WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, March 27, 2013

196. जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ

जमघट ठुलैछ सायद कुनै छलफल हुनु पर्छ
संग्रह बिमोचन पो रहेछ पक्कै गजल हुनु पर्छ

अन्तर जातीय हाम्रो प्रेम स्विकारेन समाजले
खै के भनुँ जातले गर्दा भाको हलचल हुनु पर्छ

प्रेमको चिनो के दिउँ भनि उहाँ सोँच्दै हुनुहुन्छ
दिउँ भनेर सोँचेको चाहिँ ताज महल हुनु पर्छ

केहि नबोल्ने मित्र आज ठुलाठुला कुरा गर्यो बा
पक्कै उस्ले पिएको सोमरसकै बोत्तल हुनु पर्छ

तिम्रो अनुहारमा केहि चमक पो देख्छु त प्रिय
सायद श्रिङ्गारमा भाको केहि फेरवदल हुनु पर्छ

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान