WEL-COME TO MY BLOGS TO ALL OF YOU

Tuesday, July 31, 2012

मेरो अन्तर्वार्ता

BFBS Radio Nepal को चिनारी कार्यक्रममा तुलसी बस्नेतले लिनु भएको मेरो अन्तर्वाता। Listen and Download Download : Click Here to Download Thank you,

Monday, July 30, 2012

म एउटा विशाल प्रकास खोज्दैछु

म एउटा विशाल प्रकास  खोज्दैछु
सबैको त्यसैमा विस्वास खोज्दैछु

होस् शसक्त उस्को प्रत्येक भूमिका
गर्न सक्ने अदम्य सहास खोज्दैछु

विश्वले चिनोस् उस्को नाम र  काम
बहादुर निडर अमर  खास खोज्दैछु

सुखै सुख छाओस्  अनि शान्ति पनि
खाने गरिब निमुखाको,गास खोज्दैछु

धेरै देखें दानवपन  यिनै मनाव भित्र
सखाप पार्न यिन्को सत्यनास खोज्दैछु


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
31st-July-12


उनीहरु मेरै बारे..

उनीहरु मेरै बारे .....धेर-थोर भन्दैछन
काम नलाग्ने छि-छि फोहोर भन्दैछन


मौन बसी सुनिरहें,उनीहरुकै मात्र कुरा
तेरो काम छैन साँच्चै,कमजोर भन्दैछन

Friday, July 27, 2012

संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि


संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि
मन भित्रका पिरव्यथा फालेर अघि बढ्नु तिमि

अवस्य सफलताले चुम्नेछन तिम्रा पाइलाहरु
विशाल लक्ष्य मनभरि पालेर अघि बढ्नु तिमि

शुभकामना तिमीलाई पुष्प गुच्छा अर्पण गर्छु
कठोर सबैका हृदयहरु गालेर अघि बढ्नु तिमि

समयले निम्त्याउने छ पक्कै सुनौलो बिहान
विद्रोहका खम्बाहरु ढालेर अघि बढ्नु तिमि

आउनेछ पक्कै  हरियाली खरेदी सबै हराएर
तिर्काएको बोटमा पानी हालेर अघि बढ्नु तिमि

Wednesday, July 25, 2012

"छेस्काहरु "



१.छेस्का
कस्तो प्रेमको रोगि भएँ म
उनकै  बेसी  भोगी भएँ म

पाउछु कि प्रेमका दान-दक्षिणा
गाउँ डुली हिड्ने जोगी भएँ म


२.छेस्का
आज उनीसंग अलिकति,रिसाएको छु
मनको भारि बोट्टेलसंगै,बिसाएको छु

उन्ले घुर्की लाउन हुने रे, मैले नहुने रे
त्यही घुर्कीलाइ गिलास भित्र,मिसाएको छु

Monday, July 23, 2012

म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि


म नै पहिले मर्छु अनि डोली चढ्नु तिमि
नर्क बसाइ सर्छु अनि डोली चढ्नु तिमि

हेर्न चाहान्न सिंउदो,त्यो अरुले कोरेको
जंघार मनै तर्छु  अनि डोली चढ्नु तिमि

निर्दोष हुँदा पनि,तिमीले नै दोषी ठान्यौं
पात भएर झर्छु,अनि डोली चढ्नु तिमि

सोंचेउ होला मै पापी,तिम्रो कठोर मनले
चितामा म पर्छु, अनि डोली चढ्नु तिमि

Sunday, July 22, 2012

सपनाको एक महल ढल्यो आज पनि


सपनाको एक महल ढल्यो आज पनि
अनायासे मन फेरी जल्यो आज पनि

स्वच्छ शितल पवन, चाहेर  पनि मैले
लौन!विष रुपी तुफान ,चल्यो आज पनि

निभ्याउन सकिन राँको,बलेसिका आँशुले
झनै विशाल ज्वालामुखी,बल्यो आज पनि

मायाका  साना अंकुराहरु,झैं लागेको थियो
नाटक रैछ  निर्मोहिले, छल्यो आज पनि


बुटवल-रुपन्देही 

Saturday, July 21, 2012

निर्दोष भएर नि दोषी ठहर्यो भन्दिनु


निर्दोष भएर नि दोषी ठहर्यो भन्दिनु
बिना कसुर फन्दामा पर्यो भन्दिनु

सहन नसकी यी,फगतका आरोपहरु
स्वर्गलोकको बसाइ सर्यो भनिदिनु

Friday, July 20, 2012

एका देशको कथा जस्तो मेरो जिन्दगि


एका देशको कथा जस्तो मेरो जिन्दगि
मुल्य बिहिन अति सस्तो मेरो जिन्दगि

फूल फूल्ला फल देला, सपनै मात्र भयो
बुझ्नै सकिन हरे कस्तो मेरो जिन्दगि

पापी समयलाई पैसाले किन्नु

पापी समयलाई पैसाले किन्नु पाए हुन्थ्यो 
को छ उस्को मनभित्र चिन्नु पाए हुन्थ्यो 

खालि छ कि दिल उन्को,जान्न मन लाग्दैछ 
मागी घरकासंग कुरा पनि,छिन्नु पाए हुन्थ्यो 

Thursday, July 19, 2012

निश्चल चोखो मायाको,खानी हौ तिमी


निश्चल चोखो मायाको,खानी हौ तिमी
मिठो मह दिने माहुरीको,रानी हौ तिमी

सपनीमा केवल तिम्लाई,देख्छु मैले हेर
कोमल मेरा दुई आँखाको, नानी हौ तिमी

तिमी बिना अपूरो, जिन्दगीका पलहरु
जीवन्त सधै रहने, जिन्दगानी हौ तिमी

पिउन सबैले खोज्ने, अमृत पाए याँहा
मैले पिउने निर्मल निर्झर,पानि हौ तिमि

सुरु भयो तिमी देखि,यात्रा जिन्दगीको
धड्कीने ढुकढुकीको, राजधानी हौ तिमी



Wednesday, July 18, 2012

माया अनि पिरतिको पोको खोलिन उन्ले


माया अनि पिरतिको पोको खोलिन उन्ले
नितान्त शुद्ध पवित्र  चोखो खोलिन उन्ले

तिम्रै काखमा निदाउन चाहान्छु म भन्दै
मलाइ आफ्नो बनाउने धोको खोलिन उन्ले

तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो



तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो 
त्यसैबेला गजलका, शेरहरु लेख्न सुरु भयो

यस्तो लाग्थ्यो उनकै लागि, जे पनि गर्छु म
अन्मीएर गइन उनि ,डाँडैले छेक्न सुरु भयो

स्वार्थी रैछ संसार, विस्वास गर्नु भुल मेरै
एक्लो भएँ आज म,समाजले चेप्न सुरु भयो

तिमि मुना म मदन, यस्तै सोच्थ्यें सधैभरी
पागल भइस"रोहित"भन्दै,सबैले हेप्न सुरु भयो

Tuesday, July 17, 2012

दुरीले मात्र अलि टाढा थियो


दुरीले मात्र अलि टाढा थियो
माया भने उस्तै गाढा थियो

याद पल पल आउंथ्यो सधै नै
समय परिस्थिति बाधा थियो

गीत कसरी गाऊँछन, गाउनेलाई



गीत कसरी गाऊँछन, गाउनेलाई थाहा होला
माया कसरी लाऊँछन,लाउनेलाई थाहा होला

टिप्न खोज्छन सबैजना,प्रीतको सुन्दर फूल
फूल टिप्न बगैचामा, धाउनेलाई थाहा होला

अनविज्ञ छू-म कस्तो हुन्छ, प्रेमको कोसेली
नाना-थरी उपहार त्यो, पाउनेलाई थाहा होला

पर्खि बस्नु देउरालीमा, भेट्न आऊँछू भन्थीन
ढाँटी रोहितलाइ भेट्न,न'आउनेलाई थाहा होला




Monday, July 16, 2012

आइत र सोमबारले


आइत र सोमबारले ..केहि गरेन
माया अनि प्यारले ...केहि गरेन

साथी भन्दा माथि ...ठानेकै थिएँ
झुठो मायाको प्रहारले केहि गरेन