WEL-COME TO MY BLOGS TO ALL OF YOU
Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Thursday, July 2, 2015

तिम्रो चोली तुनामा

मेरो मन पल्किएकोछ तिम्रो चोली तुनामा !!
अनि दिल अल्झिएकोछ तिम्रो चोली तुनामा!! 
तिम्रो रुप अनि शृंगार देखेर भुत्तुकै हुन्छु म !!
साँच्चै जादु सल्बलिएकोछ तिम्रो चोली तुनामा!!

रोहित राना'
बुटवल -१३,रुपन्देही'

Thursday, May 28, 2015

निकै कालो अनि अँध्यारो समय आयो

निकै कालो अनि अँध्यारो समय आयो
हामि माझ विनाशकारी यो प्रलय आयो
जन-धन लग्यो -इतिहास ढलाएर गयो
यहाँ बाँच्नेहरुमाझ झन् ठुलो भय आयो

रोहित राना
बुटवल-१३, रुपन्देही

Thursday, April 16, 2015

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि

खुलेर हाँस्न सकेको छैन हाँस्ने रहर हुँदा पनि 
उनको लागि यो जीवन बाँच्ने रहर हुँदा पनि
प्रतिबन्धमा छु स्वयं आफ्नै जीवनको म यहाँ 
माया उनलाई जुनीजुनी साँच्ने रहर हुँदा पनि 

रोहित राना
बुटवल-१३, रुपन्देही 
Buddha was borin in Nepal'

Sunday, October 6, 2013

"मस्त छन् तिम्रो सहरमा

सबै आ-आफ्नै तालमा मस्त छन् तिम्रो सहरमा
कोहि भने निकै अस्थ व्यस्त छन् तिम्रो सहरमा
माया पनि कौडीकै भाउमा बेचिरहेको देखिन्छ
त्यसैले होला किन्ने प्रसस्त छन् तिम्रो सहरमा


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, October 3, 2013

कोहि दुखि असल मित्र नभएर

कोहि दुखि असल मित्र नभएर
सोंचे जस्तै दिल भित्र नभएर
ति चित्रकार मुर्मुरिएको देख्छु
बनाउन खोजे झैं चित्र नभएर

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- क्याम्प बास्टन,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, July 8, 2013

जीवन बाँचेको छु

जसोतसो यो जीवन बाँचेको छु मैले
र तिम्रै निम्ति यौवन साँचेको छु मैले
हाम्रा ति प्रितका कुरा नहोस् है अधुरा
भेट्ने दिन कुर्दै औंला भाँचेको छु मैले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Thursday, July 4, 2013

अरुसब छ मसंग।

परिवार छैन यहाँ, अरुसब छ मसंग।
हजुर रणभूमिको,अनुभव छ मसंग।।
बिरगोर्खाली भएरै,होमिएको हुँ युद्धमा।
मनमा दुवै दानव र, मानव छ मसंग।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

""बिस्वास चाहिएन""

तिम्रो झुठो माया चाहिएन बिस्वास चाहिएन
अँध्यारोमै ठिकै छु'म क्षणीक प्रकास चाहिएन
भौंतारिने छैन अब तिम्लाई खोज्दै पागलसरि
कसम दिलनै धुजा,हुने मायाको आभाष चाहिएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, June 19, 2013

तिमिले जे सुकै भन आपत्ति छैन।।

तिमिले जे सुकै भन आपत्ति छैन।।
दुखाउँदिन है यो मन आपत्ति छैन।।

चाहेको सबै कस्ले पो पाको छ र???
देउ अन्तै त्यो जोवन आपत्ति छैन।।

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Monday, June 17, 2013

केहि भएर पनि .......नभए जस्तो

केहि भएर पनि .......नभए जस्तो
अनौठो छ'यो जीवन कस्तो कस्तो 

कसैको भने छोई नसक्नु छ हजुर
मेरो भने भाछ जीवन सस्तो सस्तो

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्" "Buddha was born in Nepal"

Saturday, May 25, 2013

पाउजु बजाएर अनि लजाएर गईन्

पाउजु बजाएर अनि लजाएर गईन्
मेरा नयनसंग नयन जुधाएर गईन्

म पनि उनि झैं प्रेमको भोको थिएँ
भोकै राखी आफु मात्र अघाएर गईन्

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Saturday, May 18, 2013

उ बारुद खोज्दैछ अनि गोलि खोज्दैछ

उ बारुद खोज्दैछ अनि गोलि खोज्दैछ
आन्दोलन गर्नलाइ ठुलै टोलि खोज्दैछ

बा विदेशिएको धेरै भएछ आएनन् फर्केर
त्यसैले आमासँग उ बाको बोलि खोज्दैछ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Wednesday, May 1, 2013

बिताउँन पाए हुन्थ्यो बिन्दास जिन्दगि

बिताउँन पाए हुन्थ्यो बिन्दास जिन्दगि
मेरो पनि भैदिए हुन्थ्यो खास जिन्दगि

सोँचेको जस्तो कहाँ पो हुँदो रहेछर हजुर
आखिर भैगयो मेरो नै सत्यनास जिन्दगि

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Friday, April 26, 2013

बेहोस् भाको छु म

शराब हजुर मात्र शराब पिएर बेहोस् भाको छु म
अझै उनैले दिनु धोका दिएर बेहोस् भाको छु म

नशा पिउनु कुनै रहर त थिएन आखिर मेरो पनि
उनलाई खुशी आफु पिडा लिएर बेहोस् भाको छु म

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान
"बुद्ध नेपालमा जन्मेका हुन्"
"Buddha was born in Nepal"

Sunday, April 14, 2013

खै उसलाई महान कसले बनायो

खै उसलाई महान कसले बनायो 
ढुंगालाइ भगवान कसले बनायो
हामी बिचको मित्रता त हराएछ 
साथीत्वमा स्थान कसले बनायो

रोहित राना  
बुटवल-१३रुपन्देही 
हाल- काबुल,अफगानिस्थान 

Saturday, April 13, 2013

~*~नयाँ वर्ष २०७०~*~

सबै माझमा खुसि र हर्ष लिएर आवोस् नयाँ साल
प्रेम अनि सद्भावको स्पर्श लिएर आवोस् नयाँ साल

हिँसा र द्वन्द हड्ताल अनि बन्द नहोस् अब देशमा
शान्ति र संविधानको निस्कर्ष लिएर आवोस् नयाँ साल



शुभ समय ....मेरा सम्पूर्ण मित्रवन्धुहरु, आफन्तजन लगायत विश्व भरी छरिएर रहनु भएका समस्त नेपालीहरुलाई कार्य-सफलताको कामना सहित नव वर्ष २०७० सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना टक्र्याउन चहान्छु!!



रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, March 25, 2013

मुक्तक ...मन यति त रुँदैन

गाउँघर सम्झी मन यति त रुँदैन !!
मनमा खुसीले किन हो छुदै छुँदैन!!

परदेशी जीवन दिन रात कामै काम!!
चाडवाड आउँछ जान्छ पत्तै हुँदैन !!

रंङहरुको पर्व होलीको पावन अवसरमा समस्त देश विदेशमा छरिएर रहनु भएका नेपालीहरुमा कार्य सफलताको कामना सहित हार्दिक मंगलमय शुभ कामाना "Happy Holi"


रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Wednesday, March 20, 2013

मलाई जिताई आफु हारेको रे उनले

मलाई जिताई आफु हारेको रे उनले
मायाको त्यो जालमा पारेको रे उनले

उहाँ मात्र मेरो म केवल उहाँकै हुन पाउँ
भनि-कन देउतालाइ पुकारेको रे उनले

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान

Monday, March 18, 2013

यो मनको घाउ दुख्नु दुखे पछि

यो मनको घाउ दुख्नु दुखे पछि
के होला खै चल्ने स्वास रुके पछि

रोएरै बस्दा रहेछन् सबैजना यहाँ
आफुले चाहेको निशाना चुके पछि

रोहित राना
हाल- काबुल,अफगानिस्थान

Friday, March 8, 2013

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!

म तिम्रो हरेक ताल र सुर बन्नेछु!!
केहि वर्ष पर्ख तिम्रो हजुर बन्नेछु!!

तिमीलाई मेरो जीवन साथि चुनि!!
त्यो सिउँदोको म सिन्दुर बन्नेछु!!

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान