WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, January 17, 2013

157. मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्

मठ मन्दिरहरुसंगै ति भगवान रुँदैछन्
मेरा परिवार बाल'बच्चा जहान रुँदैछन्

कसम मेरो देशको दशा देखेर हेर्नुहोस त
शहिदहरुका रगत अनि पहिचान रुँदैछन्

बनायो हतियार जाइ लाग्यो उसै माथि नै
चमत्कारी वैज्ञानिक र उन्का ज्ञान रुँदैछन्

अशिक्षित भए पनि जहाज उडायो है उसैले
अचम्म भो मै-हुम भनाउदा विद्वान रुँदैछन्

गरि खान दिएनन् देशमा विदेशिएँ म पनि
सम्झि मेरो देश मसंगै मेरा शिरान रुँदैछन्

इच्छा हो जन्मिनु नेपाल आमाको कोखबाटै
गर्वमै तुहिएँ भन्दै धारा र संबिधान रुँदैछन्


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान