WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, August 31, 2012

बालुवाको नगरमा

बालुवाको नगरमा,फुल्छु क्या हो म त!!
फेर्न स्वास प्रस्वास,भुल्छु क्या हो म त!!

बाँचेर के गर्नु हजुर, यो स्वार्थि दुनियामा
प्युनलाइ बिष प्याला,घुल्छु क्या हो म त!!

बिस्वस्सको त यहाँ, हिमाल नै ढले पछी
झुटोपनको हिमाल नै,चुल्छु क्या हो म त!!

यात्रा स्वर्गकै रोजें नि,खै कता पो पुगिने हो
स्वर्ग भन्दै नर्क तिरै, डुल्छु क्या हो म त !!


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
1st-Sep-12



Thursday, August 30, 2012

जवर्जस्ती विष मुख्मा,

जवर्जस्ती विष मुख्मा,कोंचे पछी रोएँ
तिखा वार्णसरि नजरले,घोंचे पछी रोएँ

तिमि नै बोक्सी बन्यौ,अनि धामी पनि
व्यर्थ मलाई अर्धपागल, सोंचे पछी रोएँ

रोहित राना
बुटवल-रुपन्देही

हाल-काबुल,अफगानिस्थान

Wednesday, August 29, 2012

आफ्नै वसमा सधैं,समय


आफ्नै वसमा सधैं,समय होस् भन्छु म'त
योजनाहरु सबै राम्रा,तय होस् भन्छु म'त

जीवनको खेल हारें मैले,दोष छैन कसैलाई    
म हारे पनि उसको,बिजय होस् भन्छु म'त

आधा प्रतिसत भए नि, ज्यूनै पर्ने रैछ जीवन
उस्को भने सत'प्रतिसत,सय होस् भन्छु  म'त

विश्वभर अशान्तिको,बिकुल बजिरहेको बेला
बुद्धत्व वाणी गुन्जिने, लय होस् भन्छु म'त

कसरी बाँच्नु कोलाहल,अनि हिँसा द्वन्द भित्र
पु:न:  गौतम बुद्धकै , उदय होस् भन्छु म'त

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

गजल कार्यक्रम स्पर्श -तिनाउ 98.2 एफ.एम


तिनाउ 98.2 एफ.एमको गजल कार्यक्रम स्पर्श (प्रवासी बिशेष भएको थियो)28th-August-12, जहाँ मैले पनि मेरो गजल वाचन गर्ने मौका पाएको थिएँ,!! स्पर्श युनिट लगायत तिनाउ एफ एम परिवारलाइ हृदयदेखि नै स-धन्यवाद दिन चाहन्छु!!

मैले वाचन गरेको गजल यस प्रकार थियो !!

"गजल"
देश छोडी विदेशिएं, ज्यन समुन्द्र पारि थियो
अशैये चोट अनि पीडाको,मनभित्र भारी थियो

साथीसंगी सबै भुली, हिड्न बाध्य हुनु पर्यो
उनकै नाममा पत्र कोर्ने,कर्म मेरो जारी थियो

जागीर पनि त्यस्तै, खान लाउन पनि गाह्रो
भ्याई नभ्याई हतारमा,धूनु पर्ने गाडी थियो

साथिको पनि कथा उस्तै, पिडै-पिडाले भरिएको
उनको भने पकाउनु पर्ने,दालभात,तर'कारी थियो

याद आउँछ घर गाउँको,कोल्टे फेर्दै रुन्छु सधैं
मरुभूमि रुपी जीवन जिउन,सहयात्रा जारी थियो

दृध योजना मनमा लीई, भबिष्यको सोप्नसंगै
चुक्त्ता गर्ने शाहुको ऋण, बन्धकीमा बारी थियो

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, August 28, 2012

तिम्रो मेरो यात्रा


तिम्रो मेरो यात्रा ,बिल्कुल फरक छ
तिम्रो सिंगो कथा,मेरो केहि हरफ छ

संगै जाऔं भन्छौ,यो संभव नै छैन
किन कि तिम्रो स्वर्ग,मेरो नरक छ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

जिन्दगि खोलासरि

जिन्दगि खोलासरि,बगेपछी क्यार्नु
सम्पूर्ण सपनाहरु, लगेपछि क्यार्नु

व्यर्थ जीवन बाँच्नुको,अर्थ नै रहेन
आफ्नाले ठग्नुसम्म,ठगेपछी क्यार्नु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Monday, August 27, 2012

पख'न तिम्लाई मेरो पछी-पछी,


पख'न तिम्लाई मेरो पछी-पछी,हिन्ने बनाउँछु
पागल बनाइ आकाशका तारा, गिन्ने बनाउँछु

नजरमा नजर जुधाएर, दन्ते मोहनी लगाई
गाउँदा मैले मोहनी तुना-मुना, चिन्ने बनाउँछु

आउछन् रे हेर्न दिनमा,तिन-चार जना तिम्लाई
ति अरु सबैलाइ छोडेर मलाइ नै, बिन्ने बनाउँछु

कसम खुवाउनेछु  तिम्लाई, म  पनि खानेछु
साँच्ची मेरै नामको चुरा-धागो,किन्ने बनाउँछु

रिझाउनेछु तिम्लाई,मनाउनेछु तिम्रो परिवार
एक वचनमै हाम्रो बिहेको कुरा, छिन्ने बनाउँछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

त्यो न्यानो साथको


त्यो न्यानो साथको राग मिलेपछि
सोंचे जस्तै लाखौँ ,लाख मिलेपछि

खुसि हुने नै भयो नि... यो तन मन
चिची अनि पापा दुवै भाग मिलेपछि

Sunday, August 26, 2012

पिरैपिरको त्यो कथा,..


पिरैपिरको त्यो कथा, कस्ले सुन्यो र 
भीरैभीरको त्यो कथा, कस्ले सुन्यो र 

डुंगा टार्दै बितिराछ,माझि दाइको जुनी 
तिरैतिरको त्यो कथा, कस्ले सुन्यो र 

भोग्नु पर्ने रैछ हजुर,लेखेको निधारमा
तक्दिरको त्यो कथा, कस्ले सुन्यो र

वसन्तको घमाइलो,हुने सधैं रमाइलो
शिशिरको त्यो कथा, कस्ले सुन्यो र

देउता बस्ने घर'अरे,दर्शन कैले दिएनन्
मन्दिरको त्यो कथा, कस्ले सुन्यो र

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Saturday, August 25, 2012

तिम्रो इच्छा राम्रो


तिम्रो इच्छा राम्रो __नानामा रैछ 
अझ बेसी रुची मिठो खानामा रैछ 

सुख:दुख संगै,जोह गरौला भन्थें म 
गर्ने खुब मोजमस्ती चहानामा रैछ 

रोहित राना
रेग्स्थानबाट-शुभपल

Wednesday, August 22, 2012

शितल दिने त्यो जुनले पोलेपछी

शितल दिने त्यो जुनले पोलेपछी
नशा भित्र बग्ने खुनले पोलेपछी

म त वेवारिसे भएँ लौ' न नि हजुर
नचांहिदो बातसंगै उनले पोलेपछी

सरगम जस्तै लाग्थ्यो यो जीवन
सहनै गाह्रो भयो धुनले पोलेपछी

उपहार स्वरूप मैले घिर्णा मात्र पाएँ
कसरि लिउं कोसेली सगुन पोलेपछी

उनि मरिन अरे,समाचार यस्तै आयो
बिलौनो भाछ संसार,नुनले पोलेपछी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


आऊंदैन भनेको कस्तो


आऊंदैन भनेको कस्तो,यती भांतिमा बोलायौ
एक्लै'छूके घरमा भन्दै,मध्य रातिमा बोलायौ 

दिल गल्यो मन सम्हाली, डराई डराई आएँ
सबै रैछन घरमा किन,धांती धांतीमा बोलायौ 

बिस्तारै भित्र पसें म,भर्याङ चढ्दै थीइन उनी 
आऊ'न यता आऊ भनी,माथि आँटीमा बोलायौ 

सुनसान थियो वातावरण,ढोका'नि बन्द गरिन
मन्द मुस्कान छर्दै,त्यो-उदार,छातिमा बोलायौ

Copyright@
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, August 21, 2012

(गजल संसारGazal Sansar Episode 3)


मन भित्रका कुरा आवाजका झन्कार यो हो कार्यक्रम (गजल संसारGazal Sansar Episode 3) नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म प्रत्येक सोमबार झैं आज पनि मिति (20-08-2012/2069-05-04) बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका साथमा रेडियो हाम्रो संसार अनलाईन रेडियो मार्फत।

आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ, के भन्नु र साथी
क्षणमै सबै कुरा जान्नेलाइ,के भन्नु र साथी

किन दखल दिनु पर्यो, अरुको जीवनलाइ
पछी पछी कुरा काट्नेलाइ,के भन्नु र साथी

सक्ने भए गरे हुन्छ नि हजुर, आफ्नै तागतले
अरुकै मात्र दिमाग चाट्नेलाइ,के भन्नु र साथी

राम्रो काम गरेको पनि, देख्न नसहने कस्तो हो
अरुका हात खुट्टा तान्नेलाइ,के भन्नु र साथी

आओस न अघि देखि, छाती थाप्छ "रोहित"
पछाडी बाट छुरा हान्नेलाइ,के भन्नु र साथी

रोहित राना
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान 

शितल दिने

शितल दिने___जुनले पोलेपछी
नशा भित्र बग्ने खुनले पोलेपछी

म त वेवारिसे भएँ__लौ' न हजुर
नचांहिदो बातमा उनले पोलेपछी

Monday, August 20, 2012

यस्तो एउटा ठाउँ खोज्दैछु

यस्तो एउटा ठाउँ खोज्दैछु 
सुन्दर शान्त गाउँ खोज्दैछु 

विश्वभरि शान्ति फैलाउने
गौतम बुद्ध  नाउँ खोज्दैछु 


रोहित राना  
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान 

Sunday, August 19, 2012

दाइको साली निकै मन

दाइको साली निकै मन परेको छ
कान्छी काली निकै मन परेको छ

भन्छु आज त पक्कै आइ लव यु
त्यो दिल वाली निकै मन परेको छ

रोहित राना

बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान 

Saturday, August 18, 2012

आफ्नै जिवननै,धराप


आफ्नै जिवननै,धराप लाग्यो म'मा
निकै ठुलै दैवको,श्राप लाग्यो म'मा

सोझा मात्र देख्ने,दैव पनि कस्तो हरे
संकट र कर्फ्यु, तनाब लाग्यो म'मा


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Thursday, August 16, 2012

उनको त्यो नाम नि बिर्से


उनको त्यो नाम नि बिर्से,पागल भए पछी
सधैं गर्ने काम नि बिर्से, पागल भए पछी

आवाज पनि हरायो , दृष्टि पनि बिलायो
आफु बस्ने ठाम नि बिर्से,पागल भए पछी

जपी रहन्थें प्रभुलाइ ,आपत बिपत पर्दा
हरे हरे राम नि बिर्से , पागल भए पछी

दिन देख्छु रात झैं , रात देख्छु दिन झैं
चन्द्र अनि घाम नि बिर्से,पागल भए पछी

भोक प्यास हराउने, मन झन् बेसी डराउने
सधैँ खाने माम नि बिर्से, पागल भए पछी


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
16th-August-12

Wednesday, August 15, 2012

आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ



आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ, के भन्नु र साथी
क्षणमै सबै कुरा जान्नेलाइ,के भन्नु र साथी

किन दखल दिनु पर्यो, अरुको जीवनलाइ
पछी पछी कुरा काट्नेलाइ,के भन्नु र साथी  

सक्ने भए गरे हुन्छ नि हजुर, आफ्नै तागतले
अरुकै मात्र दिमाग चाट्नेलाइ,के भन्नु र साथी
 
राम्रो काम गरेको पनि, देख्न नसहने कस्तो हो
अरुका हात खुट्टा तान्नेलाइ,के भन्नु र साथी

आओस न अघि देखि, छाती थाप्छ "रोहित"
पछाडी बाट छुरा हान्नेलाइ,के भन्नु र साथी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान





Tuesday, August 14, 2012

नबोल भन्छु ओठ


नबोल भन्छु ओठ मान्दैन
नदुख भन्छु  चोट मान्दैन

क्रमैले नै ठगिएको मान्छे म
नदेखाँउ भन्छु खोट मान्दैन


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Monday, August 13, 2012

हेर'न फूलसंग जोरी


हेर'न फूलसंग जोरी खोज्नेहरु
अझै  सुलसंग जोरी खोज्नेहरु

न्याउरी मारी पछुतो खेप्यौ है'न
आफ्नै भुलसंग जोरी खोज्नेहरु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Sunday, August 12, 2012

स्पर्ससंगै तिम्रा ति


स्पर्ससंगै  तिम्रा ति.. हात संझिदैछु
संगसंगै बिताएको  साथ संझिदैछु

मन भरि ताजै छ, त्यो पल अझै नि
तिता-मिठा गरिएका बात संझिदैछु

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Saturday, August 11, 2012

अन्तरवार्ता-२

गजल कार्यक्रम बुलबुलमा सुबाश अगमसंग अच्युत घिमिरे ज्यु ले लिनु भएको अन्तरवार्ता अनि गजल गायन ..निकै मन परेको भाग-२..!!

अन्तरवार्ता-१

गजल कार्यक्रम बुलबुलमा सुबाश अगमसंग अच्युत घिमिरे ज्यु ले लिनु भएको अन्तरवार्ता अनि गजल गायन ..निकै मन परेको भाग-१ ..!!

पिरती फुलेपछि मज्जा आउँदो रैछ


पिरती फुलेपछि मज्जा आउँदो रैछ
धान झैं झुलेपछी मज्जा आउँदो रैछ

सारा संसार आफ्नै ठानी उडी हिड्ने
चखेवा झैं उडेपछी मज्जा आउँदो रैछ


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Friday, August 10, 2012

किन हो कुन्नि उ निकै, हतार गर्दैछ


किन हो कुन्नि उ निकै, हतार गर्दैछ
आफ्नै जीवनलाइ नै,खवरदार गर्दैछ

भिन्नता पाए पछी,दाँज्दा अरुकोसँग
लाग्दैछ केहि नौलो कुरा,साभार गर्दैछ

लेख्छु त भनेकै थियो,कथा जिंदगीको
लेख्दा लेख्दै थाकेछ उ, केरकार गर्दैछ

जीवनको मूल्य थिएन,आज पनि छैन रे
त्यसैले होला उ घाटामै ,व्यापार गर्दैछ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

"छेस्का परिचय"


छेस्का परिचय (Introduction of Chheska )

छेस्का परिचय
छेस्का सुन्दा गाउँघरमा प्रयोग गरिने अलि गाउँले नाम जस्तो लागेपनि साहित्यमा आजभोली विस्तारै लोकप्रिय बन्दै गएको स्वादिलो अचार जस्तो, चोटिलो प्रहार जस्तो गहण विषयबस्तुलाई चारलाईनमा समेटिएको कवितात्मक भाबले भरिपूर्ण जहाँ छोटा मिठा दुई शेरको बेजोड भाव बोकेको गजल तर छुट्टै पहिचान र अस्तित्व बोकेको विधाका रुपमा लिन छेस्का लाई लिन सकिन्छ ।
यसलाई फारषीभाषामा गाइने छोटो गीति लय पनि भन्ने गरिन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ ।
छेस्का सुन्दा अनौठो लागेपनि यो मिठो र सरपूर्ण र चिटिक्क परेको हुन्छ् । छेस्कामा अनिवार्य रुपमा ४ लाईन हुन जरुरी छ जुन २–२ लाईनलाई एक ठाउँमा राखेर विभाजन गर्दा गरिन्छन् जसलाई शेरहरु भन्न सकिन्छ । गजलकै नियम यसमा पनि लागू हुन्छ । सुरुको शेर मतला र अन्त मकत्ता भन्न पनि सकिन्छ । सुरुको २ लाईन अथवा मसरा मा अघिल्लो लाईन मिसरा ए उला र पछिल्लो लाईन मिसराए सानी दुबैमा काफिया अनिवार्य हुन्छ । त्यस्तै अन्तिम या दोस्रो शेर मा गजलकै नियम लागू हुनछ यानकी मिसराए सानी मा मतला संग स्वर ब्यञ्जन मिल्ने काफियाको प्रयोग हुनुपर्छ ।
यहाँ प्रयोग गरिएका शेरहरु यति शक्तिसालिहुनुपर्छ कि सम्पूर्ण भावहरु भन्न खोजिएका कुराहरु ति २ लाईनमा समेटियोस् । पहिलो शेरले विषयलाई सुरुवात सँगै मध्य सम्म लैजाने र दोस्रो सेरले बिषय बस्तुलाई निष्कर्षमा निर्णय प्रदान गर्ने क्षमता बोकेका शेरहरु भए मात्र छेस्का सफल हुन्छ भन्नाले हरेर शेरहरु एकदम दमदार र आफैमा परिपूर्ण हुन जरुरी छ ।
केही छेस्काका उदाहरणहरु
# छेस्का (१.एक )
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।
गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
 राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
# छेस्का (२ दुई )
च्व्स्स बिझ्ने वचन बातसंगै रोएँ ।।
अचम्मै थियो नशा मातसंगै रोएँ ।।
सुन्ने कोही थिएन, चित्कार मेरो
औंशीको कालो-अँध्यारो रातसंगै रोएँ ।।
रोहित राना
बुटवल रुपन्देहि
हाल काबुल, अफ्गानिस्थान ।
#छेस्का (३ तिन )
फाटिएको मन सिउनुको कारण छ।
जेनतेन यसरि जिउनुको कारण छ।
सधै पिएर किन ? तिमि सोधिरहन्छौ,
साच्चै मैले यसरि, पिउनुको कारण छ।
समिपा शाह ठकुरी
छेस्का नं. ३ लाई विस्तृतमा बुझ्दा
(यहाँ सिउनुको, जिउनुको र पिउनुको (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिर्वाय काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो लाईनले विषयवस्तुमा प्रवेश,  दोस्रो लाईनले थप व्याख्या, तेस्रो लाईनले तथ्य उजागर गर्दै  कौतुहलता र चौथालाईनले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार र्गदछ र निष्कर्ष दिन्छ । समग्र छेस्का एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि छेस्का भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त छेस्काको लागि नै । छेस्का आफैमा छेस्का हो यसरी गजल नबनेको खण्डमा २ शेरलिएर छेस्का भनियो भने छेस्काको भावनै मरेर जान्छ भन्नुको मतलब त्यो छेस्का छेस्का नै बन्दैन् छेस्का प्रति न्याय हुँदैन । साहित्यका अरु विधाझैं छेस्कालाई पनि विश्वास र सम्मान पुर्वक सम्झनु पर्छ र लेखिनु आवश्यक छ तब मात्र पूर्ण र सक्षम छेस्का बन्दछ ।
छेस्का संसार तपाईहरु सबैलाई हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछ ।
All Copyright Reserved
तयार पार्ने,
राम शरण श्रेष्ठ
रोहित राना
गौरब श्रेष्ठ
नेपाली गजलका साथीहरु
छेस्का परिवार
Blog :
http://chheskasansar.blogspot.com/

सारा रंगिन संसार तिमीलाई

सारा रंगिन  संसार तिमीलाई 
अनन्त चोखो प्यार तिमीलाई 
तन मन अनि यो जीवन दिइसकें  
हर ढुकढुकीको झंकार तिमीलाई 

Thursday, August 9, 2012

दुइ आत्मा चोखो प्रितमा हुन्छ रे


दुइ आत्मा चोखो प्रितमा हुन्छ रे
सफल भए'त झनै हितमा हुन्छ रे

अजम्बरी त्यो कहिल्यै नमर्ने गरि
पिउनु पर्ने प्याला अमृतमा हुन्छ रे

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Wednesday, August 8, 2012

तिमी'लाई भुल्नु यो हुनै सक्दैन



तिमी'लाई भुल्नु यो हुनै सक्दैन
पागल  भै  डुल्नु यो हुनै सक्दैन

बिर्सिएको छैन खाएका ति कसम
माया अन्तै चुल्नु यो हुनै सक्दैन

मिलिजुली दुवै प्रित फुलाउनु पर्छ
तिमि बिना फूल्नु यो हुनै सक्दैन

नङ मासुको सम्बन्ध तोडेर कहाँ
अरु-संगै  घुल्नु यो हुनै सक्दैन

छाडेर तिम्लाई ल्याएर अर्कैलाई  
बेहुली बनाई हुल्नु,यो हुनै सक्दैन

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान



Tuesday, August 7, 2012

उनले नै मलाई पोलेपछी


उनले नै  मलाई पोलेपछी
फगत आरोपमा मोलेपछी

मेरो भन्नु केहि पनि रहेन
हुने नहुने सबै....बोलेपछि

प्रस्ताव गर्दा-गर्दै पनि, थाकिसके म


प्रस्ताव गर्दा-गर्दै पनि, थाकिसके म
स्वीकार्ने होइन कहिले, पाकिसके म

केवल तिम्रै नाम, जपेर  बस्छु सधैं
तेत्तिसकोटी देवी-देउता,भाकिसके म

व्यर्थै हुने हो कि,राख्दा मनमा तिमि
तैपनि मेरो मन  भित्र, राखिसके म

कहिले त सोँच्छु, एक्लो जीवन देखेर
जेन-तेन आधा जीवन, हांकिसके म

तितो सत्य हो नै, यतार्थ बुझ्नु पर्ने
माया भन्दा गालि धेरै,चाखिसके म

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Monday, August 6, 2012

उनको अनि मेरो, निशान एउटै


उनको अनि मेरो, निशान एउटै
सधैं सधैं ब्युझाउने,बिहान एउटै

जीवन र मरण,खै कस्ले बनायो?
आखिर हुने सबको,चिहान एउटै


शुभ पल सम्पूर्ण मित्रहरुमा


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Sunday, August 5, 2012

बेकार रैछ जिन्दगी यो, भरै नभए पछी


बेकार रैछ जिन्दगी यो, भरै नभए पछी
मात्र हेला खेप्नु पर्ने नाम,थरै नभए पछी

विद्याको मन्दिर पनि, रित्तो छ हिजो-आज
जीवन दर्शन दिने कस्ले, सरै नभए पछी

लाला-बाला लीइ जाउँ कहाँ,सोंच्दैछन उनि
कस्तो हुन्छ उन्लाई था'छ , घरै नभए पछी

वन-जंगल सुन्य भयो,पंछी बसाइ सरे देखि  
कस्ले चिरबिर गाउनु अब, चरै नभए पछी

वास्तविक्त्ता त्यही हो, एक्लो हुँदाको पिडा
पिपल पनि रुंदैछ  साथमा, बरै  नभए पछी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
6th-Aug-12

Saturday, August 4, 2012

जिन्दगीले दियो खोट उस्तै


जिन्दगीले दियो खोट उस्तै
दर्दनाक पीडाहरु चोट उस्तै

टिपूंला भन्थ्यें, फल मायाको
पिरैपिर मात्र फल्ने बोट उस्तै

Friday, August 3, 2012

अझै उनको लागि दिलमा ठाउँछ भन्नु है


अझै उनको लागि दिलमा ठाउँछ भन्नु है
अब छिट्टै फर्किएर गाउँमा आउँछ भन्नु है

झ्याउरे हाम्ले गाएको, याद ताजै छ मन्मा
दौँतरीसंगै मिठो भाका फेरी गाउँछ भन्नु है

विडम्वना मेरो पनि, विदेशिनु पर्यो हजुर
उनकै यादमा सिरानी भि'जाउँछ भन्नु है

बाचा उन्लाई गरेको थिएँ,ल्याइदिन कोशेली
साँच्चै नभुली मायाको चिनो ल्याउँछ भन्नु है

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
4th-Aug-12

Wednesday, August 1, 2012

इतिहासमा भेटिएको,कथा लेख्छु म'त


इतिहासमा भेटिएको,कथा लेख्छु म'त
सारंगिले रेटिएको, कथा लेख्छु म'त

बेग्लै छ यस्को गाथा,अग्लो सगरमाथा
हिमालमा मेटिएको, कथा लेख्छु म'त

भृकुटी सिता माता,हुन् हाम्रै ज्ञान दाता
बुद्धत्व्मा लेखिएको, कथा लेख्छु म'त

गोर्खालीका सन्तान,बेग्लै छ पहिचान
वीरगाथामा देखिएको,कथा लेख्छु म'त

नेपालि हामी चुक्दैनौं,झुक्दा पनि झुक्दैनौ
डाँडाकाँडाले छेकिएको, कथा लेख्छु म'त