WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, March 31, 2013

199. आधी विपना आधी सपनामा बाँचिरहेछु

आधी विपना आधी सपनामा बाँचिरहेछु
थाहा छैन खै कुन जमनामा बाँचिरहेछु

उहाँ शिक्षण पेषा अंगाली बाँच्दै हुनुहुन्छ
म गज़ल लेखनको साधनामा बाँचिरहेछु

पहिलो प्रेम भुल्न निकै गाह्रो हुँदो रहेछ
अझै उन्लाई पाउने चाहनामा बाँचिरहेछु

एकोहोरो टोलाउने बानि अझै गएको छैन
डुबेर तितो अतितकै भावनामा बाँचिरहेछु

न केहि गर्नै सकियो न हजुर मर्नै सकियो
अब पागलै भै बाँच्ने योजनामा बाँचिरहेछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

198. जसरि भए पनि उसलाई बचाउँछु म

जसरि भए पनि उसलाई बचाउँछु म
अनाथ अनि गरिबहरुलाई सघाउँछु म

बाँचुनजेल त रहेछ ना ना भाँति चाहिने
भाका सम्पति आश्रममा नै बुझाउँछु म

कठै!गाउँभरि सबलाई झाडापखाला भएछ
पख्नुस् तुरुन्तै स्वस्थ शिविर बसाउँछु म

अझै पनि हिँसा र द्वन्द देशैभरि बढेकै छ
देशभरि नै शान्तिको बिगुल बजाउँछु म

किसानको छोरो किसान बन्न के को लाज?
बाउले झैँ कुटो अनि कोदालो समाउँछु म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान




Thursday, March 28, 2013

197. सुन्छु गजल लेखनकै अभियान हराएछ

सुन्छु गजल लेखनकै अभियान हराएछ
अझै गजलकार भन्ने पहिचान हराएछ

वर्षौं वर्ष भैसक्यो छोरो बिदेशिएको पनि
तिनै बुढी आमाको छोरो जवान हराएछ

त्यो मान्छे तस्बिर देखाइ रुँदै हिंडेको छ
अहो!बालबच्चा घरपरिवार जहान हराएछ

प्रकृति पनि कस्तो विनाशकारी हुन सकेको
निर्दोष ति चराचुरुंगीको वासस्थान हराएछ

हजारौं यात्री बोकेर उडेको विशाल विमान
कठै! गन्तव्यमा नपुग्दै विमान हराएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, March 27, 2013

196. जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ

जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ
संग्रह बिमोचन पो रहेछ पक्कै गजल हुनु पर्छ

अन्तर जातीय हाम्रो प्रेम स्विकारेन समाजले
खै के भनुँ जातले गर्दा भाको हलचल हुनु पर्छ

प्रेमको चिनो के दिउँ भनि उहाँ सोँच्दै हुनुहुन्छ
दिउँ भनेर सोँचेको चाहिँ ताज महल हुनु पर्छ

केहि नबोल्ने मित्र आज ठुलाठुला कुरा गर्यो बा
पक्कै उस्ले पिएको सोमरसकै बोत्तल हुनु पर्छ

तिम्रो अनुहारमा केहि चमक पो देख्छु त प्रिय
सायद श्रिङ्गारमा भाको केहि फेरवदल हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, March 25, 2013

मुक्तक ...मन यति त रुँदैन

गाउँघर सम्झी मन यति त रुँदैन !!
मनमा खुसीले किन हो छुदै छुँदैन!!

परदेशी जीवन दिन रात कामै काम!!
चाडवाड आउँछ जान्छ पत्तै हुँदैन !!

रंङहरुको पर्व होलीको पावन अवसरमा समस्त देश विदेशमा छरिएर रहनु भएका नेपालीहरुमा कार्य सफलताको कामना सहित हार्दिक मंगलमय शुभ कामाना "Happy Holi"


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

195 . चोरि , तस्करी यस्ता काम नभएकै राम्रो

चोरि , तस्करी यस्ता काम नभएकै राम्रो
अझै इज्जत फाली बदनाम नभएकै राम्रो

कसरि सकेका निर्दोष माथि अत्त्याचार गर्न
दिन दहाडै हत्त्या हरे राम-राम नभएकै राम्रो

आफ्नाले आफ्नैलाई रिस डाह गर्छन् हजुर
म त भन्छु यस्तो छल -छाम नभएकै राम्रो

किन गर्छौ हे? नेपाल बन्द ए बेकम्माहरु
यस्तो ढुंगामुढा चक्का जाम नभएकै राम्रो

मनै शितल पार्ने जुनेली रातै काफी छ मित्र
बरु त्यो टन्टलापुर् चर्को घाम नभएकै राम्रो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, March 23, 2013

194. अहो! उसको किराना पसल लिलाम भएछ

अहो! उसको पुस्तक पसल लिलाम भएछ
साथमा भाएको संग्रह गजल लिलाम भएछ

साक्षि यहीँछ रामसिताले बिताएको मिठो पल
सुनें आज सोहि स्वर्णिम पल लिलाम भएछ

होइन ति निर्दोष फूलहरुले के नै बिगारे थ्ये र ?
अचम्म छ'बा सुन्दर फूल कमल लिलाम भएछ

हाम्रो संस्कृति र परम्परा विदेशीले किन्यो अरे
सुन्छु सारंगी, तबलासंगै मादल लिलाम भएछ

के के सुनें आज यस्तो दङ्ग छु म आफै सुनेर
प्रेमको प्रतिक त्यो ताज महल लिलाम भएछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, March 22, 2013

193. म आफ्नै बारी अनि खेत बनाउँछु

म आफ्नै बारी अनि खेत बनाउँछु
स्वदेशमै उत्पादन जाकेट बनाउँछु

बिदेशी सामान मात्र पर्योग गर्छौं हामी
अब साबुन शेम्फु र कोलगेट बनाउँछु

दुर्घटना धेरै हुन्छन् सोचें भन्दा बढी नै
त्यो  दुर्घटना नै नहुने म जेट बनाउँछु

प्रियसीहरुको बिछोडको कथा धेरै सुनें
उनीहरुको मिठो मिलन भेट बनाउँछु

खै के देखेर हो मलाई सबैले नै हेप्छन्
हेर्दै जानुस् तिन्का म चंगाचेट बनाउँछु

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, March 20, 2013

192. उनि बिना हाम्रो मिलन अँधुरो छ

टाढा भैइयो हामी मिलन अँधुरो छ
त्यसैले यहाँ मेरो जीवन अँधुरो छ

आउँछेउ हर रात  केवल सपनीमा
ओठका यी स्पर्श चुम्बन अँधुरो छ

अंकमाल गर्छु सधैं तिम्रै तस्वीरलाई
सोंच्छु म विना ति तनमन अँधुरो छ

हावालाई सन्देश लगिदेउ भनेको छु
चन्द्रमा बिना  त्यो गगन अँधुरो छ

तिमी बाट टाढा हुनु रहर मेरो होइन
लागिराछ घाम बिना किरन अँधुरो छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान






मलाई जिताई आफु हारेको रे उनले

मलाई जिताई आफु हारेको रे उनले
मायाको त्यो जालमा पारेको रे उनले

उहाँ मात्र मेरो म केवल उहाँकै हुन पाउँ
भनि-कन देउतालाइ पुकारेको रे उनले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

191 . जिवन उसँग विताउनु छैन मलाई

जिवन उसँग विताउनु छैन मलाई
अझै सखाप बनाउनु छैन मलाई

छोडी जाने निष्ठुरीको तस्बिर हेर्दैछु
प्रेम पत्र कोरी पठाउनु छैन मलाई

तन मन दिनेले नै धोका दिए पछि
देखावटी हाँसो मुस्कुराउनु छैन मलाई

म जे जस्तो छु यसैमा नै खुशी छु
उजाडिने घरबार बसाउनु छैन मलाई

ढुंगा भइ सकेँ म तिमीलाई थाहा छ
सजिब भइ फेरी आउनु छैन मलाई

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Monday, March 18, 2013

190. भन्छन् हजुर आ-आफ्नो विचार हुनु पर्छ

भन्छन् हजुर आ-आफ्नो विचार हुनु पर्छ
लेखेरै चलेछ रे जीवन उ पत्रकार हुनु पर्छ

घाम ताप्दै खाइ रहेकाछन् तिनले जागिर
उनीहरुको जागिर चाँही बालुवाटार हुनु पर्छ

नेता बसाइ सर्दा पनि समाचार बनि आउँछ
पक्कै नै सर्ने ठाउँ त्यही सिंहदरबार हुनु पर्छ

उसको ब्यापारमा मनग्गे आम्दानी हुन्छ रे
सायद किन्ने र बेच्ने हात-हतियार हुनु पर्छ

छात्रवृती पनि नेताकै छोरा छोरीले पाउँछन्
यो त जनतालाइ गरेको दुरव्यवहार हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

यो मनको घाउ दुख्नु दुखे पछि

यो मनको घाउ दुख्नु दुखे पछि
के होला खै चल्ने स्वास रुके पछि

रोएरै बस्दा रहेछन् सबैजना यहाँ
आफुले चाहेको निशाना चुके पछि

रोहित राना
हाल- काबुल,अफगानिस्थान

Sunday, March 17, 2013

189. गरिबलाई खान मिठो गास आएन

गरिबलाई खान मिठो गास आएन
राहतमा पनि न्यानो कपास आएन

आमाले छोरा मरेको खबर पाएकै हो
अझै सम्म पनि मरेको लाश आएन

लोडसेडिंगको नयाँ तालिका आएछ है
बिल आयो बिजुलीको प्रकास आएन

देश हेर्छु अधिकार हाम्रो नभए झैं लाग्छ
अधिकार छ झैँ कहिल्यै आभास आएन

उनको अगाडी जितेर पनि हार्नु पर्यो मैले
खै के भो?आफैमा आत्म विस्वास आएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Tuesday, March 12, 2013

188. कसैले सुनेनन् मैले हार-गुहार गर्दा पनी

कसैले सुनेनन् मैले हार-गुहार गर्दा पनी
अझ कसैले बुझेनन् भुल सुधार गर्दा पनी

बलात्कारी त नेताको भतिजो रहेछ साथि
आज पनि आजादछ बलात्कार गर्दा पनी

टाई कोटमा सजिइ पजेरो चढेर हिंडेकैछ उ
वा'वा हेर उसैको छ कालो व्यापार गर्दा पनी

अकबरी सुनलाई कशी लगाउन नै पर्दैन नि
उसको सामानहरु बिकेन रे प्रचार गर्दा पनी

ओ! मेरी प्रिय तिमि अप्सरा बन्न नखोज ल
अप्सरा तिमि हुँदिनौ जति शृङ्गार गर्दा पनी

~!~शुभ पल~!~
रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, March 11, 2013

187. अचम्मैले हजुर दिन लाग्यो

अचम्मैले हजुर दिन लाग्यो
झन् रिण माथि रिण लाग्यो

यै जीवनले सताएको देख्दा
आफैलाई आज घिन लाग्यो

मै हुम भन्ने ति ठुला नेता नै
साँच्चै  क्षमता  हिन लाग्यो

दशा मेरै देशलाई लाग्नु पर्ने
सोचिरहेछु मैले किन लाग्यो

देश म हाँक्छु भन्दै दुइ नेता
एक भारत एक चिन लाग्यो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, March 10, 2013

186. छोई नसक्नु हजुर सुन महङ्गो भयो

छोई नसक्नु हजुर सुन महङ्गो भयो
यी लत्ता कपडासंगै ऊन महङ्गो भयो

गिट्टी कुटेर म चलाउँदैछु गुजारा यहाँ
चामल तरकारी अनि नुन महङ्गो भयो

बैगुनीलाई गुनले मर्नु पर्छ भन्छन् हजुर
गुन गर्दा नि बैगुनीलाइ गुन महङ्गो भयो

पहिले त गाउँघरमै बज्थ्ये रोधी भाकाहरु
अहिले हेर्नुस् संगीतको धुन महङ्गो भयो

देशको लागि ज्यान दिन्छु भन्नेहरु आज
दिदैंन म भन्दै भन्छन् खुन महङ्गो भयो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Saturday, March 9, 2013

185 . देखियो हजुर सम्बन्ध कस्तो - कस्तो

देखियो हजुर सम्बन्ध कस्तो - कस्तो
सम्बन्ध भित्रकै ति द्वन्द कस्तो -कस्तो

कुकुर मर्दा पनि ढुंगा-मुढा चक्का जाम
अनौठो छ हजुर याँ बन्द कस्तो - कस्तो

लेख्नेले लेख्नुहुन्छ छन्द मिलाई गजलहरु
पढ्दा मज्जा आउने छन्द कस्तो -कस्तो

फूलहरु फुल्छन् र त माहुरीहरु झुल्छ्न्
साँच्चै फूलहरुका सुगन्ध कस्तो -कस्तो

तिनै नेता हाम्रै भोटले छिरे राजधानीमा
अहिले आइ गर्छन् घमण्ड कस्तो -कस्तो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Friday, March 8, 2013

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!
केहि वर्ष पर्ख तिम्रो हजुर बन्नेछु!!

तिमीलाई मेरो जीवन साथि चुनि!!
त्यो सिउँदोको म सिन्दुर बन्नेछु!!

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


Thursday, March 7, 2013

184. मन भित्र मायाको मधुमास पलाएको छ

मन भित्र मायाको मधुमास पलाएको छ
अझै केहि गर्छु ममा विश्वास पलाएको छ

तिमि आयौ मेरो जीवनमा बहार बनेर
अँध्यारो जीवनमा प्रकास पलाएको छ

दुसित मौसम स्वास फेर्ने गाह्रो थियो याँ
तिमि आयौ र स्वच्छ बतास पलाएको छ

अब त म उडेर चन्द्रमा पनि छुन सक्छु
मनभित्र मायाको मुना खास पलाएको छ

जिंउँदो लास भइ घिसार्दै थिएँ मेरो जीवन
साँच्चै अहिले न्यानो आभास पलाएको छ

रोहित राना
बुटवल रुपन्देही
हाल-काबुल अफगानिस्थान

Tuesday, March 5, 2013

183. हिजोआज कस्ताकस्ता समाचार आउँछन्

हिजोआज कस्ताकस्ता समाचार आउँछन्
पत्यारै लाग्दैन तै पनि बारम्बार आउँछन्

कुकुर मर्दा पनि हजुर शहिद घोषणा गर्नु पर्ने
नगरी सुखै छैन टाउकोमा हतियार आउँछन्

भाइचाराको भावनालाइ खेलवाड गरि गरि
आफै विचार पु-र्याउनु पर्छ याँ गद्दार आउँछन्

लोग्ने मान्छेले रुन हुन्न भन्छन् र पनि
मेचीकाली उर्ली आखाँमा अश्रुधार आउँछन्

खै कसैले नबुझ्ने भयो जनताको पिर व्यथा
मात्र लाचारी लाचारी हजुर सरकार आउँछन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Sunday, March 3, 2013

182 . अन्तमा आइकन मलाई छाडी उसले

अन्तमा आइकन मलाई छाडी उसले 
लौन हजुर जिउंदै जलाई छाडी उसले 
विस्वास मैले उसैलाई गरि रहें गरि रहें 
आज आएर छ्ल्नु छलाई छाडी उसले 
भनेकै जति उसले गरेको थिएँ नि मैले त  
किन हो कुन्नि अति नै डलाई छाडी उसले 
आफ्नै खुट्टामा उभिने प्रयास गर्दैथें म  
तैपनि हेर्नुहोस् हजुर ढलाई छाडी उसले 
लडें भुइमा सबैले मेरै तमासा हेरी मात्र रहे
सोहि बखत तिखो छुरा चलाई छाडी उसले 
रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान