WEL-COME TO MY BLOGS TO ALL OF YOU

Wednesday, August 15, 2012

आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ



आफु नै सर्वश्रेष्ठ ठान्नेलाइ, के भन्नु र साथी
क्षणमै सबै कुरा जान्नेलाइ,के भन्नु र साथी

किन दखल दिनु पर्यो, अरुको जीवनलाइ
पछी पछी कुरा काट्नेलाइ,के भन्नु र साथी  

सक्ने भए गरे हुन्छ नि हजुर, आफ्नै तागतले
अरुकै मात्र दिमाग चाट्नेलाइ,के भन्नु र साथी
 
राम्रो काम गरेको पनि, देख्न नसहने कस्तो हो
अरुका हात खुट्टा तान्नेलाइ,के भन्नु र साथी

आओस न अघि देखि, छाती थाप्छ "रोहित"
पछाडी बाट छुरा हान्नेलाइ,के भन्नु र साथी

रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान