WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, July 18, 2012

तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो



तिमीसंग प्रीत बस्दा, सपना देख्न सुरु भयो 
त्यसैबेला गजलका, शेरहरु लेख्न सुरु भयो

यस्तो लाग्थ्यो उनकै लागि, जे पनि गर्छु म
अन्मीएर गइन उनि ,डाँडैले छेक्न सुरु भयो

स्वार्थी रैछ संसार, विस्वास गर्नु भुल मेरै
एक्लो भएँ आज म,समाजले चेप्न सुरु भयो

तिमि मुना म मदन, यस्तै सोच्थ्यें सधैभरी
पागल भइस"रोहित"भन्दै,सबैले हेप्न सुरु भयो