WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, March 10, 2013

186. छोई नसक्नु हजुर सुन महङ्गो भयो

छोई नसक्नु हजुर सुन महङ्गो भयो
यी लत्ता कपडासंगै ऊन महङ्गो भयो

गिट्टी कुटेर म चलाउँदैछु गुजारा यहाँ
चामल तरकारी अनि नुन महङ्गो भयो

बैगुनीलाई गुनले मर्नु पर्छ भन्छन् हजुर
गुन गर्दा नि बैगुनीलाइ गुन महङ्गो भयो

पहिले त गाउँघरमै बज्थ्ये रोधी भाकाहरु
अहिले हेर्नुस् संगीतको धुन महङ्गो भयो

देशको लागि ज्यान दिन्छु भन्नेहरु आज
दिदैंन म भन्दै भन्छन् खुन महङ्गो भयो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान