WEL-COME TO MY BLOGS TO ALL OF YOU

Monday, July 30, 2012

म एउटा विशाल प्रकास खोज्दैछु

म एउटा विशाल प्रकास  खोज्दैछु
सबैको त्यसैमा विस्वास खोज्दैछु

होस् शसक्त उस्को प्रत्येक भूमिका
गर्न सक्ने अदम्य सहास खोज्दैछु

विश्वले चिनोस् उस्को नाम र  काम
बहादुर निडर अमर  खास खोज्दैछु

सुखै सुख छाओस्  अनि शान्ति पनि
खाने गरिब निमुखाको,गास खोज्दैछु

धेरै देखें दानवपन  यिनै मनाव भित्र
सखाप पार्न यिन्को सत्यनास खोज्दैछु


रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान
31st-July-12