WEL-COME TO MY BLOGS TO ALL OF YOU
Showing posts with label छेस्का. Show all posts
Showing posts with label छेस्का. Show all posts

Tuesday, January 8, 2013

जीवनको गतिमा अंकुश लगायौ

जीवनको गतिमा अंकुश लगायौ
बाँकी भाको मतिमा अंकुश लगायौ

सबै मैले सहेर हेरी मात्र रहेँ उन्लाई
भए भरको जतिमा अंकुश लगायौ


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, January 4, 2013

आजकाल त खै के के लेख्छु लेख्छु

आजकाल त खै के के लेख्छु लेख्छु
सपानामा पनि उनलाई मात्र देख्छु

भन्दा हजुरलाइ विस्वास नलाग्ला
जुन र घामलाइ पनि हत्केला छेक्छु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, December 31, 2012

मेरो दिलको,रानी बन्छिन् अरे

मेरो दिलको,रानी बन्छिन् अरे
तिर्खा मेट्ने,पानि बन्छिन् अरे

हजुरकै समिप,हुन पाउँ भन्छिन्
दुइ आँखाको, नानि बन्छिन् अरे

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, December 28, 2012

यो मान्छेको नियत खराब छ

यो मान्छेको नियत खराब छ
हजुर सत प्रतिसत खराब छ

हिजो निन्याउरो भइ हिनेकै हो
हेर्नुस उस्को अभिमत खराब छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, December 25, 2012

म सपना देखेर बांच्दैछु

म सपना देखेर बांच्दैछु
र छेस्का लेखेर बांच्दैछु

पृथ्वीले के सोँच्छ होला?
म उसैलाई टेकेर बांच्दैछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, October 12, 2012

खबरदार नेता देशलाइ पेवा नठान


खबरदार नेता देशलाइ पेवा नठान
तिमीले खाने फलफुल मेवा नठान

केहि गरौला भन्ने,आश मरि सक्यो
आजीवन पाउने तिम्रो सेवा नठान

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, October 2, 2012

समय बिते सी आउनुको अर्थ रहेन


समय बिते सी आउनुको अर्थ रहेन
भेट्न देउराली धाउनुको अर्थ रहेन

तिम्रै हुँ म भने नि,के भयो र अब त
सिउँदो पोते सी पाउनुको अर्थ रहेन

रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, September 25, 2012

ढुंगे बगरको तिरमा छु म

ढुंगे बगरको तिरमा छु म
दु:खी जीवन पिरमा छु म

भक्कानो फुट्छ अनयासे
बाँधिएर जन्जिरमा छु म

रोहित राना 
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, September 19, 2012

म मायाको भोकमा छु

म मायाको भोकमा छु
भेट्न उनैको चोकमा छु

सबैले बिरामी भन्दैछन
निको नहुने प्रेम रोगमा छु


रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
 


Friday, September 14, 2012

भोकाको छु म,रोटि देउन प्यारी

भोकाको छु म,रोटि देउन प्यारी
लाज धाक्छु म,धोति देउन प्यारी

सातौं जुनी चांहिदैन माया मलाई
माया मात्र एक,चोटी देउन प्यारी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


Wednesday, September 12, 2012

मेरो दिलको,रानी बन्छिन् अरे

मेरो दिलको,रानी बन्छिन् अरे
तिर्खा मेट्ने,पानि बन्छिन् अरे

हजुरकै समिप,हुन पाउँ भन्छिन्
दुइ आँखाको, नानि बन्छिन् अरे

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
12th-Sep-2012

Tuesday, September 11, 2012

जुवाका खेल जत्ती मन पर्छ

जुवाका खेल जत्ती मन पर्छ
तासको  झनै  पत्ती मन पर्छ

सधै जाउँ जाउँ लागि रहने
कान्छीको भट्टी मन पर्छ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Friday, September 7, 2012

पराइको हुनुमा ...के फरक

पराइको हुनुमा .....के फरक पायौ!!
त्यो पाउ छुनुमा ...के फरक पायौ!!

वेवारिसे जीवन ...ज्यूँदैछु मैले त!!
मलाई संझी रुनुमा के फरक पायौ!!



रोहित राना 
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान


Thursday, September 6, 2012

कहिले निशाना चुकेर रोएँ

कहिले निशाना चुकेर रोएँ
आफ्नै भाग्यलाई थुकेर रोएँ

उनैले विश्वासघात गरे पछि
भित्र -भित्र मुटु दुखेर रोएँ                                                                        

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, September 4, 2012

वसन्तको, बहार पाएंन

वसन्तको, बहार पाएंन
भने जस्तो, प्यार पाएंन

भिन्नै बनाउँछु,भन्दा जीवन
सोंचेको झैं, आकार पाएंन

रोहित राना
4th-Sep-12

Saturday, September 1, 2012

परेलीमै वास मलाई

परेलीमै वास मलाई,बस्न देउ'न प्रिय
ढोका खोलि हृदयमा,पस्न देउ'न प्रिय

चोखो माया मै दिउँला,तिम्रो पनि लिउँला
अंगालोमा बेस्कनी,कस्न देउ'न प्रिय


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Tuesday, August 28, 2012

तिम्रो मेरो यात्रा


तिम्रो मेरो यात्रा ,बिल्कुल फरक छ
तिम्रो सिंगो कथा,मेरो केहि हरफ छ

संगै जाऔं भन्छौ,यो संभव नै छैन
किन कि तिम्रो स्वर्ग,मेरो नरक छ

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

Saturday, August 25, 2012

तिम्रो इच्छा राम्रो


तिम्रो इच्छा राम्रो __नानामा रैछ 
अझ बेसी रुची मिठो खानामा रैछ 

सुख:दुख संगै,जोह गरौला भन्थें म 
गर्ने खुब मोजमस्ती चहानामा रैछ 

रोहित राना
रेग्स्थानबाट-शुभपल

Tuesday, August 21, 2012

शितल दिने

शितल दिने___जुनले पोलेपछी
नशा भित्र बग्ने खुनले पोलेपछी

म त वेवारिसे भएँ__लौ' न हजुर
नचांहिदो बातमा उनले पोलेपछी

Monday, August 20, 2012

यस्तो एउटा ठाउँ खोज्दैछु

यस्तो एउटा ठाउँ खोज्दैछु 
सुन्दर शान्त गाउँ खोज्दैछु 

विश्वभरि शान्ति फैलाउने
गौतम बुद्ध  नाउँ खोज्दैछु 


रोहित राना  
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान