WEL-COME TO MY BLOGS TO ALL OF YOU

Thursday, July 24, 2014

303. कसरि गरुन् र यि नजरले इन्कार उन्को

कसरि गरुन् र यि नजरले इन्कार उन्को
अहा! क्या लोभै लाग्दो छ शृङ्गार उन्को

समिप आउनेछिन् मन्को प्यास मेटाउनेछिन्
धेरै पहिले देखि गरेको थिएँ इन्तजार उन्को

कोशेलि भन्दै लाजका गहना सुम्पिदिइन्
ज्यानले सहर्ष स्विकार गर्यो उपहार उन्को

जुनिभर खुशि राख्ने बाचा छ है मेरो पनि
अजम्बरि रहोस् म प्रति अथाह प्यार उन्को

अकबरि सुनलाइ कसि लगाउनु पर्दैन भन्छन्
कति गरि रहुँ र यार तारिफ बारम्बार उन्को

रोहित राना
बुटवल

Friday, July 18, 2014

302. गएको मुसाफिर आएन कहिल्यै फर्किएर

गएको मुसाफिर आएन कहिल्यै फर्किएर
आफ्नाहरु पनि हिँडेकाछन् मदेखि तर्किएर

इर्श्या दाह र रिस यसरि नपाल्नुहोस् मित्र
हृदय नै विष्फोटन होला आगो सल्किएर

निष्ठुरिका तस्विरहरु नदेखाउ भो नदेखाउ 
रुनु सिवाय हुन्न विकल्प छाति चर्किएर

जिन्दगि यसरि पनि बाँचिएको छ हजुर
हृदयको आलो घाउभरि नुनचुक छर्किएर

हिजोको बालापन खोजेर कहाँ पाउनु खै 
साँच्चै समय पनि नबस्दो रहेछ पर्खिएर


रोहित राना
बुटवल-१३ रुपन्देहि

Sunday, July 13, 2014

301. होमिन जाँदैछु युद्धको मैदान राँको बोकेर।

होमिन जाँदैछु युद्धको मैदान राँको बोकेर। 
बनेर निडर,सहासी र चट्टान राँको बोकेर।। 

देशलाई बचाउनुछ तिनै धमिराहरुबाट ।
मसंगै  हिंड हे नेपालि जवान राँको बोकेर।। 

जसरि पनि देशको मुहार फेर्नुछ हामीले।  
मेटिने छैन गोर्खालीको सान राँको बोकेर।।

म रगत दिन्छु यो दिलो ज्यान नै दिन्छु।
फर्काउन आमाको मुस्कान राँको बोकेर।।

मर्नलाइ तयार छ यो 'रोहित' देशको लागि। 
गए जावोस् बरु भएको प्राण राँको बोकेर।। 

रोहित राना 
बुटवल-१३ रुपन्देही 

Thursday, July 10, 2014

300. हो हजुर यहाँ लुक्नु पर्ने वाध्यता छ

हो हजुर यहाँ लुक्नु पर्ने वाध्यता छ 
छि-छि भन्दै थुक्नु पर्ने वाध्यता छ 

घरको रक्षा गर्नु नै उसको जागिर हो 
त्यसैले कुकुर भुक्नु पर्ने वाध्यता छ 

नेपाली हुँ भनि गर्व गर्ने पर्ने ठाउँमा 
यी नेताले गर्दा झुक्नु पर्ने वाध्यता छ 

मजबुत यी प्रेमका डोरीहरु पनि हेर्नुस्
जात भात भन्दै फुक्नु पर्ने वाध्यता छ 

गन्तब्यमा पुग्न कहाँ सजिलो छ हजुर
हिंड्दाहिंड्दै बिचमै रुक्नु पर्ने वाध्यता छ 


रोहित राना 
बुटवल-१३रुपन्देही