WEL-COME TO MY BLOGS TO ALL OF YOU

Sunday, March 17, 2013

189. गरिबलाई खान मिठो गास आएन

गरिबलाई खान मिठो गास आएन
राहतमा पनि न्यानो कपास आएन

आमाले छोरा मरेको खबर पाएकै हो
अझै सम्म पनि मरेको लाश आएन

लोडसेडिंगको नयाँ तालिका आएछ है
बिल आयो बिजुलीको प्रकास आएन

देश हेर्छु अधिकार हाम्रो नभए झैं लाग्छ
अधिकार छ झैँ कहिल्यै आभास आएन

उनको अगाडी जितेर पनि हार्नु पर्यो मैले
खै के भो?आफैमा आत्म विस्वास आएन

रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान