WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, December 22, 2013

293. आज भोलि मानवता र मिजास भेटिन्नन्

आज भोलि मानवता र मिजास भेटिन्नन्
सहयोग माग्दा पनि सय पचास भेटिन्नन्

खोज्दा खोज्दै म त हजुर थाकिसंकें यहाँ
पुरानो रिति भेटिन्नन् इतिहास भेटिन्नन्

पराइलाइ सजिलै आफन्त बनाउन सकिन्छ
तर यहाँ आफन्तहरु नै बरु पास भेटिन्नन्

धनिकै रैछ हजुर यहाँ दिन भनेनि रात भनेनि
गरिबका लागि त खाने एक गास भेटिन्नन्

मैले माया प्रितका कुरा गर्न छाडिसकें हजुर
किन कि मायामा अचेल विस्वास भेटिन्नन्

butwal,nepal

Monday, December 9, 2013

292. मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्

मेरा यादहरु तिनै धड्कनसम्म पुगेर फर्केका छन्
प्रस्तावहरु दिलको आँगनसम्म पुगेर फर्केका छन्

सुन्नेले कुरा सुने हुन्थ्यो बुझ्नेले पनि बुझे हुन्थ्यो
कानेखुसी गर्दै भावहरु मनसम्म पुगेर फर्केका छन्

स्पर्स मात्र काफिछ अँगालो कस्नु पनि पर्दैन हजुर
मेरा चोर नजरहरु तिनै तनसम्म पुगेर फर्केका छन्

अचम्म यो सिमारेखा चाहेर पनि मेट्न सक्दिन मैले
हो मेरा पाइलाहरु ति बन्धनसम्म पुगेर फर्केका छन्

मैले उनलाइ दुख र सुख दुवैमा साथ दिन चाहेंको हुँ
र'त स्पर्सहरु उन्कै हाँसो रोदनसम्म पुगेर फर्केका छन्

रोहित राना
बुटवल- रुपन्देही