान
    "बुद्ध नेपालमा जन्मेका हुन्"
    "Buddha was born in Nepal" 

Wednesday, August 7, 2013

257. म एकदिन मेरो क'था जरुर सुनाउनेछु

म एकदिन मेरो क'था जरुर सुनाउनेछु
र यो मनभरिको पि'डा जरुर सुनाउनेछु

जीवन लर्खराइ रहेछ, थकित छु स्वयं
भाको काखा या पा'खा जरुर सुनाउनेछु

म त हजुर शुन्य छु, नितान्त शुन्य छु
जिन्दगि भाकोछ आ'धा जरुर सुनाउनेछु

पापीनीकै मायाले, जोगी बनायो मलाई
संगै जिउने थियो बा'चा जरुर सुनाउनेछु

हार खाछ 'रोहितले' आफ्नै जीवन देखेर
अझै पुर्याउनेहो कहाँक'हाँ जरुर सुनाउनेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Tuesday, August 6, 2013

@नयाँ पाहुनाको लागि ३ शेर

नयाँ पाहुनाको आगमनसंगै मन रमाएको छ
हृदयमा अनौठो खालको हलचल आएको छ

निश्चल,निर्मल अनि त्यो निर्दोष चेहेरा देखेर
कसम मेरो तनमन त्यसै त्यसै अघाएको छ

मेरो मुटुको टुक्रा हिरा अनि मोति हौ तिमि
खुसीको सिमा छैन वसन्तको बहार छाएको छ 

Birthdate 2013-Aug-5(Monday NST 05:45)
रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, August 4, 2013

256. दिनहुँ नै सम्झेर आँखाहरु रसाईरहेछन्

दिनहुँ नै सम्झेर आँखाहरु रसाईरहेछन्
कोहिकोहि किन यसरि याद पठाईरहेछन्

बिछोडको घाउले हजुर यो दिल गलेकोछ
गलेकै यहि दिल झन् किन जलाईरहेछन्

कलियुगको मुना'मदन कहलिएकाहरु नै
मिलनको प्रतिक्षामा जीवन कटाईरहेछन्

उ फर्केर आउँदैन यो कुरा त निश्चय नै छ
तैपनि यिनै कोमल नयहरु पर्खाइरहेछन्

प्रेम वियोगले नै 'गज़लकार' भएको हुँ म
साँचो बोल्दा पनि झन् हावामा उडाईरहेछन्

~!~Wish you Happy Friendship day..to all my dear friends~!~
Aug-5th-2013
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"