WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, July 22, 2012

सपनाको एक महल ढल्यो आज पनि


सपनाको एक महल ढल्यो आज पनि
अनायासे मन फेरी जल्यो आज पनि

स्वच्छ शितल पवन, चाहेर  पनि मैले
लौन!विष रुपी तुफान ,चल्यो आज पनि

निभ्याउन सकिन राँको,बलेसिका आँशुले
झनै विशाल ज्वालामुखी,बल्यो आज पनि

मायाका  साना अंकुराहरु,झैं लागेको थियो
नाटक रैछ  निर्मोहिले, छल्यो आज पनि


बुटवल-रुपन्देही