WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, August 19, 2013

263. निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु

निर्जीव ढुङ्गा माटोमा म जीवन देखिरहेछु
खोले ,सिस्नु र आँटोमा म जीवन देखिरहेछु

बिर्सी सक्यो यो सरकारले त्यो द्वन्दको घाउ
पुरानो घाउको खाटोमा म जीवन देखिरहेछु

भो अब तिमीलाई आफ्नो बनाउन सक्दिन
सिउँदोको त्यो रातोमा म जीवन देखिरहेछु

मात्र एक पाटोले जीवन कसरि चल्छ हजुर
सिक्काको दुइ पाटोमा म जीवन देखिरहेछु

एउटा आगो हुँदा अर्को पानी हुन जरुरी छ है
चिसो अनि त्यो तातोमा म जीवन देखिरहेछु

म पनि हिंडीरहेछु तिमि पनि त हिंडीरहेछौ
हामी हिंड्ने ति बाटोमा म जीवन देखिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"