WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, January 31, 2013

एउटा भाको त्यो घडेरी बेच्ने सोंचमा छु

एउटा भाको त्यो घडेरी बेच्ने सोंचमा छु
बरु पानि खान्न पधेंरी बेच्ने सोंचमा छु

हरेक मोडहरु ज्योतिमय बनाउनु पर्ने छ
त्यसैले जीवनको अँधेरी बेच्ने सोंचमा छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 30, 2013

166. तिम्रा हरेक प्रश्नहरुको जवाफ छ मसंग

तिम्रा हरेक प्रश्नहरुको जवाफ छ मसंग
केवल तिम्रो मायाको लगाव छ मसंग

वियोगमा पिएर ढलें तिम्ले पो देखिनौ
हरदिन हररात साथमा सराब छ मसंग

तिमि मात्र मेरी हौ अन्त मन नडुलाउनु
भेटिकन भन्नु तिम्लाई सुझाव छ मसंग

एकोहोरो मायामा पागल झैं भाएको छु
हृदय भित्र अमर प्रेमको प्रभाव छ मसंग

प्रणय दिवस नजिकिदैछ सम्झिराछु म
धेरै अघि देखि साँचेको गुलाब छ मसंग

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, January 28, 2013

165. अमर वीर शहिद गंगलालको छोरो हुँ म

वीर शहिदहरु प्रति समर्प्रित***

अमर वीर शहिद गंगलालको छोरो हुँ म
जननी जन्मभूमि नेपालको छोरो हुँ म

परि आएमा मेरो शिर चढाउन तयार छु
तराइ पहाड अनि हिमालको छोरो हुँ म

देश नेताहरुको पेवा होइन चेतना भया
खुँडा खुकुरी अनि तरवालको छोरो हुँ म

शाहिदकै रगतले मेची काली उर्लिराछन्
सारस मैना मयुर मुनालको छोरो हुँ म

तिम्रा ति कुकर्म हेरी शहिदहरु श्रापिराछन्
बुझ तिलिचो रारा फेवातालको छोरो हुँ म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, January 27, 2013

164. ठुला भनाउदा मान्छेहरु भेट्नु पर्ने छ आज

ठुला भनाउदा मान्छेहरु भेट्नु पर्ने छ आज
मनमा लागेका कुराहरु मेट्नु पर्ने छ आज

भोलिभोलि भन्दै तार्नु तारे अझै सम्म पनि
कागजी बाघका दस्ताबेज चेट्नु पर्ने छ आज  

अति गरे हुँदा हुँदै अत्याचारले सिमा नाघ्यौ
यिनीहरु सबलाइ तुरुन्त्त लखेट्नु पर्ने छ आज

बातको भुत नमाने लात दिन मैले जान्याछु
अतेरनै गरे तिन्का घांटी रेट्नु पर्ने छ आज

हे युवा जाग्नु पर्छ देश बिकासमा लाग्नु पर्छ
यी देश बेच्ने नेताहरुलाइ फेक्नु पर्ने छ आज

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

तिम्लाई पाए आकाश छुन्छु भन्छिन् उनि

तिम्लाई पाए आकाश छुन्छु भन्छिन् उनि
जुनी-जुनी सम्म पनि चुन्छ भन्छिन् उनि

झुठो त होइन नि भनि सोध्छु जिस्किएर
अजम्बरी माया-प्रित बुन्छ भन्छिन् उनि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 25, 2013

163. सुनाउछु मेरो आफ्नै कहानीको कुरा


सुनाउछु मेरो आफ्नै कहानीको कुरा
उन्कै यादमा भिजेका सिरानीको कुरा

कोल्टे फेर्दै बित्छन् हरेक मेरा रातहरु
उनलाइ भनी साँचेका जवानीको कुरा

पर्खि बसेछु छिट्टै भेट्ने बाचा छ हाम्रो
त्यही बाचाकसम प्रेम निशानिको कुरा

उनि रानी म उन्को राजा बनेर सबलाई
देखाउनुछ हाम्रो प्रेम राजधानीको कुरा

तिम्रै हुँ म भन्छिन् अंगालोमा बाधिंएर
जति गरे नि कम हुन्छ सान्नानीको कुरा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 24, 2013

दन्किएको आगोसंग खेल्ने बानि छ मेरो त

दन्किएको आगोसंग खेल्ने बानि छ मेरो त
भएको सत्य तथ्य ओकेल्ने बानि छ मेरो त

अग्रजहरुको साथ पाएकैछु आज सम्म मैले
आएका परिस्थितिसंग झेल्ने बानि छ मेरो त

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 23, 2013

162. के पायौ सुनौलो बिहान बेचेर

के पायौ सुनौलो बिहान बेचेर
निमुखाको न्यानो सिरान बेचेर

जिउँदो हुँदा नि गरिखान दिएनौ
के पायौ अस्तु अनि चिहान बेचेर

नेपालीको आफ्नै अधिकार छ'नि
के पायौ नेपालको संबिधान बेचेर

छिमेकीले हेप्दा पनि हेरेर बस्यौ
कति पायौ त हाम्रो निदान बेचेर

लाज लाग्छ तिम्लाई आफ्नो भन्नु
कति पायौ नेपाली पहिचान बेचेर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

नेपालको त्यो ठण्डी याद आको छ

नेपालको त्यो ठण्डी याद आको छ
हुस्की अनि बरंदी याद आको छ

यसपाला जाडो निकै बढेछ यता नि
उनले देको गलबन्दी याद आको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

161. सर्व साधारणकै गला रेटिन्छन् हाम्रै देशमा

सर्व साधारणकै गला रेटिन्छन् हाम्रै देशमा
भर्ष्टचारी डाँकै डाँका भेटिन्छन्  हाम्रै देशमा

कठै त्यो शालिकले के गर्यो होला त्यसलाई
ढाल्दै शहिदका निशान मेटिन्छन् हाम्रै देशमा

कार्यकर्ता र नेता त हुने खाने नै भए नि हजुर
जनताहरुनै हेप्नु सम्म हेपिन्छ्न् हाम्रै देशमा

बल्त्कारिहरु आज पनि खुलेआम हिन्दैछ्न्
धाकछोप गर्दै तिनैलाइ छेकिन्छ्न् हाम्रै देशमा

अचम्म १७औं पटक सम्म पनि प्र.म.छानिदैन
साँच्ची कहिँ नभा जात्रा देखिन्छन् हाम्रै देशमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

मेरा सृजनाले मन छोयो रे म के गरूँ

मेरा सृजनाले मन छोयो रे म के गरूँ
झनै उसको हृदय रोयो रे म के गरूँ

मेरो व्यथा मिलेछ उता त्यो संयोग हो
आँशुले नै जिन्दगि धोयो रे म के गरूँ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, January 21, 2013

160. देख्छु म त जताततै मौसम गजलको

देख्छु म त जताततै मौसम गजलको
चौतर्फी खुसियाली रमझम गजलको

प्रेम साट्दै कलियुगका मुना मदनहरु
गुन्जाउँदैछन् मिठा सरगम गजलको

सामिप्यता पनि उस्तै देख्छु हर प्रहरमा
लगाव सबैमा उस्तै'छ अनुपम गज़लको

मित्रहरु पढुंपढुं लाग्ने गज़ल कोर्नु हुन्छ
मेरो पनि बढीराछ लेख्ने कदम गज़लको

अनायासे यो दिल भित्र दुख्ने गर्दा चोटहरु
"रोहित" पनि लगाउछ मलम गज़लको

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, January 20, 2013

159. लौ'न हजुर मेरो त बिजोगमा छ जीवन

लौ'न हजुर मेरो त बिजोगमा छ जीवन
कहिल्यै निको नहुने रोगमा छ जीवन

साथीहरुले त मलाई पागलकै संज्ञा दिए
उनै प्राप्ति गर्ने ध्यान'र योगमा छ जीवन

मरी हत्त्य गर्दा नि सुन्दैनन् उनले खै किन
प्यासी प्यासी दिल यो भोकमा छ जीवन

भौंतारिदै हिंड्छु म गल्लि गल्लि चहारेर
उन्कै कसम बेवारीसे चोकमा छ जीवन

पिडा अनन्त सहिकन बाहिरी हाँसो हाँस्दैछु
कस्लाई थाहा 'रोहितको' शोकमा छ जीवन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, January 19, 2013

तिमीलाई मेरो आफ्नै भन्ने मन थियो

तिमीलाई मेरो आफ्नै भन्ने मन थियो
म पनि त तिम्रै मान्छे बन्ने मन थियो

अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि
तिमीलाई आफ्नै भनि गन्ने मन थियो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 18, 2013

158. मेरा ति यारहरु आपतमा रहेछन्

मेरा ति यारहरु आपतमा रहेछन्
तिन्का प्यारहरु आपतमा रहेछन्

जात धर्म के मिलेन भन्दैछन् हजुर
उन्का विचारहरु आपतमा रहेछन्

न समाजले बुझ्यो न त कानुनले नै
खुकुरीका धारहरु आपतमा रहेछन्

बाचा भेट्ने थियो रे आएनन् रे उनि
र'त इन्तजारहरु आपतमा रहेछन्

न मुना हुन सके न मदन नै हुन सके
प्रेमका दिल्दारहरु आपतमा रहेछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 17, 2013

157. मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्

मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्
मेरा परिवार बाल'बच्चा जहान रुँदैछन्

कसम मेरो देशको दशा देखेर हेर्नुहोस त
शहिदहरुका रगत अनि पहिचान रुँदैछन्

बनायो हतियार जाइ लाग्यो उसै माथि नै
चमत्कारी वैज्ञानिक र उन्का ज्ञान रुँदैछन्

अशिक्षित भए पनि जहाज उडायो है उसैले
अचम्म भो मै-हुम भनाउदा विद्वान रुँदैछन्

गरि खान दिएनन् देशमा विदेशिएँ म पनि
सम्झि मेरो देश मसंगै मेरा शिरान रुँदैछन्

इच्छा हो जन्मिनु नेपाल आमाको कोखबाटै
गर्वमै तुहिएँ भन्दै धारा र संबिधान रुँदैछन्


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 16, 2013

156. अब जुन-घामका प्रकाश बोल्नेछन्

अब जुन-घामका प्रकाशहरु बोल्नेछन्
मारिएका शहिदका लाशहरु बोल्नेछन्

ज्युदै गाड्यो हैन लाज पचेका कुकुरहरु
अस्तुसंगै खरानीका रासहरु बोल्नेछन्

अति गर्यो हुँदा हुँदै अत्याचार पनि गर्यो
तिम्रो बिरोधमा अब प्रबासहरु बोल्नेछन्

आफै नोकर राख्दै दास प्रथा हटाउ भन्छन्
पख तिम्रै खातिर तिनै दासहरु बोल्नेछन्

देश बिगार्ने यिनलाइ ज्युदै जलाउन पर्छ
तिम्रो बिपक्षमा सत्य नाशहरु बोल्नेछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

पानीको त्यो फोका रैछ!!

तिम्रो माया केवल पानीको त्यो फोका रैछ!!
माया भन्दै गर्यो नाटक सब त्यो धोका रैछ!!

बिस्वास गरें मैले माया तिम्रो निश्चल ठानी!!
हुरीसंगै बगी आउने हावाको त्यो झोका रैछ!!

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 15, 2013

155. नोकरी पनि सागर पारि छ हजुर

नोकरी पनि सागर पारि छ हजुर
बन्धकीमा घर खेत बारी छ हजुर

बिर्सियो भनिन् होला मलाई सानुले
उन्कै सम्झनाले मन भारि छ हजुर

बिदेशमा काम भन्नु त्यस्तै नै रहेछ
कहिल्यै नसकिने मारामारी छ हजुर

बाबा-आमा अनि साना भाइहरुलाइ
हेरविचार गर्ने जिम्मेदारी छ हजुर

देश माटो अनि गाउँघर बिर्सेको छैन
नेपालि हुँ मेरो बेग्लै चिनारी छ हजुर


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

मेरा केहि गजलहरु मेरो आफ्नै आवाजमा


Monday, January 14, 2013

समय तिम्रो हातमा छ

अझै पनि मेरो हुन सक्छौ समय तिम्रो हातमा छ
मलाई गुमाउने या पाउने निर्णय तिम्रो हातमा छ

जीवनको खेलमा सधै हारें -हारें भन्थ्यौ तिमीले
पिर नगर ल अब स्वयम विजय तिम्रो हातमा छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

154. नपिंउ भन्छु सराब यो मन मान्दैमान्दैन

नपिंउ भन्छु सराब यो मन मान्दैमान्दैन
नबनुं भन्छु खराब यो मन मान्दैमान्दैन

कैले गिलासले  त कैले बोतलले बोलाउँछ
बढी रहंदा  तनाब यो मन मान्दैमान्दैन

पिउने मुडमा थिएंन साथीले कर गरिरह्यो
दिइ रहंदा दबाव यो मन मान्दैमान्दैन

पिइ रहने यो नसाको लत छोडी हालें भने
कसले दिन्छ जवाफ यो मन मान्दैमान्दैन

दिनहु पिउने बानीले 'रोहित' बिग्री सक्यो
बढ्दैछ बेसी लगाब यो मन मान्दैमान्दैन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, January 12, 2013

मुक्तकहरु

आवाज बिहिनको आवाज हुँ म
गरिबको बिहान अनि साँझ हुँ म

जोले जे सुकै भनुन् मतलब छैन
आफैमा अनुसासित समाज हुँ म

*********************

समयसंग लड्नु रैछ जिन्दगि
आफै भित्र पढ्नु रैछ जिन्दगि

आउँछन् यात्रा समथर,उकालो
साथै ओरालो झर्नु रैछ जिन्दगि


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

153. जीवनको गतिमा अंकुश लगायौ

जीवनको गतिमा अंकुश लगायौ
बाँकी भाको मतिमा अंकुश लगायौ

सबै मैले सहेर हेरी मात्र बसी रहेँ म
भए भरको जतिमा अंकुश लगायौ

पत्निपति थियौं र पनी पराय ठान्यौ
आफ्नै परम पतिमा अंकुश लगायौ

आफ्नै ठानेर सर्वगुर्ण सुम्पिदा पनि
साँच्चै कति- कतिमा अंकुश लगायौ

बिरामी बनायौ उपचार गर्दै थिएँ म
हुँदा-हुँदा ओखतिमा अंकुश लगायौ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 10, 2013

उनको नामको उजुरी आको छ

आज उनको नामको उजुरी आको छ
उन्ले गरेको कामको उजुरी आको छ

सजाय जरुर दिनुपर्छ भन्दै थिए
चोरीन् भन्दै दामको उजुरी आको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, January 9, 2013

152. जिन्दगी मेरो दर्दमा चलाउँदैछु

जिन्दगी मेरो दर्दमा चलाउँदैछु
ऋण मागेको खर्चमा चलाउँदैछु

सबैको छि-छि र दुरदुरमा छु म
साँच्चै अर्थ न ब्यर्थमा चलाउँदैछु

कुर्दा उनैलाई धेरै बसन्त पार गरेँ
आज अठ्ठाइसौं बर्षमा चलाउँदैछु

जसो तसो चलाउनु नै पर्ने जीवन
मात्र दुखैदुखको स्पर्समा चलाउँदैछु

यो जीवन तिम्रै हो "रोहित"भन्ने
उनको यहि एक शर्तमा चलाउँदैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

भट्टी पस्न मन लाकोछ

आज सानिको भट्टी पस्न मन लाकोछ
छेउमा गएर उनैसंग बस्न मन लाको छ

मिठा-मिठा गरेर बात पिउंदै सराबी मात
बेस्कन अंगालोमा कस्न मन लाको छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

151.दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा

दिउसै हुन्छ किन्-बेच हतियार काठमाण्डौमा
हुन्छ सोझा-साझाकै नर-संहार काठमाण्डौमा

दोहोरी अनि डिस्को भरी देखें हाम्रै दीदी बहिनी
गर्दा रहेछन् खुब देहको व्यापार काठमाण्डौमा

न कसैले सुन्यो न कसैले बुझ्यो हाम्रो यो पिडा
मर्नु लाग्दा पनि पाइन्न उपचार काठमाण्डौमा

सपनाको शहर ठान्नु भूल त हाम्रै रहेछ हजुर
कसरि ज्युनु छैन बाँच्ने आधार काठमाण्डौमा

जो देखें सो लेखें "रोहित"लाइ गल्ति नठान्नु
लागिराछ आफैभित्र  धिक्कार काठमाण्डौमा

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 8, 2013

जीवनको गतिमा अंकुश लगायौ

जीवनको गतिमा अंकुश लगायौ
बाँकी भाको मतिमा अंकुश लगायौ

सबै मैले सहेर हेरी मात्र रहेँ उन्लाई
भए भरको जतिमा अंकुश लगायौ


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, January 7, 2013

150.यहाँ हरेक प्रश्नहरु उत्तर खोज्दैछन्

यहाँ हरेक प्रश्नहरु उत्तर खोज्दैछन्
मेरा पाइलाहरु नि सफर खोज्दैछन्

आँशुले नै निथ्रुक्क भिजेको जीवन
मन्द मुस्कानको लहर खोज्दैछन्

आन्दोलन नगर भनेको के थिएँ मैले
मलाइ नै हिर्काउन पत्थर खोज्दैछन्

उता हेर गल्लिभरि सडक बालकहरु
उनीहरु रात बिताउन घर खोज्दैछन्

'रोहित'लाइ निकै दुर्बल  ठान्नेहरु नै
दिनलाई फेरी पुन:अवसर खोज्दैछन्


@copyright
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

खोज्दैछु पहिचान लाल्टिन बालेर!!

खोज्दैछु पहिचान लाल्टिन बालेर!!
हराएको संबिधान लाल्टिन बालेर!!

दिनरात नभनी खोजिरहेछु सुनौलो !!
हराएको त्यो बिहान लाल्टिन बालेर!!


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, January 6, 2013

149.उस्ले मलाई किन हो कुन्नि छुरी देखायो

उस्ले मलाई किन हो कुन्नि छुरी देखायो
के गर्या हँ भन्दा झन् ठुलै खुकुरी देखायो

सम्झाउन के खोज्दैथ्यें बाघ झैँ झम्टियो
तँलाई पनि छोड्दिन भन्दै चुरीफुरी देखायो

समाजमाछस् चरित्रहिन काम नगर भन्दा
मलाई नै मर्ला कि झैं गरि पाखुरी देखायो

मैले बुझें उ कसैको प्रेममा पागल भाको रैछ
एक्ल्लीएको किन भन्दा लामो दुरी देखायो

मानव भएर किन पशुको व्यहार तेरो भन्दा
रहर त होइन रोहित भन्दै मजबुरी देखायो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

148.अलि लचिलो बन्नुस भन्ने सुझाव आकोछ

अलि लचिलो बन्नुस भन्ने सुझाव आकोछ
प्रेमपत्र अनि साथमा रातो गुलाव आकोछ

जोड -घटाउ तल- माथि हुन्न मायामा तैपनि
बिग्रिएछ मिलाउनुहोस् भन्दै हिसाब आकोछ

गल्ति जसले गरेता पनि सजाय पाउनै पर्छ
बुझेर फैसला गर्नुस न्याय निसाफ आकोछ

भट्टीमा छौ र पनि किन रित्तो तिम्रो गिलास
छेउमै भरि-भराउ एक बोत्तल सराब आकोछ

म अनपढ भएर बिग्रिएं तिमि त बुझकारछौ
सुन्छु हामीलाई शिक्षित पार्ने किताब आकोछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Saturday, January 5, 2013

147.मैले लेखेको गज़ल मन परेन रे उन्लाई

मैले लेखेको गज़ल मन परेन रे उन्लाई
सम्झिएको हरपल मन परेन रे उन्लाई

पिरतीको कोशेली नदिएको पनि होइन 
दिएको फूल कमल मन परेन रे उन्लाई

मुर्ख हुनु कसरि सक्छु र तिमि नै भन
छु'म सोझो असल मन परेन रे उन्लाई

केहि गरौँ देशमै भनि खोलें पान पसल
भएको चहलपहल मन परेन रे उन्लाई

विदेश लान्छु भनि फसायो त्यो पापीले
फसि हालें दल-दल मन परेन रे उन्लाई


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 4, 2013

146.कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए

कहिल्यै पूर्ण आएनन् मात्र आधाहरु आए
जिन्दगिभर नै अडचन अनि बाधाहरु आए

उसंग तुलना गर्न मिल्दै मिल्दैन मेरो कथा
समथर आएनन् कहिल्यै मात्र डाँडाहरु आए

फूल सोंच्यो जिन्दगि घोंची रहन्छ आफैलाई
पनछ्याउनै गाह्रो भो बिझाउने काँडाहरु आए

मेरै नजिकैको भाग भरिभराउ छ भन्दै बसें म
तर अगाडी त मात्र केवल रित्ता भाँडाहरु आए

कलियुगको कृष्ण हौ "रोहित" तिमि भनिकन
बल्ल आज एकहुल गोपिनी अनि राधाहरु आए

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

आजकाल त खै के के लेख्छु लेख्छु

आजकाल त खै के के लेख्छु लेख्छु
सपानामा पनि उनलाई मात्र देख्छु

भन्दा हजुरलाइ विस्वास नलाग्ला
जुन र घामलाइ पनि हत्केला छेक्छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Thursday, January 3, 2013

145.ए मन बिनासित्तैमा तँ डुल्दै हिंडछस् किन हँ

ए मन बिनासित्तैमा तँ डुल्दै हिंडछस्  किन हँ
भिर-पाखा पनि नभनि फुल्दै हिंडछस् किन हँ

इर्ष्या अनि डाहा  तँलाई कति गर्नु पर्ने हगि
कुरा काट्दै शिखर ति चुल्दै हिंडछस् किन हँ

छिन् भरमै पुर्व त छिन् भरमै पश्चिम पुग्छस्
बकम्फुसे रवाफमा तँ भुल्दै हिंडछस् किन हँ

कहिले त्यो हावासंग कहिले नदिसंगै बग्छस्
उदारताको चिनारी दिंदै खुल्दै हिंडछस् किन हँ

तँ त्यस्तै नै छस् दोष कस्लाई दिनु र खै मैले
जस्तो आफु साथि उस्तै बटुल्दै हिंडछस् किन हँ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, January 1, 2013

144.अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु

अजम्बरी रहिरहने सबै म अमृत बनाउँछु
अमृतले पनि जहरलाइ गर्ने प्रित बनाउँछु

जित्नेहरुको मात्र यहाँ हाई -हाई हुने किन
अब मैले हारेकाहरुको पनि गीत बनाउँछु

जुन अनि घाम कहिल्यै भेट हुँदैनन् किन?
पख्नुहोस् म घामलाइ जुनको मित बनाउँछु

बिर्सेछन् नयाँ पुस्ताले ति पुराना चलनहरु
याद गराउने उनीहरुकै लागि रित बनाउँछु

कार्यन्वयन हुनु जरुरीछ नयाँ कार्यको यहाँ
सोहि कार्य नयाँ पुस्तालाई लत्क्षित बनाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान