WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, December 15, 2014

315. उराठ लाग्दा देखिन्छन् पाखा पखेराहरु पनि

उराठ लाग्दा देखिन्छन् पाखा पखेराहरु पनि
म जस्तै दु;खी रहेछन् देशका खम्बाहरु पनि

सँगै फुलेका फूलहरु चुँडेर लाँदा ति मालीले
सायद आँसु बगाउछन् होला काडाँहरु पनि

पक्कै यिनिहरु पनि समयमै पुग्नु पर्ने रहेछ
त्यसैले निरन्तर बगिरहेछन् खोलाहरु पनि

आउछु भनेर गएको उनि वषौँ पो भइसकेछ
उन्कै प्रतिक्षामा छन् अझै यि आँखाहरु पनि

यसरी देखि रहेकोछु, ति मेरा आफ्नै लाग्छन्
तर कहिल्यै पुर्ण भएनन् यार सपनाहरु पनि

रोहित राना,
बुटवल-१३
"Buddha was born in Nepal"

Tuesday, December 9, 2014

314. अनायासै खुम्चाएर राखेकोछु मेरा सबै रहरलाइ

अनायासै खुम्चाएर राखेकोछु मेरा सबै रहरलाइ
गन्तव्य नपुग्दै पुर्णबिराम लागे पछि सफरलाइ

यस्तो रोगी भएँ प्रेमको बेहालछु आज सम्म नि
औषधिले एकछेउ छोएको छैन यस्को असरलाइ

धेरै बर्षौं भएछ भट्टिमै बास बस्न थालेको पनि
जब घृणा गरि अन्तै गयौ जलाइ मेरो घरलाइ

कुनैबेला मणि खोजिन्थ्यो शालिग्राम पाइन्थ्यो
कस्ले सम्झिन्छ र अब त्यो सुख्खा बगरलाइ?

फूल र अक्षेता चढाएं बदलामा केहि पाएन मैले
खै के?भरोषा गर्नु र अब त्यो निर्जीव पत्थरलाइ

रोहित राना
बुटवल-१३,रुपन्देही
"Buddha was born in Nepal'