WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, August 29, 2014

306. रोल्पा,रुकुम,कर्णालीमा कहिले पुग्छ तिम्रो सरकार?

रोल्पा,रुकुम,कर्णालीमा कहिले पुग्छ तिम्रो सरकार?
सुनकोशी र महाकालीमा कहिले पुग्छ तिम्रो सरकार?

रवि,कवि पटक पटक त्यहाँ पुगेर पनि आउनु भयो
भन्ज्याङ र देउरालीमा कहिले पुग्छ तिम्रो सरकार?

फूल देख्छन् मात्र फुलेका फूल तिनै पापी आँखाले
वृक्ष अनि डालीडालीमा कहिले पुग्छ तिम्रो सरकार?

निर्दोष माथि दिनदहादै गोली हान्छन् तिम्रा मान्छे 
चोर,फटाह र जालीमा कहिले पुग्छ तिम्रो सरकार?

किसानले चामल नपठाए भोकै हुन्छ तिम्रो राजधानी
खेतका ति आली बालीमा कहिले पुग्छ तिम्रो सरकार?

रोहित राना
बुटवल-१३, रुपन्देही
"Buddha was born in Nepal'

Saturday, August 23, 2014

305. अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।

अहँ भएन देशमा भष्ट्रचारको निर्मुल भएन।
अझ गाँठि कुरो वेरोजगारको निर्मुल भएन।।

हामी गरिब अब कसरी? जिविको पार्जन गर्नु।
छाति नै चर्किने महंगी बजारको निर्मुल भएन।।

खुलेआम नै किन् बेच भैरहेछन् हातहतियारहरु।
तस्करी अनि यो कालो व्यापारको निर्मुल भएन।।

गुण्डाहरुलाइ देउता ठानेकै कारण यो सरकारले।
आज सम्म चोर,फताह गद्धारको निर्मुल भएन।।

वाढिले परिवार लग्यो सारा सपनाहरुसँगै लग्यो।
आँखाभरि यो मुसलधारे असारको निर्मुल भएन।।

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"

Tuesday, August 5, 2014

304. निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो

निराश निराश देख्छु तिम्लाइ प्यार छुटे जस्तो
सँगै जिउने अनि सँगै मर्ने आधार छुटे जस्तो

यसरि गजल सुनाएर युद्ध गर्न सक्दिन हजुर 
लागि रहेछ आत्मबलसँगै हतियार छुटे जस्तो

साँच्चै सोँचे भन्दा त धेरै खल्लो भयो कार्यक्रम
माहोल देखिन्थ्यो होनाहर कलाकार छुटे जस्तो

लोकतन्त्र,गणतन्त्र आएनि देशको मुहार फेरिएन
यस्तो लाग्छ देश हाक्ने नेता इमान्दार छुटे जस्तो

मेरि प्रीयाको अनुहारमा म चमकता देख्दिन अचेल
लाग्दैछ गर्दागर्दै पनि कहिँ-कतै शृङ्गार छुटे जस्तो

रोहित राना
बुटवल-१३, रुपन्देहि
"Buddha was born in Nepal"