WEL-COME TO MY BLOGS TO ALL OF YOU

Friday, July 27, 2012

संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि


संघर्षका पाइलाहरु चालेर अघि बढ्नु तिमि
मन भित्रका पिरव्यथा फालेर अघि बढ्नु तिमि

अवस्य सफलताले चुम्नेछन तिम्रा पाइलाहरु
विशाल लक्ष्य मनभरि पालेर अघि बढ्नु तिमि

शुभकामना तिमीलाई पुष्प गुच्छा अर्पण गर्छु
कठोर सबैका हृदयहरु गालेर अघि बढ्नु तिमि

समयले निम्त्याउने छ पक्कै सुनौलो बिहान
विद्रोहका खम्बाहरु ढालेर अघि बढ्नु तिमि

आउनेछ पक्कै  हरियाली खरेदी सबै हराएर
तिर्काएको बोटमा पानी हालेर अघि बढ्नु तिमि