गएको मुसाफिर आएन कहिल्यै फर्किएर
आफ्नाहरु पनि हिँडेकाछन् मदेखि तर्किएर
इर्श्या दाह र रिस यसरि नपाल्नुहोस् मित्र
हृदय नै विष्फोटन होला आगो सल्किएर
निष्ठुरिका तस्विरहरु नदेखाउ भो नदेखाउ
रुनु सिवाय हुन्न विकल्प छाति चर्किएर
जिन्दगि यसरि पनि बाँचिएको छ हजुर
हृदयको आलो घाउभरि नुनचुक छर्किएर
हिजोको बालापन खोजेर कहाँ पाउनु खै
साँच्चै समय पनि नबस्दो रहेछ पर्खिएर
रोहित राना
बुटवल-१३ रुपन्देहि